कार्यक्षेत्र बाहिरका हजारौं योजना सम्पन्न गर्नुपर्ने जिम्मेवारी समेत हाम्रै काँधमा

रामहरि पोखरेल सडक विभागको महानिर्देशक हुन । हालैमात्र उनलाई महानिर्देशकको जिम्मेवारी दिइएर विभागमा पठाइएको छ । यस अघि विभागमा उपमहानिर्देशक तथा प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका पोखरेल काठमाडौं महानगरपालिका र सडक विभागबीच विवाद नभइ असमझदारीका कारण समस्या भएको बताउँछन् । उपत्यकाभित्र ३ हजार ५ सय बढी सडक छन् । त्यसमा पनि १ सय ४८ किलोमिटर सडकमा मात्र काठमाडौं महानगरले काम गरिरहेको छ । संघीय सरकारको राजधानी भएको हुनाले यसमा सरकारले काम गरिरहेको हो । काठमाडौंमा हुने हरेक क्रियाकलापमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान जाने गर्दछ । १ सय ४८ सय किलोमिटरभन्दा बाहिरका सडक पालिकाले बनाउने तथा मर्मत गर्ने गरिरहेका छन् । यसमा विवाद नभइ असमजदारीमात्र भएको हो भन्दछन्,पोखरेल ।

बिज्ञापन

नेपालमा करिब १ लाख किलोमिटर सडक छन् भनिन्छ । तीमध्ये २०७६ साल जेठ ६ गते नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार ८० ओटा सडकलाई राजमार्ग भनेर परिभाषित गरेको छ । सडक विभागको कार्यक्षेत्र भनेको यिनै ८० ओटा राजमार्गमात्रै हुन् । यसको कुल लम्बाइ करिब १५ हजार किलोमिटर छ । राष्ट्रिय राजमार्गको सूचीमा रहेका १५ हजार किलोमिटर सडक सञ्जालमा मात्रै सडक विभागले काम गरेको छ । यसबाहेक ९० हजार किमि सडक संरचनामा स्थानीय निकाय, स्थानीय पूर्वाधार सडक विभाग र प्रदेशअन्तर्गतका निकायले काम गरिरहेका छन् । अहिले सडक विभागले करिब ७ सय किमि राष्ट्रिय राजमार्गको स्तरोन्नतिको काम गरिरहेको छ ।

बिज्ञापन

सडक निर्माणमा धेरै निकाय संलग्न रहेका हुन्छन् । सहरी विकास मन्त्रालयअन्तर्गत डोलिडार भन्ने निकायले पनि सडकको काम गर्दछ । स्थानीय तह, प्रदेशलगायतले पनि सडक निर्माण गर्ने गरेका छन् । सडक विभागले संविधानको अनुसूची ५ ले तोकेको क्षेत्राधिकारमात्र काम गर्नुपर्ने हो । त्यसो हुँदाको ८० राजमार्ग नै सडक विभागको मुख्य जिम्मेवारी क्षेत्र हो । सडक विभागले विशेषगरी राष्ट्रिय राजमार्गहरु निर्माण तथा विस्तारमा प्राथमिकता दिएर काम गरिरहेको छ । सडक विभागले राष्ट्रिय राजमार्ग, त्यसभित्रका सडक संरचना निर्माण गर्ने, मर्मतसम्भार गर्ने, योजना बनाउने तथा नयाँ सडक बनाउने कामलाई प्रथामिकतामा राखेर गर्दै आएको छ । सडक विभागले पूर्वपश्चिम राजमार्गको काकडभिट्टा,नारायणघाट–बुटबल, मुगलिङ–पोखरा, कमला, कञ्चनपुर, नागढुंगा नौबिसे, सूर्यविनायक धुलिखेललगायत लगायत सडक विस्तारको काम तिव्रतर गतिमा गरिरहेको छ । यस्तै,सिद्धबाबा र नागढुंगा सुरुङमार्ग निर्माणाधीन अबस्थामा छ । बुटवल गोरुसिङ्गेको भर्खर ठेक्कापट्टा भएर काम हुने सम्झौताको चरणमा रहेको, उत्तर दक्षिण राजमार्गहरू कोशी करिडोर, कर्णाली करिडोर, कालीगण्डकी करिडोर लगायतका पहाडी राजमार्गहरू यी सबैमा कामहरू भइरहेको बताउँछन् ।

यस्का अलवा विभागले पूर्वपश्चिम राजमार्गको काकडभिट्टा,नारायणघाट–बुटबल, मुगलिङ–पोखरा, कमला, कञ्चनपुर, नागढुंगा नौबिसे, सूर्यविनायक धुलिखेललगायत लगायत सडक विस्तारको काम तिव्रतर गतिमा गरिरहेको छ । यस्तै,सिद्धबाबा र नागढुंगा सुरुङमार्ग निर्माणाधीन अबस्थामा छ । बुटवल गोरुसिङ्गेको भर्खर ठेक्कापट्टा भएर काम हुने सम्झौताको चरणमा रहेको बताइएको छ । अहिले सडक विभाग मातहत ६० भन्दा बढी योजना कार्यालय तथा ३३ डिभिजन सडक कार्यालयमार्फत कार्य गरिरहेको छ । यी कार्यालयबाट देशैभर मर्मत सम्भार नयाँ निर्माण, पुनस्र्थापनालगायत काम सञ्चालन हुँदै आएको छ । विभागको पहिलो प्रथमिकता भनेको सडकको मर्मतसम्मार गर्ने नै हो । । दुई लेनको सडकलाई आवश्यकताअनुसार बढाउने काम पनि विभागले गरिरहेको छ । ग्वार्को फ्लइओभर अनि मोदी र सेती नदीमाथि सिग्नेचर पुलहरू निर्माणधीन अवस्थामा छन् । पूर्वपश्चिम राजमार्गको हकमा काँकडभिट्टादेखि लौकही खण्ड ९५ किलोमिटर, कमला–कञ्चनपुर सडक ८९ किमि, नारायणघाट–बुटवल खण्ड ११३ किमि, मुग्लिन–पोखरा सडक करिब ८८ किमि, सूर्यविनायक–धुलिखेल सडक करिब १७ किमि र यसबाहेकका धेरै राजमार्ग अहिले स्तरोन्नतिको क्रममा छन् । सरकारले आगामी आवमा पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ । २०८०/०८१ को आर्थिक सर्वेक्षणअनुसार हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार २६७ किलोमिटर पुगेको छ ।

बिज्ञापन

बर्खायाममा बर्खाबाटै थप क्षति र धनजनको क्षति प्रति सचेत रहेर विभागले काम अगाडि बढाइरहेको बताउँछन् उनी । यसबाहेक विभागले आफ्नो कार्यक्षेत्रबाहिरका विधायिकाले स्वीकृत गरेका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको बताउँछन् । कार्यक्षेत्रभन्दा बाहिरका हजारौं योजना सम्पन्न गर्नुपर्ने, सीमित स्रोतबाट कार्य सञ्चालन गर्नुपर्नेजस्ता कारणले अहिले विभागको काम बोझिलो बनेको पोखरेल बताउँछन् ।

यस्तै नारायणघाट,बुटवल,पोखरामा लेन बिस्तारको काम तिव्रतर गतिमा भइरहेको छ । वैकल्पिक राजमार्गबाट गाडी गुडाएर सडक स्तरोन्नति भइरहेको छ । बर्खाको समयमा सबैभन्दा बढी समस्या देखिने सडकखण्डमा नागढुंगा–मुग्लिन तथा मुग्लिन–नारायणघाट हो । त्यस्तै मुग्लिन–पोखरा तथा मेची राजमार्ग पनि बर्खामा धेरै अवरोध हुनेमा पर्छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गको पहाडी क्षेत्रहरुमा धेरै अवरुद्ध भएको देखिन्छ । त्यस्ता ठाउँहरुलाई विशेष ध्यानमा राखेर विभागले काम गरिरहेको छ । बाढीपहिरोले बाटो बिगारेको ठाउँसम्म पुग्नलाई लाग्ने समय बाहेक आधा घण्टादेखि तीन/चार घण्टासम्म बाटो खुलाउने गरी तयारी गरेका छौँ । विशेषगरी सिद्धार्थ राजमार्गको सिद्धबाबादेखि पाल्पा खण्डमा पोहोर पनि धेरै नै पहिरो आएको थियो । त्यसमा हामी विशेष सर्तक छौँ । हाम्रो प्राथमिकता भनेको राजमार्ग नै हो ।

यस्का अलवा विभागले पिरोल्दै आएको बिषय हो, ठेक्कापट्टा । गत आवमा मात्रै १७६ वटा ठेक्का सम्झौता तोडेको थियो विभागले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष