अधिकृत छैटौं,आठौं र दशौं तहमा शत प्रतिशत स्तरवृद्धिबाट पदपूर्ति गरिने

कर्णाली प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउने तयारी गरेको छ । सोही ऐनको तयारी स्वरुप स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा बनेको विधेयक–२०८१ प्रदेश सभामा दर्ता गराइएको छ । सभामा दर्ता गराइएको विद्येयकका १३९ वटा दफा रहेका छन् । विधेयकको परिच्छेद–१ को ६ नम्बर बुँदामा कार्य विवरण र कार्य सम्पादन सम्बन्धी व्यवस्था गरिएको छ ।

बिज्ञापन

कर्णाली प्रदेश स्थानीय तहमा कानुन,कृषि,प्रशासन,विविध,शिक्षा,स्वास्थ्य र इञ्जिनियपर सेवाका कर्मचारी रहनेछन् । तहविहिनदेखि दशौं तहसम्मका कर्मचारी स्थानीय तहका रहने विद्येयकमा उल्लेख गरिएको छ ।
यस्तै विद्येयकमा सहायक चौथो तहमा खुला प्रतिष्प्रर्धाबाट ७० प्रतिशत,जेष्ठता तथा कासमूबाट १०,आन्तरिक प्रतिष्प्रर्धाबाट २० प्रतिशत पदपूर्ति गरिने उल्लेख गरिएको छ भने सहायक पाँचौं तहमा खुलाबाट ५० प्रतिशत,जेष्ठता तथा कासमुबाट २५ र कार्यक्षमता मूल्यांकनका आधारमा २५ प्रतिशत गरेर पदपूर्ति गरिने प्रस्ताव गरिएको छ ।
अधिकृत छैटौं र अधिकृत आठौं तहमा शत प्रतिशत स्तरवृद्धिबाट पदपूर्ति गरिने प्रस्ताव विद्येयकमा गरिएको छ । अधिकृत सातौं तहका लागि खुलाबाट ५० प्रतिशत,अन्तर तह प्रतियोगितात्मक परीक्षाद्धारा ५,जेष्ठता १५,कार्यक्षमता मूल्यांकन २० र आन्तरिक प्रतिष्प्रर्धा १० प्रतिशतबाट पदपूर्ति गरिने उल्लेख गरिएको छ ।
यस्तै,नवौं तहमा १० प्रतिशत खुला,१० प्रतिशत अन्तर तह प्रतियोगितात्मक परीक्षा,३५ प्रतिशत जेष्ठता र कासमू,३५ प्रतिशत कार्यक्षमता मूल्यांकन र बाँकी १० प्रतिशत आन्तरिक प्रतिष्प्रर्धाबाट पदपूर्ति गरिने उल्लेख गरिएको छ । यस्तै,नवौं तह(कृषि)मा खुला २० प्रतिशत,अन्तर तह १०, जेष्ठता र कार्यक्षमता मुल्यांकनका आधारमा ३५ ३५ प्रतिशतका दरले पदपूर्ति गरिने उल्लेख गरिएको छ ।
यस्तै स्थानीय तह स्वास्थ्य सेवाका कर्मचारीहरुको पदपूर्तिका सहायक चौथो शत प्रतिशत खुला,अधिकृत छैंटौं,अधिकृत आठौं र अधिकृत दशौं तहमा शत प्रतिशत स्तरबृद्धिबाट पदपूर्ति गर्ने प्रस्ताव गरिएको छ ।
कर्णालीले खस आर्यका लागि ४५ प्रतिशत,दलित वाइस,आदिवासी जनजाती १२,पिछडिएको क्षेत्र १२,अपागका लागि ४,मधेसी तथा मुस्लिमका लागि २ प्रतिशत र थारुका लागि २ प्रतिशत आरक्षणको प्रस्ताव गरेको छ । विद्येयकमा आफूखुसी आफू निकट व्यक्तिहरूलाई ज्यालादारी तथा करारमा नियुक्त गर्न बन्देज लगाइएको छ । विधेयकको बुँदा नम्बर १४ मा यो सम्बन्धी व्यवस्था गरिएको छ । ऐनमा व्यवस्था भएको बाहेक कर्मचारीले गर्नुपर्ने कामको लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने उल्लेख गरिएको छ ।

बिज्ञापन

यस्तै महिला कर्मचारीको परीक्षणकाल ६ महिना, पुरुषको वर्ष दिन तोकिएको छ । विद्येयकमा स्थानीय सेवाको कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने प्रस्ताव गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक संस्थानमा मात्र ४५ सय बढी करार सेवाका कर्मचारी

संघीय निजामती सेवा ऐनको माग गर्दै निजामती कर्मचारी युनियनको आन्दोलन सुरु

संघीय संसदका ४ समितिको बैठक बस्दैँ

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

बिशेष