के निजामती क्षेत्र भनेकै शक्ति र पैसा हुनेको मात्र हो ? चलखेलमा माहिर कर्मचारीहरु सधै आकर्षक अड्डामा काम गर्ने अवसर पाउने अनि शक्ति र पहुँच नपुग्ने कर्मचारीहरु दुर्गम भेगमै सडिरहनु पर्ने । उनीहरुले कहिले राम्रा र आकर्षक मानिने कार्यालयमा काम गर्ने अवसर नपाउने । केही फष्ट क्लासका अफिसरहरुको जिद्धि उनीहरुले रोजे वा खोजेकै कार्यालय चाहिने । सकेसम्म राजधानीभित्रकै ए ग्रेडकै कार्यालय चाहिने,अन्यन्त्र जानै नमान्ने । पछिल्ला समय निजामती वृत्तमा यस्ता ‘डन’ प्रवृत्तिका कर्मचारीहरुको बोलबोला बढ्न थालेको छ ।
बिज्ञापन
सत्ता गठबन्धन परिवर्तन भएसँगै माओवादीका कोटाबाट डिजी खान गएकाहरु फालिदैंछन् र ती ठाउँमा पठाउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयमा सहसचिवको खोजी हुँदैछ । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका दुईसचिव हेरफेर गरिसकेका छन् राजश्व र अर्थ सचिवमा घिमिरेद्धय दिनेश र रामप्रसादलाई जिम्मेवारी दिएसँगै अब उनको ध्यान सहसचिवहरुको सरुवामा केन्द्रित रहेको अर्थ मन्त्रालय स्रोतको भनाई छ । अर्थ मन्त्रालय मातहत २५ सहससचिव कार्यरत छन् । जसमा मन्त्रालयमै सबैभन्दा आकर्षक मानिन्छ बजेट तथा कार्यक्रम महाशाखा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, राजस्व व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, आर्थिक नीति विश्लेषण महाशाखा, वित्तीय संघीयता समन्वय महाशाखा, कानून तथा फैसला कार्यान्वयन महाशाखा र योजना, अनुगमन तथा मूल्यांकन गरी ९ वटा महाशाखा रहेको अर्थ मातहतकै निकायमा पर्दछ आन्तरिक राजश्व विभाग,भन्सार विभाग यी दुई विभाग मातहत पनि आन्तरिक राजश्वमा डिजीसहित ५ र भन्सारमा डिजीसहित ३ सहसचिवको दरबन्दी छ । यो निकाय अर्थ मन्त्रालय अन्र्तगतकै आकर्षक निकाय हो ।
जहाँ माओवादी निकटका शिवलाल तिवारीलाई आन्तरिक राजस्व विभाग र भन्सार विभागमा ढुण्डी निरौला हाकिम छन् । उनीहरुलाई हटाएर ती ठाउँमा एमाले निकटका कर्मचारी पठाउने तयारी भइरहेको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार सुमन दाहाललाई राजश्व अनुसन्धान विभाग,धनिराम शर्मालाई आन्तरिक राजश्व अनुसन्धान विभागको डिजी बनाइने तयारी चल्दैछ । यस्तै दीर्घ मैनालीले भन्सार विभाग जानेगरी चाँजोपाँचो मिलाइसकेका छन् । निजामती वृत्तमा दीर्घ यस्ता कर्मचारी हुन जो ठूला कार्यालयमा बस्न नपाए छटपटीमै पर्ने हाकिममा पर्दछन् । यस अघि राजश्व अनुसन्धान विभाग,आन्तरिक राजश्व विभागको नेतृत्व गरिसकेका मैनाली भन्सारमा जानेगरी चाँजोपाँचो मिलाइसकेको स्रोतको दावा छ ।
यस्तै मदन दाहाललाई सम्पत्ति शुद्धीकरण र सेवन्तक पोखरेल र चण्डिका भट्टलाई ठूला करदाता कार्यालयमा लैजाने मोटामोटी सहमति भइसकेको छ । यसरी तारान्तार महत्वपूर्ण जिम्मेवारी पाउने कर्मचारी हुन श्रीकृष्ण नेपाल । जो अहिले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अलवा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको हाकिम छन्,उनी अर्थका पावरफुल सहसचिवमा गनिन्छन् । यस अघि २०७९ पुस १० गते अर्थमन्त्री भएपछि विष्णु पौडलले २०७९ माघ १८ गते श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए । त्यसअघि २०७४ सालमा वाम गणबन्धनको सरकारबनेपछि २०७८ बैशाखसम्म नेपाल अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख थिए । २०७७ सालमा नेपाललाई सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा हुँदा उक्त सरुवा बदर गर्न लगाएका थिए ।काँग्रेसका अर्थमन्त्री हुँदा समेत उनले काँग्रेसीलाई रिझाएर त्यही टिक्न सफल भए ।
बिज्ञापन
यसरी महत्वपूर्ण विभागमा बस्ने अवसर पाउने अर्काे सहसचिव हुन शोभाकान्त पौडेललाई । बजेटको मुखमा त्यहाँका महानिर्देशक चक्रबहादुर बूढालाई पर्यटन मन्त्रालयमा पठाएर महिनौ दिनसम्म नेतृत्वविहिन बनाइएको विभागको कमाण्ड गर्ने अवसर पाएका थिए शोभाकान्त पौडेलले । उनलाई खानेपानी मन्त्रालयबाट अर्थमा तानेर बजेट लगतै भन्सारको डिजीका रुपमा खटाइएको थियो । निजामती वृत्तमा यस्ता सहसचिव पनि छन्,जो एउटै कार्यालयमा ९ बर्षसम्म महानिर्देशक चलाए । वाग्मती प्रदेशको सचिव हुँदै अहिले शिक्षा मन्त्रालयमा कार्यरत विश्ववावु पुडासैनी एउटै कार्यालयमा ९ बर्षसम्म कुन शक्तिको बलमा टिके होला ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बाहेक अन्यन्त्र बस्नै नमान्ने सहसचिव हुन,मतिना वैद्य । संघीय मामिला तथा सामान्य प्रशासन वैद्यलाई कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा खटाएको थियो । त्यो सरुवालाई उल्टाएर उनी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशको सचिवका रुपमा केही समय काम गरिन । त्यहाँबाट ०७८ असोजदेखि उनी पुन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको डिजीको कुर्सीमा छिन् । वैद्यमाथि लकडाउनका वेला ७२ हजार किलो अखाद्य चिनी आयातमा चलखेल गरेको आरोपमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छुट्टाछुट्टै अनुसन्धान चलिरहेको छ । त्यही अनुसन्धानलाई प्रभावित पार्नका लागि उनी सो विभाग छाड्न नमानेको कृषि मन्त्रालयका कर्मचारीहरु चर्चा गर्दछन् ।
बिज्ञापन
लामो समय गृहमै घुमिरहेका आश्मान तमाङ्ग पनि यस्तै भाग्यमानी कर्मचारीभित्र पर्दछन । उनले लगातार ९ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी चलाए । शिक्षा सेवाको सहसचिवबाट गृहमा प्रवेश गरेका आश्मान ०७३ फागुनमा तेह्रथुम हुँदै सिन्धुपाल्चोक जिल्लाको कमाण्ड सम्हाल्न पुगे । त्यहाँबाट मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेका उनी राजधानी नजिकैको अर्को जिल्ला धादिङ्गको सिडिओको जिम्मेवारी सम्हाल्ने अवसर पाए । सिन्धुपाल्चोक,मकावनपुर र धादिङ्ग राजधानी काठमाडौंको हिसावले सवैभन्दा आकर्षक जिल्ला मानिन्छ । धादिङ्गको प्रमुख जिल्ला अधिकारीबाट पर्साको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएका उनी ०७७ साल चैत्र २४ मा रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएकामा त्यहाँबाट चितवनमा ल्याइयो । अहिले वाग्मती प्रदेशतिर पुगेका छन् ।
वैदेशिक अध्ययन/ भ्रमण पनि तिनैलाई,सिंहदरबारको चौघेरा तोडेर अन्यन्त्र जानुनपर्ने,खटिए पनि ए ग्रेडका अड्डाबाट ए ग्रेडकै अड्डामा जान पाउने भाग्यमानी पनि उनै । हाइ प्रोफाइलको अड्डामा बस्न नपाए छटपटाउनेमध्येका हुन,खुमराज कोइराला,जो जागिरे अवधिभर अर्थ र योजना आयोग छोडेर अन्यन्त्र कतै जानु परेन । योजना आयोगबाट बुटबलस्थित अर्थ मन्त्रालयको सचिव बनाएर खटाइएको दुई महिना पनि त्यहाँ टिकेनन्,अहिले उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् । सहसचिव इश्वरचन्द्र मरहठ्ठा भ्रष्टाचारमा डामिएपछि निलम्बनमा परेका थिए पुन सफाइ पाएसँगै डोलिमै फर्किएका छन् ।