भ्रष्टाचार मुद्दा चलेपछि यी कर्मचारीले रोजे आत्महत्याको बाटो

‘पाप’ भन्ने कतै हुन्छ र ‘कराउँछ’ भने त्यसलाई लागिहालोस् भन्दै भक्तपुरकी रिता अहिले पनि दिनदिनै सुँक्सुँकाइरहेकी छन् । उनीमात्र हैन, एउटा मान्छेको जिद्धिमा अरुले पनि ज्यान गुमाए र तिनका परिवार ‘भगवान’ सँग भन्दैछन्, ‘उसलाई पनि त्यसरी नै लैजाऊ

बिज्ञापन

‘पाँच सय मुद्दा लान्छु, भ्रष्टाचारीलाई ठेगान लगाउँछु’ भन्दै अख्तियारका तत्कालिन प्रमुख आयुक्त नवीन घिमिरेले विशेष अदालतमा सयौं मुद्दामात्रै लगेनन् । कतिपय हावादारी उजुरी नकेलाइदिँदा धेरैका घरमा आज पनि आँशुको धारा रोकिएका छैनन् । यसमध्ये एक हजार रूपैयाँ घुस खाएबापत ४२ दिन प्रहरी हिरासतमा थुनिएका कलंकी मालपोतका खरिदार रामहरि सुवेदीले आत्महत्या गरे । पाँच सय मुद्दा पु¥याउने नाममा रामहरिको मात्रै प्राण गएन, नवीनलाई ‘तपाईं दुई सय वर्ष बाँच्नुस्’ भन्दै उदयपुरका हरि आचार्यले पनि मृत्यु रोज्न पुगे ।

बिज्ञापन

कलंकी मालपोतमै कार्यरत रहँदा हरि आचार्य भ्रष्टाचार मुद्दामा परे । अनाहक अख्तियारले दुःख दिएको पीडामा दुई पृष्ठ लामो ‘सुसाइड नोट’ लेखे । उनको शव उदयपुरको त्रियुगा नगरपालिका–९, रातमाटेस्थित शिखरकट्टेको जंगलमा भेटियो । यसरी नै ज्यान फाल्न बाध्य पारिए, पूर्वनासु युक्तप्रसाद श्रेष्ठ । बालुवाटारस्थित बहुचर्चित ललिता निवास प्रकरणमा मुछिएका उनी ०५८ सालताका डिल्लीबजार मालपोतमा थिए । त्यही नाममा उनलाई मुद्दामा मुछियो । फलतः माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको आठौं तलाबाट हामफालेर प्राण त्यागे ।

यसरी अख्तियारले मुद्धा चलाएपछि दिनेशचन्द्र प्याकुरेल पूर्वसचिव,नासु केदारनाथ ढुंगाना, प्रेमलाल चौधरी र सानु बन,रामबहादुर पाण्डे,
युक्तप्रसाद श्रेष्ठ र हरिप्रसाद आचार्यहरुले आत्महत्याको बाटो रोजेका छन् ।

बिज्ञापन

हालैमात्र अख्तियारले मुद्धा चलाएर विशेषबाट भ्रष्टाचारी ठहर भएका उपसचिवले आत्महत्याको बाटो रोजे । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरको लोकन्थलीस्थित आफ्नो घरमा अस्ति मृत भेटिएका हुन् ।
अघिल्लो दिन अर्थात बुधबारमात्र विशेषले ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवाना असुलको फैसला सुनाएको थियो। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित चार जना दोषी ठहर भएका थिए । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थियो।

अख्तियारले २०८० वैशाख ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले यही जेठ ८ गते फैसला सुनाएको हो । निलम्बनमा परेका पोखरेल मुद्दा दायर गर्नुअघि वन तया वातावरण मन्त्रालयमा कार्यरत थिए । बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी ९ जनामाथि अख्तियारले मुद्दा दायर गरेको थियो ।

अख्तियारले मुद्दाको संख्या पु¥याउने नाममा परेका उजुरीको राम्रोसँग छानवीन नगर्दा के हुन्छ भन्ने कुरा कतिपय माथिका घटनाक्रमले देखाउँछ । त्यसमाथि मुद्दाको पसल थापेर एउटा सामान्य मुद्दालाई वर्षौं तन्काउने, बजारभरि बिचौलिया छाडेर रकम असुली गर्ने नियतमा अदालत लागेपछि ज्यालादारी जिन्दगी गुजारेका मान्छेहरू के भए होलान् ? कल्पनामात्रै गर्न सकिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेयरका स्वकीयबाट कार्यकक्षमै कुटिए प्रमुख प्रशासकीय अधिकृत,सुरक्षाको प्रत्याभुत नभएसम्म सबै सेवा ठप्प

पाँच दिन पछि खुल्यो पालिका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला

१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नगर्न अर्थ मन्त्रालयको परिपत्र

धमाधम हटाइँदै करारका कर्मचारी

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

रुपन्देहीमा सशस्त्र प्रहरीको दृढ उपस्थिति: सीमासुरक्षा, लागुऔषध नियन्त्रण र राजस्व सुरक्षा एकैसाथ

बिशेष