राजस्व उठाउनुमा भन्दा कर्मचारी सरुवामा ध्यान

चालू आर्थिक वर्षको ५ महिनाको अबधिमा लक्ष्यअनुसार भन्सार राजश्ज संकलन गर्न भन्सार विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौला असफल भएका छन् । भन्सार विभागलाई दिईएको लक्षको तुलनामा ६६.७ प्रतिशतमात्रै भन्सार राजश्व संकलन भएको हो ।

बिज्ञापन

अर्थ मन्त्रालयले ५ महिनामा विभागलाई २ खर्ब ५१ अर्ब ७२ करोड हाराहारीको लक्ष्य दिएकोमा एक खर्ब ६७ अर्ब ७७ करोड रुपैयाँ बराबरको मात्र भन्सार राजश्व संकलन भएको हो । लक्ष्यको तुलनामा पाँच महिनामा विभागले ८४ अर्ब ९५ करोडभन्दा कम राजश्व संकलन गरेको हो । अपेक्षित आयात बढ्न नसक्दा यस वर्ष राजस्वमा असर परेको विभागले जनाएको छ । त्यसमाथि विद्युतीय सवारीसाधन आयात बढे पनि गाडीबाट हुने भन्सार राजस्व दर कम हुँदा त्यसको असर राजस्वमा देखिएको छ ।

बिज्ञापन

राजस्वमा सबैभन्दा धेरै योगदान गर्ने शीर्षकमध्ये भन्सार महसुल एक हो । सरकारले अनुमान गरे अनुसार आयात नबढ्दा महसुुल नै कम संकलन भएको देखिएको छ । यस वर्ष भन्सार महसुल ३ खर्ब ७ अर्ब संकलन हुने अनुमान थियो । तर, ३१ असारसम्म २ खर्ब १ अर्बमात्र भन्सार महसुुल संकलन भएको तथ्यांक छ । यद्यपि, यस वर्ष अघिल्लो वर्ष सोही अवधिको तुलनामा भने भन्सार महसुल संकलन १०.३८ प्रतिशतले बढेको छ ।

भन्सार महसुलतर्फ पैठारीमा लाग्ने कर लक्ष्यको ६५.०६ प्रतिशतमात्र उठेको छ । पैठारीबाट २ खर्ब ४४ अर्ब राजस्व उठ्ने अनुमान गरिएकोमा १ खर्ब ५९ अर्बमात्र संकलन भएको छ । निकासीबाट २९ करोडमात्र राजस्व उठेको छ । पूर्वाधार कर ३१ अर्ब ६७ करोड उठ्ने अनुमान थियो । संकलन भने २० अर्ब ६३ करोडमात्र भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ सरकारले यस वर्ष ४ खर्ब २५ अर्ब राजस्व संकलन अनुमान गरेको थियो । यसमध्ये ३ खर्ब १० अर्ब मात्र उठेको छ । जुन लक्ष्यको ७२.८९ प्रतिशतमात्र हुन आउँछ । भ्याटतर्फ आन्तरिक उत्पादन, बिक्री तथा सेवाबाट १ खर्ब ५७ अर्ब राजस्व उठ्ने अनुमान थियो । संकलन भने १ खर्ब ३० अर्बमात्र भएको छ । यो लक्ष्यको ८२.७५ प्रतिशत हो । त्यस्तै भ्याट पैठारीतर्फ २ खर्ब ६८ अर्ब ६७ करोड बराबर लक्ष्य थियो । संकलन भने १ खर्ब ८० अर्बमात्र भएको छ । यो लक्ष्यको ६७.१३ प्रतिशत हो । आयात नबढ्दा पैठारीमा लगाइने भ्याटसमेत प्रभावित बनेको छ । अन्तःशुल्कतर्फ यस वर्ष सरकारले २ खर्ब ७ अर्ब २२ करोड संकलन लक्ष्य राखेको थियो । तर, १ खर्ब ४६ अर्ब ३५ करोडमात्र संकलन भएको अर्थ मन्त्रालयको तथ्यांक छ । यो लक्ष्यको ७०.६३ प्रतिशतमात्र हो ।

बिज्ञापन

चालू आर्थिक वर्षको ५ महिनाको अबधिमा लक्ष्य अनुसार भन्सार राजश्व संकलन नभएपछि गत आवको सोही अबधिको तुलनामा बढी भएको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष ०७९/०८० को ५ महिनाको विभागले एक खर्ब ५७ अर्ब ५७ करोड रुपैयाँ बराबर राजश्व संकलन गरेको थियो । गत आवभन्दा अहिले १० अर्ब २० करोड बढी राजश्व संकलन भएको हो ।

विभागको तथ्यांक अनुसार ५ महिनाको अबधिमा भैरहवा भन्सारले ३२ अर्ब ४२ करोड, विराटनगर भन्सारले १२ अर्ब ६२ करोड, ६० अर्ब ३३ करोड, सुक्खा बन्दरगाह भन्सार कार्यालयले २० अर्ब ६८ करोड रुपैयाँ बराबरको भन्सार राजश्व असुल गरेका हुन् । भारत तर्फका नाकाबाट लक्ष्यअनुसार नै भन्सार राजश्व संकलन भएतापनि चीन तर्फका दुबै नाकामा लक्ष्यको तुलनामा बढी संकलन भएको पाइएको छ ।

तातोपानी नाकामा लक्ष्यको तुलनामा ७१.५ र रसुवा नाकाबाट लक्ष्यको तुलनामा ४१.७ प्रतिशत बढी राजश्व संकलन भएको छ । ५ महिनाको अबधिमा रसुवाबाट आठ अर्ब ४४ करोड र तातोपानी भन्सार कार्यालयबाट चार अर्ब नौ करोड रुपैयाँ बराबरको भन्सार राजश्व संकलन भएको छ ।

उसो त भन्सार विभागका महानिर्देशक कार्यशैलीका कारण विवादमा मात्र परेका छैनन् उनलाई गत सातामात्र सचिवले मन्त्रालयमै बोलाएर केरकार गरेका छन् । सरकार परिवर्तन हुने मुखमा उनले तीन जना अधिकृतहरुको नियमविपरित सरुवा गरेको भेटिएको हो । माओवादी सरकार ढल्ने र नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धनमा सरकार बन्ने भए पछि भन्सार विभागका महानिर्देशक ढुण्डी निरौलाले हतार–हतार भन्सार अधिकृत सरुवा गर्दा उनी विवादमा तानिएका हुन । सात महिना अघिमात्र भन्सार कार्यालयबाट विभागमा सरुवा भएका अधिकृतहरुलाई रसुवा र बीरगञ्ज भन्सारमा सरुवा गरेसँगै ढुण्डी विवादमा मात्र तानिएका छैनन्,उनीसँग सचिवले स्पष्टीकरण नै सोधेको स्थिति छ । भन्सार विभागमा लामो समयदेखि बसिरहेका अधिकृतहरुले आफूहरुलाई कुनै जिम्मेवारी नदिई महानिर्देशक निरौलाले निरन्तर ठूला भन्सार कार्यालयहरुमा बसिरहेका कर्मचारीलाई जिम्मेवारी दिएको भन्दै अर्थ मन्त्रालयको प्रशासन महाशाखामा गुनासो पोखेपछि अस्तिमात्र राजस्व सचिव रामप्रसाद घिमिरेले महानिर्देशक निरौलासँग सोधपुछ गरेका हुन ।

मिलेमतोमा सरुवा गरेको गुनासो आएपछि राजस्व सचिव रामप्रसाद घिमिरेले महानिर्देशक निरौलासँग यस विषयमा सोधेका छन् ।अर्थ मन्त्रालयको प्रशासन महाशाखाका एक अधिकारीले भन्सार विभागमा भएको सरुवाका विषयमा केही अधिकृतले गुनासो गरेको र राजस्व सचिवले महानिर्देशक निरौलासँग सोधपुछ गरेको पुष्टि गरे । ‘सामान्य प्रशासन मन्त्रालयबाट पनि नियमित सरुवा हुने १ महिनाअघि निरन्तर कार्यालय बसिरहेका अधिकृतको किन सरुवा भयो ? भन्ने चासो राखिएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘भन्सारका कर्मचारीहरुले पनि महानिर्देशकले गलत गरेको गुनासो गरिरहेका छन् ।’ साउनमा नियमित सरुवा गर्दासम्म सरकार परिवर्तन हुन सक्ने र आफ्नो जिम्मेवारीसमेत फेरिने डरले नियमित सरुवा गर्नुभन्दा १ महिनाअघि काज सरुवा गरिएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यो बीचमा १० जना कर्मचारीको सरुवा गरिएको छ।

सरुवा भएका अधिकृतहरुमा रसुवा भन्सारमा दुई जना र वीरगञ्ज भन्सारमा एक जना अधिकृतहरु छन् । साधरणतया कर्मचारीहरुको सरुवा भदौं र असोजमा हुँदै आएको छ । कर्मचारीहरु सरुवा र खटन पटन गर्ने पर्ने स्थिति आएको खण्डमा विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहमति लिनुपर्ने कानुनी व्यवस्था भए पनि भन्सारका हाकिमले ती अधिकृतहरुको खटन पटन गर्दा सामान्यको सहमति नलिएको भेटिएको हो । निरौलाले ६ महिना अघिमात्र भन्सार कार्यालयबाट विभागमा लक्ष्मण बास्तोला र हंस रावललाई रसुवा भन्सारमा काज सरुवा गरेका हुन् । रसुवा भन्सार चैत्रदेखि नै रिक्त थियो । एक अधिकृत अवकाश र दुई अधिकृत सरुवा भएसँगै रसुवा भन्सारमा दुइ अधिकृत पद रिक्त थियो । यस्तै तातोपानी भन्सारबाट विभाग आएका अर्जुन कार्कीलाई बीरगञ्ज भन्सार कार्यालयमा सरुवा गरेका हुन । निरौलाले गत चैत १४ गते विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।