श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउनु पर्छ

इन्दु शर्मा,कर्मचारी वृत्तमा परिचित नाम हो । कर्मचारीका हक हितका लागि निरन्तर लडिरहेका एक कमाण्डर शर्मा नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव हुन् । १५ जेठ आज आगामी आर्थिक बर्षको बजेट घोषणा हुँदैछ । सो बजेटमा कर्मचारीका हक हितका लागि के कस्ता मुद्धा समावेश हुनुपर्दछ ? कर्मचारी संगठनले के कसरी झकझकाउनुपर्दछ  यही सेरोफेरोमा गरेको कुराकानीको संक्षेपः

बिज्ञापन

आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको हक हितमा कस्तो बजेटको अपेक्षा गर्नुभएको छ ?
सरकारले तोकेको मर्यादाक्रम एवम् पदसोपानबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्छ । संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै तह, श्रेणी र पदका कर्मचारीहरूलाई देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महङ्गीका आधारमा नेपालसँग समान आय भएका विश्वका अन्य देश र सार्क राष्ट्रहरूले प्रदान गर्ने सरहको तलब तथा सेवा सुविधाको व्यवस्था गरिनुपर्छ । यस पटक आफूहरुले श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा पनि ४५ हजार बनाउनुपर्ने माग रहेको छ। सोही आधारमा अन्य कर्मचारीको पनि तलब बढ्नुपर्ने हाम्रो माग छ । साथै, समान पदमा रहेको सुरक्षा निकायमा काम गर्ने कर्मचारीभन्दा निजामती कर्मचारीको मर्यादाक्रम अगाडि रहेको बताउँदै उनले सुरक्षा निकायका कर्मचारीको र निजामती कर्मचारीको तलबमा विभेद रहेको छ । कम्तिमा पनि तलब समान बनाउनुर्छ । तलब बृद्धि गर्न सक्दैनौं भने कम्तिमा पनि समान पदमा रहेको सुरक्षा निकायममा काम गर्ने कर्मचारी, निजामती कर्मचारी मर्यादाक्रममा अगाडि छ । तर, त्यही मर्यादाक्रमभन्दा पछाडि रहेको सुरक्षाकर्मीको तलब यताको भन्दा बढी छ । त्यो त एउटा अपमान गरेको हो ।

बिज्ञापन

आर्मी, प्रहरीको जुन मर्यादाक्रम र हाम्रो मर्यादाक्रम छ, हामीभन्दा पनि पछि रहेको मर्यादाक्रममा छ, उहाँहरुको तलब बढी छ, हाम्रो घटी छ । त्यो घटाउनु भनेको होईन । कम्तिमा पनि त्यो मर्यादाक्रम अनुसारको हाम्रो तलबलाई समायोजन तलदेखि माथिसम्म होस् भन्ने प्रमुख माग हाम्रो यो रहेको छ । स्थायी कर्मचारीलाई दिइदै आएको महगीँ भत्ता,अस्थायी र करार कर्मचारीलाई पनि उपलब्ध गराइयोस । तलब बृद्धि गर्दा बस्तुनिष्ठ र यथार्थपरक ढंगले गरियोस र बजारमूल्यको आधारमा तलब सुविधालाई समयसापेक्ष ढंगले बढाइयोस । जस्तो राष्ट्र बैंक लगायतका सार्वजनिक संस्थानमा रहेको सेवा सुविधासमेतको आधारमा तलब निर्धारण गरिनुपर्दछ । परिवहन भत्ता, खाजा भत्ता, शैक्षिक भत्ता र घरबहाल भत्ताको व्यवस्था हुनुपर्दछ,स्वास्थ्य बीमा योजना र सावधिक जीवन बीमालाई वृद्धि गरी १० लाख पु¥याउनुपर्ने । आधारभूत तहको न्यूनतम तलब स्केल रु। ४० हजार रुपैयाँ कायम गरी कार्यालय सहयोगी र मुख्य सचिवको तलबमानको अनुपात १ः ५ गर्नुपर्र्ने । निजामती कर्मचारी अस्पतालमा बहालवाला कर्मचारीहरुले शतप्रतिशत छुटमा उपचार गराउन पाउनुपर्ने हाम्रो माग छ । आर्मी, प्रहरीको अस्पतालमा सो सुविधा रहेको छ । चेकजाँचदेखि अप्रेसनसम्मका सबै सुविधाहरु निःशुल्क हुनुपर्ने बताए । ‘निजामती अस्पताल नामाकरण गरिएको छ । निजामती अस्पताललाई प्रदेश–प्रदेशमा स्थापना गर्ने पहल गर्नुपर्ने, तत्काल अस्पताल निर्माण गर्न नसकिने अवस्थासम्म कुनै अस्पताललाई तोकिनुपर्ने हाम्रो संगठनको माग छ ।

कर्मचारीहरुका लागि तलब बढाउनु उपयुक्त होला या प्रोत्साहन भत्ता ?
कर्मचारीहरुको लागि तलब भन्दा पनि प्रोत्साहन भत्ता बढाउनु उपयुक्त हुन्छ । अहिले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अदालत, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुुसन्धान आयोगजस्ता कार्यालयमा कर्मचारीलाई प्रोत्साहन भत्ता दिने गरिएको छ । यस्तो भत्ता सम्पूर्ण कार्यालयमा काम गर्ने कर्मचारीले समान रुपमा प्रदान गर्नुपर्दछ । प्रोत्साहन भत्ता हाजिरीलाई आधार मानेर अतिरिक्त समय कायम गरी भत्ता दिने व्यवस्था खारेज गरी कार्य सम्पादनको थप प्रगतिको आधारमा मात्र प्रोत्साहन भत्ता दिने व्यवस्था कायम गर्नुपर्नेछ । यसो गरिँदा तलब बढाइयो भन्ने गलत व्याख्या पनि जादैन् । कर्मचारीहरुको मुख्य समस्या भनेको जीविकापार्जोनको हो । फ्रन्टलाइनमा कार्यरत कर्मचारीका लागि अझै बढी प्रोत्साहन भत्ताको आवश्यकता हुन्छ । एउटा कर्मचारीको सम्पूर्ण समय राज्यकै लागि लगाएको हुन्छ । राज्यले पनि कर्मचारीको लागि भनेर उस्को परिवारको लागि भरण पोषणको जिम्मवारी लिनु पर्छ । अहिले औसतमा हेर्ने हो भने कर्मचारीको तलब २५ हजार हाराहारी हुन्छ,त्यो तलबले उस्को जीविकाापार्जन हुन्छ ?

बिज्ञापन

हरेक बर्ष बजेट भाषणको क्रममा कर्मचारीको गुनासो सुनिन्छ तलब कम भयो,बढाउनु पर्यो । कर्मचारीलाई कति तलब भए पुग्छ ?
मानिस कहिले पनि सन्तुष्टि हुदैन् । उसको आकाक्षा असीमित छन् । नेपालको कर्मचारीको तलबमान दक्षिण एसियाकै सबैभन्दा कम रहेको छ । बजारको मुल्य अनुसार दाल, चामल, नुन, तेल, तरकारी, मरमसला, घरभाडा, इन्धन, छोराछोरीको पढाई खर्च सबै गर्दा आधारभुत तहका कर्मचारीको लागि कम्तिमा ४५ हजार आवश्यक पर्छ । अहिलेको मंहगी अनुसार कम्तिमा ४५ हजार तलबले मात्र उस्को जीविकोपार्जन हुन्छ । २५ हजारको तलबले उनीहरुलाई २० दिन मात्र पुग्छ बाकीँ १० दिनको लागि ऊ साथीसँग सरसापटी मागेर चल्नु अवस्था रहेको छ । तलब बढ्ने वित्तिकै महगी बढ्छ । त्यही मौका छोपेर घरबेटीले पनि घर भाडा बढाउन पुग्छ । यी यावत कुरा सरकारको नियन्त्रण गर्नु पर्छ । सरकारले कर्मचारीको मर्का बुझ्न सकेको छैन् । यही कारणले गर्दा नै हामीले कर्मचारीहरुको लागि तलब बढाउ सरकार भन्दै आएका हौं ।

० आगामी आर्थिक बर्षमा कर्मचारीहरुको हितमा कस्तो बजेटको अपेक्षा गर्नु भएको छ ?
कर्मचारीको आवश्यकता पहिचान गर्ने, सरकारको सामथ्र्य र कर्मचारीको आवश्यकतालाई सन्तुलित हुने गरी एउटा आदर्श तलब सुविधा प्राप्त हुन्छ भन्ने आशा गरेका छौं । तलब बढी बढाउने कारणले भ्याट बढाउन भएन् अर्को तलब बढाएको कारणले बजारमा मुद्रा स्फ्रिती हुने वाताबरण पनि हुनु भएन् । कर्मचारीको आवश्यकता पनि पूरा हुनु पर्यो । यी तीन कुरालाई सरकारले फोकस गरेर तलब सुविधा ल्याँउछ भन्ने आशा गरेका छौं ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष