पेन्सनको टेन्सन :-बर्षदिनमै ७७ अर्ब ९० करोड खर्च

अवकाश प्राप्त कर्मचारीलाई दिइदै आएको निवृत्तिभरण (पेन्सन) सुविधा सरकारका लागि ‘टेन्सन’ को बिषय बन्न थालेको छ । तर,सरकार बनाउने र ढाल्ने खेलमा व्यस्त राजनीतिकर्मीहरुलाई यस्तो बिषयको मतलब छैन ! प्रत्येक बर्ष पेन्सन पाउने कर्मचारीको संख्या ३ देखि ८ प्रतिशतले बढ्दै जाने र जसबापत पेन्सन शीर्षकमा ३ अर्बभन्दा बढी व्ययभार थपिँदै जाँदा सरकारलाई टाउको दुख्नुपर्ने होइन र ?

बिज्ञापन

अर्थ मन्त्रालय मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक बर्ष ८०/८१ मा पेन्सन शीर्षकमा ७७ अर्ब ९० करोड खर्च भएको छ । निजामतीतर्फका ८८ हजार २९६,प्रहरी ६२ हजार १७६,शिक्षक ५५ हजार ७८३,नेपाली सेना १ लाख १ हजार ७६१ गरी कूल ३ लाख आठ हजार १९ अवकाश प्राप्तका कर्मचारीका नाममा उक्त रकम विनियोजन भएको छ । आर्थिक बर्ष ७९/८० को तुलनामा गत बर्ष पेन्सनरको संख्या ३ दशमलव ९६ प्रतिशतले बढेको देखिन्छ । आर्थिक बर्षमा ७९/८० मा निजामती ८३ हजार २४०,प्रहरी ५९हजार ६०३,शिक्षक ५४ हजार ३८२,नेपाली सेना ९९ हजार ४१ गरी जम्मा २ लाख ९६ हजार २ सय ६६ अवकाश प्राप्त गरेकोमा बर्ष दिनमै १२ हजार बढी निवृत्त हुँदा उनीहरुको पेन्सनकै भारमात्र थप ३ अर्बले बढाउनु परेको हो भन्छ,अर्थ मन्त्रालय ।
आर्थिक बर्ष ०७९/८० मा पेन्सनमा वार्षिक ७४ अर्ब ७९ करोड खर्च भएकोमा गत आर्थिक बर्षमा ३ अर्बले बढेर यस्तो खर्च ७७ अर्ब ९० करोड निकासा गरेको हो अर्थ मन्त्रालयले । मन्त्रालयका अनुसार आर्थिक बर्ष ०६७/६८ मा पेन्सनका नाममा ६ अर्ब ८२ करोड ४० लाख मात्र खर्च भएको देखिन्छ । सो को १० बर्षपछि ०७७/७८ सम्म आइपुग्दा ९ गुणाले बढेर वार्षिक ५४ अर्ब ९८ करोड ५९ लाख खर्च गरेको छ,राज्यले । यही अनुपातमा पेन्सनमा खर्च गर्ने हो भने अबको दश वर्षपछि पेन्सनमा मात्रै वार्षिक १ खर्ब ४० अर्बभन्दा बढी पेन्सनकै नाममा निकासा गर्नुपर्ने अर्थका अधिकारीहरुको हिसाब किताब छ । पछिल्ला पाँच बर्षको तुलना गर्दा पेन्सन शीर्षकमा ४४ अर्ब थप निकासा गर्नुपरेको अर्थको आँकडा छ । आर्थिक बर्ष ७५/७६ मा ४३ अर्ब ५६ करोड ४४ हजार निकासा भएकोमा पाँच बर्षमै निवृत्तिभरण शीर्षकमा ४४ अर्ब थपेर ७७ अर्ब राज्यले खर्च गरेको हो ।

बिज्ञापन

निजामती किताबखानाको तथ्यांकअनुसार अहिले ३ लाख ८ हजार १९ रिटायर्ड कर्मचारी,शिक्षक,सेना,प्रहरीले पेन्सन थाप्दै आएका छन् । जसमध्ये निजामती ८८ हजार २९६,प्रहरी ६२ हजार १७६,शिक्षक ५५ हजार ७८६,नेपाली सेना १ लाख १ हजार ७ सय ६१ ले पेन्सन बुझ्दै आएका छन् । पाँच बर्ष अघि यस्तो संख्या निजामती ६८ हजार ६४१,प्रहरीतर्फ ४६ हजार ६८९,शिक्षक ४० हजार ७५९,नेपाली सेना ७५ हजार २२२ गरी २ लाख ३१ हजार ३११ जना रहेकोमा पाँच बर्षमा ७० हजार ५ सय आठ जना रिटायर्ड भएका हुन ।

निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार औसतमा वर्षेनी १५ हजारभन्दा बढी रिटायर्ड हुन्छन । निजामतीतर्फ मात्र यही आर्थिक वर्ष २ हजारभन्दा ३ सय बढी कर्मचारी अवकाशमा जाँदै छन् । जसमा कामु मुख्यसचिव,सञ्चार,गृह,अर्थ,स्वास्थ्यसहितका १८ सचिवहरु कोही उमेर त कोही सेवा हद लागेर घर फर्कदैछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१३ दिन बित्यो तर पेश हुन सकेन संघीय निजामती सेवा विद्येयक

गुपचुप सरुवा : भूमि मन्त्रालयको ‘लिस्ट’ लुकाउने प्रयास, बिचौलियाको चलखेल शंका

३२ नायब सुब्बा अधिकृतमा बढुवा

१४ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

आयल निगममा यसरी गरिन्छ इन्धन अपचलन

एकै पटक नेपाल टेलिकमका एक दर्जन उच्च प्रशासक निलम्बित

यी हुन् टेलिकम बिलिङ प्रकरणमा मुद्दा नचल्ने व्यक्तिहरू

टेलिकमको ठेक्कामा व्यापक अनियमितता:- ३३ करोड ४८ लाखको भ्रष्टाचार

बिशेष