मनसुनजन्य विपद्को पूर्वतयारीमा सरकार

मौसमजन्य विपद्का कारण हरेक बर्ष ठूलो मात्रामा जनधनको क्षती भइरहेको छ । पछिल्लो एक दशकमा मात्र यस्तो विपद् (बाढी पहिरो, भारी वर्षा र चट्याङ)मा परेर हजारौले ज्यान गुमाएका छन् । करोडौंको जन धनको क्षती भएको छ ।

बिज्ञापन

भूकम्प,जलउत्पन्न प्रकोप लगायतको हिसाबले  हेर्ने हो भने भूकम्पीय जोखिमका नेपाल ११ औँ, जलउत्पन्न प्रकोपमा ३० औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ ।

बिज्ञापन

जेठ १९ देखि असोज १९ गतेको समयलाई मनसुनको जोखिमको समय तोकेको छ । यस बर्ष साविकका बर्षमा भन्दा अधिक बर्षा हुने मौसम पूर्वनुमान विभागको अनुमान छ । जल तथा मौसम विज्ञान विभागले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिम, बागमतीको दक्षिण पूर्वी, मधेसको मध्यभाग र कोशीको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा ३५ देखि ४५ प्रतिशतले बढी वर्षा हुने अनुमान विभागले गरेको छ ।मनसुनजन्य विपद्बाट यस वर्ष करिब १८ लाख जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान छ । विपद्बाट करिब ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने आँकलन गरिएको छ ।

विगतको पाठ,यीनै तथ्य र तथ्यांकका आधारमा विपद्बाट घटनामा न्यूनभन्दा न्यून क्षती गराउनका लागि नेपाल सरकार आउँदो मनसुनका समयमा हुन सक्ने विपद्जन्य घटना व्यवस्थापनको पूर्वतयारीमा जुटेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगतको विपद् र त्यसबाट सिर्जित असरको अवस्था, देशको भौगोलिक अवस्था, जलवायु परिवर्तनको असर, सम्भावित जोखिम क्षेत्र पहिचानको आधारमा सोही अनुसारको विपद् व्यवस्थापनको पूर्वतयारी थालिएको छ । विपद्को पूर्वतयारी, अस्थायी आश्रयस्थल व्यवस्थापन र खाद्यान्नको आवश्यक व्यवस्थापनका पूर्वतयारी पनि सँगसँगै थालिएको छ । विपद्पछिको उद्धार तथा पुनःस्थापनमा सधैँ आलोचना हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै सम्बद्ध निकायसँग समन्वयको काम समेत भइरहेको विभागले जनाएको छ ।

बिज्ञापन

जस अनुसार, गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिवको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्डपोष्टको स्थापना गर्ने निर्णय गरेको छ र सोही अनुसार सहसचिव नेतृत्वको टोलीले काम गरिरहेको छ । जसले हरेक दिन कहाँ कहाँ बर्षा हुँदैछ भन्ने पूर्व जानकारी दिँदै नागरिकहरुलाई सचेत रहन आग्रह गर्दै आइरहेको छ । जस्तो मिति ८१ असार १८ गते गृह मन्त्रालयले कोशी प्रदेशका सबै जिल्ला, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, चितवन र मकवानपुरू गण्डकी प्रदेशका मुस्ताङ र मनाङ बाहेक सबै जिल्ला, लुम्बिनी प्रदेशका बाके र बर्दिया बाहेक सबै जिल्लामा भारी वर्षा र बाढीको जोखिम रहेको कारण सो स्थानका बासिन्दाहरुलाई सचेत रहन पूर्व सूचना नै जारी गर्यो । गृहले हरेक दिन यसरी पूर्व सूचना जारी गर्दै आएको छ ।

गृहका सहसचिव डा भीष्म भुसालले हरेक दिन यसरी सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई सू सुचित गराउँदै आइरहेका छन् । दुई दिन अघि नै उनले असार १६ गतेसम्मको मौसम पूर्वानुमान अनुसार ताप्लेजुङ्, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, सँखुवासभा, मोरङ्ग, झापा, सुनसरी, धनकुटा, भोजपुर, चितवन, मकवानपुर, म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्गजा, तनहुँ, लमजुङ्ग, नवलपरासी पूर्व, अर्घाखाँची, गुल्मी, पाल्पा, रूपन्देही, प्यूठान र कपिलवस्तुमा भारी वर्षा तथा बाढी आउन सक्ने र चितवन, मकवानपुर, सिन्धुपाल्चोक, तनहुँ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ्ग, कपिलवस्तु, सल्यान, बाँके र सुर्खेत जिल्लामा खोला, खहरे र नदीहरूमा बाढी आउन सक्ने उच्च जोखिम रहेकोले नदी किनारा, डुबान सम्भाव्य स्थान र पहिरो जानसक्ने स्थानका वासिन्दाहरू सचेत रहन र सुरक्षित आश्रयस्थल पहिचान गरी आवश्यकतानुसार त्यहाँ आश्रय लिन अनुरोध गरिन्छ। साथै पालिकामा कार्यरत पालिका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले यसको लागि पूर्व तयारी गर्नुहुन अनुरोध गृह मन्त्रालयको तर्फबाट गरिएको अनुरोध थियो यो ।

पूर्व सूचनाका अलवा  सरकारले विपद् जोखिम न्यूनीकरण प्राधिकरण मार्फत विपद्बाट हुने क्षती न्यूनीकरणका लागि द्रुत गतिमा काम गरिरहेको छ । विपद्को पूर्वअनुमान गर्दै पूर्वतयारी तथा प्रतिकार्यका कामलाई प्रभावकारी रुपमा अघि बढाइएको प्राधिरकणले जनाएको छ । गृह मन्त्रालय, प्राधिकरण र सम्बन्धित सरोकार भएकाहरुको सहभागितामा उच्च जोखिममा रहेका स्थलका लागि ‘फ्लाइङ स्क्वार्ड’ तयारी अवस्थामा राखिएको, खोज, उद्धार र राहतका निम्ति अपुग स्रोतसाधनको व्यवस्थापनका लागि समन्वय गरिएको छ ।
यस्तै विभिन्न जिल्लाका अति जोखिमयुक्त स्थानहरु पहिचान गरी चेतावनीमूलक साइरन प्रणाली जडानको काम सम्पन्न भएको छ । जसअनुसार,सप्तरी, रौतहट, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका अति जोखिमयुक्त १३ स्थानीय तहका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान गरिएका तथा चितवन, सिन्धुपाल्चोक, महोत्तरी, झापा, सुर्खेत, बर्दिया र सर्लाहीका १५ स्थानमा साइरन जडानको तयारी भइरहेको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए ।

यस्का अलवा सुरक्षा निकाय समेत हाइ अर्लटमा छन् । विपद्का समयमा खोज तथा उद्धारमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राखेका छन् । यसवर्ष नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मीलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिका छन् ।

यस्तै बाढी तथा पहिरोको कारण अवरुद्ध भएको राजमार्ग तत्काल खुलाउन आवश्यक बेलिब्रिज धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा एकरएक सेट राखिएका छन् । सैनिक इन्जिनियरिङ विभागबाट तुरुन्त परिचालन गर्न सक्नेगरी अपरेटरसहितको हेभी इक्युप्मेन्ट र सवारी साधन पनि तयारी हालतमा राखिएको सेनाले जनाएको छ ।

विपद्मा परेका नागरिकको उद्धारका लागि ३९ जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा एक सय २० मोटरबोट तथा र्याफ्टबोटहरु तयारी अवस्थामा राखिएका छ । ९१ गोताखोरलाई आवश्यक उपकरणसहित सातवटै प्रदेशमा रहेका बाहिनी मुख्यालय तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं २० विपद् उद्धार गण सिनामङ्गल, नं २४ कालिका गण कास्की र सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएका छन् ।

विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिसहित धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौवटा विपद् व्यवस्थापन बेस स्थापना गरिएका बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।