२० उपसचिवको पदस्थापन,१६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ४९ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ । जसमध्ये २९ जनाको पदस्थापन र बाँकी २० जनाको सरुवा गरेको मन्त्रालयले जनाएको छ । पदस्थापनको सूची अनुसार,१६ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएर विभिन्न स्थानीय तहमा खटाइएको छ भने दुईलाई गृह,एक निर्वाचन आयोग र अर्काे एकलाई भूमि व्यवस्था मन्त्रालयमा पठाइएको छ ।

बिज्ञापन

हालैमात्र अधिकृतबाट उपसचिवमा बढुवा भएका २० उपसचिवमध्ये पितानात लुइटेललाई कोल्हवी नगरपालिका,बारा खटाइएको छ भने सुरज श्रेष्ठलाई कनकाई नगरपालिका,झापा पठाइएको छ । यस्तै धनेश्वर पौडेल राइनास नगरपालिकामा पदस्थापन भएका छन् । सूची अनुसार गणेशबहादुर कटवाललाई बराहक्षेत्र नगरपालिका सुनसरी,खेमराज देवकोटा कृष्णनगर नगरपालिका,कुमार भट्टराई ईशनाथ नगरपालिका,पोषण लामिछानेलाई चौतारा साँगाचोकगढी नगरपालिकामा पदस्थापन गरिएको छ ।
यस्तै,देवराज चौलागाई बेलकोटगढी नगरपालिका,नुवाकोट पुगेका छन् भने हरिप्रसाद ढकाललाई निर्वाचन आयोग अन्र्तगत पदस्थापन गरिएको छ ।बाबुराम पल्ली रेसुगा नगरपालिका,दिपक कुमार निरौलालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय,सन्धिखर्क नगरपालिकामा मदन जिसीमहेश बहादुर वमलाई भिमदत्त नगरपालिका,कञ्चनपुरमा खटाइएको छ ।
विष्णु सुवेदीलाई दुधौली नगरपालिका,सिन्धुलीमा पदस्थापन हुँदा जयकान्त झाले लाहानमा पोष्टिग पाएका छन् । जितेन्द्रकुमार यादव गृह मन्त्रालय वा अन्तरगत,लोकमान श्रेष्ठलाई गृहमै खटाइँदा सविन सिंह सुरुगा,सिकेन्द्र प्रसाद साह हरिपूर्वा र हरि किशोर प्रसाद चन्द्रवंशीलाई पर्सागढी नगरपालिका पर्सामा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष