हाल नेपालको संबैधानिक ब्यबस्था अनुसार संघ, प्रदेश र स्थानिय तहहरु क्रियाशिल रहेकोमा प्रत्यक्ष जनताका समस्या र सवालहरुसँग साझेदारी गर्ने निकाय स्थानिय तह नै हो ।गाउँगाउँको सिंहदरवारका रुपमा मानिएको स्थानिय तहले संघियताको औचित्य पुष्टि गर्ने एकमात्र साधनको रुपमा काम गर्नसक्ने गरी संवैधानिक दायित्व र अधिकारहरु प्रदान गरीएको छ । तर बिकृत राजनितिक संस्कार र प्रकृयामुखि र उत्पेरणाबिहिन कर्मचारीतन्त्रको कारण धेरै स्थानिय तहहरुको कामले लोक नै लजाउनुपर्ने र यो ब्यबस्थाको मुल मर्ममाथि नै प्रश्न उठिरहेको अवस्था पनि देखिन्छ । स्थानिय तहको कामको प्रभावकारिताबारे कतै तिर भने नविन आशाको दियो जगाउने कामहरु पनि भएका छन ।
बिज्ञापन
कपुरकोट गाउँपालिका सल्यान, त्यस्तै एक पालिका हो ,जहाँ सुशासन प्रर्वद्धन र स्थानीय तहको साख बढाउन बिभिन्न नविन कार्यहरु प्रारम्भ भएका छन। जनताका प्रत्यक्ष बिकास न्याय सुशासन र जनअधिकारको सरोकारहरुमा यस पालिकाको भुमिका प्रभावकारी देखिएको छ । आ. व. २०७९/८० को समग्र कार्यसम्पादनमा सल्यान जिल्लामा सर्वोत्कृष्ट यो पालिकाले आ. व. २०८१/८२ को लागि जिल्लामा सवैभन्दा बढि कार्यसम्पादनमा आधारित समानिकरण अनुदान प्राप्त गर्ने भएको छ ।त्यस्तै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा ८८ दशमलव २५ अंकसहित जिल्ला प्रथम र स्थानिय तह बित्तिय जोखिम मुल्यांकनमा सल्यान जिल्ला र कर्णाली प्रदेशमा प्रथम र नेपालभरमै तेस्रो हुन सफल भएर १०० अंकमा कुल ९७ अंक यस पालिकाले प्राप्त गरेको छ । यस पालिकाले स्थानिय तहमार्फत नविन आशा देखाउने खालका तपशिलका नविन कार्यहरुको सुरुवात गरेको छ ।
बिज्ञापन
१) नागरिक सन्तुष्टि सर्वेक्षण : सुशासनको उच्चतम बिधिको प्रयोग
– प्रत्येक तीन तीन महिनामा कर्मचारी र जनप्रतिनिधिहरु नागरिकको घरदैलोमा गएर सन्तुष्टि सर्वेक्षण गरिने
– सन्तुष्टि सर्वेक्षण प्रश्नावली तयार पारेर कार्यपालिकामा छलफल गरिने
– यसको प्रयोगपछि सेवाप्रवाहमा सुधार भएको प्रत्यक्ष अनुभुति भएको
२) बालबिवाह न्युनिकरण गर्न बिवाहपुर्व वडाको सिफारिस लिनुपर्ने ब्यबस्था
अत्यधिक बालबिबाह सचेतनामार्फत मात्र न्युनिकरण नभएपछी पालिकाले २०७९ फाल्गुण १५ देखि यो ब्यबस्था लागु गरेको छ । यो ब्यबस्था अनुसार हालसम्ममा १०० भन्दा बढी उमेर पुगेका जोडिहरुले बिबाहको सुभकामना सहितको सिफारिस लिएका छन भने १ दर्जन बढी बालबिवाहहरु यस प्रकृयामा जाँदा रोकिएका छन ।हाल यो कार्यक्रम अत्यधिक लोकप्रिय भइरहेको छ ।
बिज्ञापन
३) बिबिध १८ वटा गतिबिधिहरु समेटेर कपुरकोट जागरण अभियान सुरु
यस अभियान अन्तर्गत तपशिलका बिषयहरुमा एकिकृत अभियानहरु चलाउदै यो आव २०८०।८१ बर्षलाई पालिकाले कपुरकोट जागरण अभियान बर्षका रुपमा मनाइरहेको छ ।र तपशिलमा उल्लेखित कार्यहरुको सञ्चालनबाट यो अभियान एकदमै प्रभावकारी भएको पाइएको छ ।
कपुरकोट जागरण अभियान अन्तर्गत गरिने कार्यहरू
१.मौलिक संस्कृति, वाजा, नृत्य, संगीत परम्पराको संरक्षण अभियान ।
२.किसान, मजदुर, युवा, महिला र लक्षित वर्गमा क्षमता विकास कार्यक्रम ।
३.सबै प्रकारका विभेद र गलत सामाजिक प्रथा तथा संस्कारहरुको न्यूनीकरण गर्न विशेष कार्यक्रम
४.टोल विकास संस्था, सामाजिक संघ संस्था, बन उपभोक्ता समिति, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य व्यवस्थापन समिति, अपाङ्ग, दलित र जनजातिहरुका संस्थाहरु, आमा समुह, युवा क्लव, बाल क्लवहरु लगायतका संस्थाहरुको शसक्तीकरण र आफ्नो गाउँ आफै बनाउ अभियानमा परिचालन ।
५.गरिवी न्यूनिकरण, बाल विवाह न्यूनिकरण, सकारात्मक सोचको विकास, मनोपरामर्श, करियर योजना र सिप विकासका लागि विविध कार्यक्रमहरु ।
६.पूर्ण सरसफाई उन्मूख पालिका, पूर्ण सुरक्षित आवास र खानेपानी, उज्यालो कपुरकोट, सरकारी शिक्षा र स्वास्थ्यको गुणस्तरमा सुधार, पूर्वाधार सुदृढीकरण कार्यक्रम ।
७.योजनावद्ध विकास, नागरिक सन्तुष्टि सर्वेक्षण, चुस्त, पारदर्र्शी सार्वजनिक सेवा र सेवा प्रवाहमा प्रविधिको अधिकतम उपयोग ।
८.कृषिमा न्यूनतम समर्थन मूल्य, उत्पादनमा आधारित कृषक उपदान, कृषि एम्बुलेन्स, कपुरकोट तरकारी ब्राण्ड र मूख्य बजारमा स्टल मार्फत बजारीकरण र कृषि मार्फत जीवनस्तर सुधार ।
९.सार्वजनिक सुनुवाई, सामाजिक जनलेखा परिक्षण, सेवाग्राही र जनप्रतिनिधी विच अन्तरसंवाद कार्यक्रम ।
१० विकास निर्माण र सार्वजनिक स्थानहरुको संरक्षण, सम्वद्र्धनका लागि जनश्रम अभियान ।
११ सामाजिक सुरक्षा भत्ता वडातहमा वितरण तथा जेष्ठ नागरिक उपचार कार्यक्रम र आयुर्वेदिक गाउँघर क्लिनिक र योग शिविर सञ्चालन अभियान ।
१२.युवाका लागि लोकसेवा कक्षा तयारी गाउँपालिका अध्यक्ष कप वडा अध्यक्षकप र राष्ट्रपति रनिङ शील्ड लगायतका विविध मेला महोत्सवमा खेलकुद प्रतियोगिता संचालन र खेलाडी प्रोत्साहन कार्यक्रम ।
१३.न्यायिक अभिमूखिकरण न्यायिक निरुपन वडा वडामा र मेलमिलाप कर्ताहरुको निर्माण र परिचालन अभियान ।
१४.कर्मचारी र जनप्रतिनिधिहरुको क्षमता बिकास गरि सेवा प्रवाहको गुणस्तरमा सुधार अभियान
१५.धनवाङ स्वास्थ्य चौकीमा आधुनिक ल्यावको सञ्चालन चौविसै घन्टा आधारभुत सेवा र एम्बुलेन्स सेवाको कुशल व्यवस्थापन ।
१६.विद्यालय केन्द्रीत सिप विकास कक्षा मार्फत आधारभुत पुर्वाधार सुदृढिकरण अभियान
१७. विद्यालय र स्वास्थ्य संस्थाहरुमा विशेष सौन्दर्यकरण अभियान ।
१८ अध्यक्षसँग लक्षित वर्ग कार्यक्रम, उपाध्यक्षसँग आमा दिदिबहिनी कार्यक्रम, उपाध्यक्षसँग पोषण कोसेली, वडा अध्यक्षसँग आमा दिदिबहिनी लगायतका विविध अभियानहरु
४) निशुल्क लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षा
– बिबिध कारणले शहरमा गएर शिक्षक सेवा र लोकसेवा आयोग तयारि गर्न नसक्ने युवाहरुको लागि सहायकस्तर चौथों र पाँचौं तथा निमावि र प्रावि शिक्षकको पहिलो पत्रको भौतिक तथा अनलाइन मार्फत निशुल्क आयोग तयारी कक्षा गत बर्षदेखि संचालन भइरहेको
– काठमाडौका इन्स्टुच्युट सरहैको पृष्ठपोषण कक्षा र शिक्षण सामाग्रीहरु उपलब्ध
– गत बर्ष १०० जनाभन्दा बढि लाभान्वित र २ जना पुर्ण र ८ जना आंशिक रुपमा सफल भएका र यो बर्ष ७० जनाले कक्षा लिनुभएको
५) मिनि कृषि ल्याव र स्थलगत कृषक तालिम
– कपुरकोटमा माटो परीक्षण र रोग किरा पहिचानका लागि मिनि कृषि ल्याव स्थापना भएको जसबाट किसानहरुलाई प्रत्यक्ष सहयोग पुग्ने अबस्था
– कृषि अधिकृतको पदपुर्ति गरि ल्याव संचालन तथा कृषक परामर्श सेवा सुरु भएको
६) कपुरकोट गतिविधि कार्यक्रम
– सम्पुर्ण शाखा इकाई र जनप्रतिनिधिको काम कर्तब्य र जनताका गुणासो समेटेर दाङ, सल्यान र रोल्पाकाबाट प्रशारण हुने ७ वटा स्थानिय रेडियोबाट रेडियो कार्यक्रम प्रशारण
७) शुन्य बेरुजु अभियान
बेरुजु फर्स्योट उपसमिति गठन गरी हालसम्मको सबै बेरुजु फस्योट गर्न आबश्यक तयारी भएको
८) फोहोरमैला ब्यबस्थापन,बिपद प्रतिकार्य योजना र गाउँप्रहरी
– गाउँप्रहरी वल गठन गरी शान्ति सुरक्षा, बिपदउद्दार तथा पुनस्थापनामा , राजश्व संकलन तथा फोहोरमैला ब्यबस्थापनमा परिचालन गरिएको
– पालिकामा ५३ जना सामुदायिक बिपद उदारकर्ता स्वयंमसेवकलाई तालिम दिएर परिचालन गरिएको
९) डिजिटल कपुरकोट गाउँपालिका
– हाजिर रजिष्टर फ्रि कार्यालय
– राजश्व योजना सिफारीसमा अनलाइन प्रणाली
– सिसिटिभि सर्किटमार्फत कलोज्ड प्रणाली बन्दै
– पालिकाको बेभसाइट र फेसबुक पेज सक्रिय बनाइएको
१०) उज्यालो कपुरकोट अभियान
– आगामि बर्षभित्र सम्पुर्ण घरधुरीमा बत्ति बाल्न बिधुत प्राधिकरणसँगको साझेदारीको योजना अन्तिम चरणमा
– एक बर्षमा २० प्रतिशत घरधुरिमा बिधुत बिस्तार भएको र आगामी बर्षमा पुर्ण बिधुतिकरण हुने अवस्था रहेको
११) खरको छानामुक्त पालिका अभियान
– जम्मा ४५७ खरको छाना भएका घरमध्ये यो बर्ष २०० घरमा टिनको छाना लगाइदै
– आगामी २ बर्षभित्र खरको छानामुक्त पालिका बनाइने गरि कार्यक्रम संचालन भइरहेको
१२) एकीकृत कृषि उपज बजार, कृषि एम्बुलेन्स, चिस्यान केन्द्र र शहरमा स्टल
– कपुरकोट बजारमा एकिकृत ब्यबस्थापन समिति गठन गरी हलहले र शितलबजारमा सहायक कृषि बजारको स्थापना
– सिजनमा ६ दिन हाटबजार संचाल्न हुने
– कपुरकोटमा कोशेली घर संचालन गरिने
– कृषक चौतारीमार्फत सबै तहका किसान, ब्यापारी र उपभोक्तालाई बजार खुला
– फलफुल र आलुको लागि (हाइब्रिड कोल्ड स्टोर) निर्माण
– पोखरा ,बुटवल, अतरिया र कोहलपुरमा कपुरकोट स्टल निर्माणको तयारी
– आगामी बर्षदेखि २ वटा कृषि एम्बुलेन्स संचालन हुने
१३) कृषिमा न्युनतम समर्थन मुल्य कोष उत्पादनमा आधारमा अनुदान
– बन्दा र काउलीमा न्युनतम समर्थन मुल्य तोकेर किसानहरुलाई नोक्सानिमा नजाने सुनिश्चितता गरिने
– कृषि अनुदानमा भएको दुरुपयोग रोक्न उत्पादनमा आधारमा अनुदान प्रणाली लागु गरिने
१४) बहुपक्षिय बृहत कृषि अन्तरकृया
– सल्यानका १० पालिका, रोल्पाका २ पालिका र सम्बद सबै सरोकारवालाहरुको सहभागितामा कपुरकोटमा बृहत कृषि अन्तरकृया
– १२ बुदे प्रतिबदतापत्रमा हस्ताक्षर
– कृषी नितिको दिशानिर्देश गर्ने महत्वपुर्ण दस्तावेज निर्माण भएको
१५) कपुरकोट दर्पण र आठ हजारी झ्याङ्गा पुस्तक प्रकाशन
– गाउपालिकाको समग्र बिषयलाई अभिलेखिकरण
– स्थानिय पाठ्यक्रमलाई सहयोगि पुस्तक
– लोप भइसकेको झ्याङगालाई जगेर्ना गर्ने कोशिस
१६) उत्कृष्ट किसान, कर्मचारी ,बिध्यार्थी ,शिक्षक र बिद्यालयलाई सम्मान कार्यक्रम
– कृषि र पशुपंक्षिपालन तर्फका ५/५ जना,पालिकास्तरिय उत्कृष्ट किसानलाई नगद पुरस्कार सहित सम्मान
– काउली,बन्दा र टमाटर खेतितर्फ प्रत्येक वडाबाट ३/३ जना उत्कृष्ट उत्पादक किसानलाई पुरस्कृत
– बिभिन्न सेवा र क्षेत्रबाट आव २०७९/८० मा उत्कृष्ट कार्यसम्पादन गर्ने १० र २ जना अनुशासित कर्मचारीलाई पुरस्कृत
– आगामी कक्षा ५ र ८ को एकीकृत परीक्षाको नतिजाको आधारमा उत्कृष्ट बिध्यार्थी शिक्षक र बिध्यालयलाई सम्मानित गरिने
१७) बृहत साँस्कृतिक प्रदर्शनी
– लोपोन्मुख सोरठी र पैसेरु लगायतका मौलिक संस्कृतिको संरक्षणको लागि बृहत प्रदशनि र प्रोत्साहन कार्यक्रम र बिज्ञमार्फत मौलिकताको परिक्षण र पृष्ठपोषण
– नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग आबद्द गर्न र परम्परागत मेला र जात्राहरुको संरक्षण अभियान बृहत रुपमा संचालन गरिएको
१८) कपुरकोटमा ५ शैयाको आधारभुत अस्पताल संचालन
–विद्यमान धनवाङ स्वास्थ्य चौकी र मौजुदा जनशक्तिको परिचालन गरेर ५ शैयाको अस्पताल संचालन
– मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवा ,अस्पतालको आफ्नै फार्मेसि र आधुनिक ल्याव संचालनमा
– १५ शैया अस्पतालको पुर्व अभ्यास
१९) शैक्षिक गुणस्तरका लागि गेष्ट कक्षा
– पाठ्यक्रमले नसमेटेका बिषयमा बिभिन्न पेशागत अनुभव र दक्षता भएका ब्यक्तिबाट कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीहरुको लागि अतिथि कक्षा
– करियर काउन्सेलिङ, उत्पेरणा र अनुभव आदानप्रदान
-विद्यार्थीलाई भविष्यको योजना बनाउन सहज
२०) पढ्दै सिक्दै कमाउदै कार्यक्रम : नेपालको शिक्षा प्रणालीमा नयाँ प्रयोग
– ४ वटा माध्यमिक बिध्यालका ९-१२ कक्षाका विद्यार्थीलाई आधारभुत प्लम्विङ हाउसवायरिङ र स्यानिटेशन , पेन्टिङ डिजाइन र भुकम्पप्रतिरोधी संरचना निर्माणको डकर्मी तालिम संचालन
– तालिम पछि लघु उद्यम बिकास कार्यक्रमसँग जोडेर उद्दमि निर्माण गरी प्रबिधि हस्तान्तरण र सार्वजनिक कार्यमा रोजगारी दिइने
– सैद्धान्तिक भन्दा व्यवहारिक अभ्यासमा जोड
– लेभल २ को सिप परिक्षणमा योग्य हुनेगरी १०६ जना विध्यार्थिहरुलाई अर्धदक्ष जनशक्ती बनाउन सफल
– उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालयको साझेदारी
२१) जागरण गितमार्फत सचेतना : भाषणदेखि वाक्क जनतालाई फरक स्वाद
– सबै प्रकारका बिभेद ,कुसंस्कार र सामाजिक समस्याहरुको न्युनिकरणको संदेश बोकेको जागरण गित निर्माण
– भिडीयो छायांकन समेत जोडिने
– सम्पुर्ण पालिकाका कार्यक्रमहरु सुरु हुनुपुर्व अनिवार्य जागरण गित बजाइने
२२) योजना ब्यबस्थापनमा नविन प्रणालीको अभ्यास
– योजनाको कार्यान्वयन अनुगमन र दिगोपनामा टोल बिकास सँस्थाको सक्रिय परिचालन
– ७ दिने भुक्तानी पुर्व दावि बिरोधको सुचना
– योजना जाँचपास तथा फरफारक समिति सकृय
– एकिकृत योजना अनुगमन
– एकीकृत योजना निर्माण
– सडक निर्माण कार्यमा उपभोक्ता समितिमार्फत कार्य गर्न रोक
– साझेदारीमा प्रधानमन्त्री रोजगार कार्यक्रम
२३) आवधिक योजना र मध्यमकालिन खर्च संरचनामार्फत योजनाबद्द बिकास
– पहिलो पञ्चवर्षिय आबधिक योजना (२०८०।८१- २०८४/८५) स्विकृत भएर लागु भएको
– पहिलो त्रिवर्षिय मध्यमकालिन खर्च संरचना (२०८०/८१- २०८२/८३) स्विकृत भएर लागु भएको
– राजश्व सुधार कार्ययोजना (२०७९/८०- २०८३।८४) स्विकृत भएर लागु भएको
– पञ्चबर्षिय गाउँ शिक्षा योजना (२०८०/८१- २०८४/८५) स्विकृत भएर लागु भएको
उल्लेखित कार्यहरु सुरुवात र कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीहरुको एकता र सकारात्मक सोंच जरुरी पर्दछ भने प्रशासनिक र राजनैतिक नेतृत्वले स्वार्थबिहिन रुपले दृष्टकोण अगाडि सारेर सबैलाई बिश्वासमा लिएर अगाडी बढ्न सकेमा स्थानिय तहमार्फत समाजमा सुशासन ,पारदर्शिता र आशाको किरण छर्न सकिने कुरामा प्रशस्तै आधारहरु देखिन्छन ।