२० उपसचिवको पदस्थापन,१६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ४९ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ । जसमध्ये २९ जनाको पदस्थापन र बाँकी २० जनाको सरुवा गरेको मन्त्रालयले जनाएको छ । पदस्थापनको सूची अनुसार,१६ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएर विभिन्न स्थानीय तहमा खटाइएको छ भने दुईलाई गृह,एक निर्वाचन आयोग र अर्काे एकलाई भूमि व्यवस्था मन्त्रालयमा पठाइएको छ ।

बिज्ञापन

हालैमात्र अधिकृतबाट उपसचिवमा बढुवा भएका २० उपसचिवमध्ये पितानात लुइटेललाई कोल्हवी नगरपालिका,बारा खटाइएको छ भने सुरज श्रेष्ठलाई कनकाई नगरपालिका,झापा पठाइएको छ । यस्तै धनेश्वर पौडेल राइनास नगरपालिकामा पदस्थापन भएका छन् । सूची अनुसार गणेशबहादुर कटवाललाई बराहक्षेत्र नगरपालिका सुनसरी,खेमराज देवकोटा कृष्णनगर नगरपालिका,कुमार भट्टराई ईशनाथ नगरपालिका,पोषण लामिछानेलाई चौतारा साँगाचोकगढी नगरपालिकामा पदस्थापन गरिएको छ ।
यस्तै,देवराज चौलागाई बेलकोटगढी नगरपालिका,नुवाकोट पुगेका छन् भने हरिप्रसाद ढकाललाई निर्वाचन आयोग अन्र्तगत पदस्थापन गरिएको छ ।बाबुराम पल्ली रेसुगा नगरपालिका,दिपक कुमार निरौलालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय,सन्धिखर्क नगरपालिकामा मदन जिसीमहेश बहादुर वमलाई भिमदत्त नगरपालिका,कञ्चनपुरमा खटाइएको छ ।
विष्णु सुवेदीलाई दुधौली नगरपालिका,सिन्धुलीमा पदस्थापन हुँदा जयकान्त झाले लाहानमा पोष्टिग पाएका छन् । जितेन्द्रकुमार यादव गृह मन्त्रालय वा अन्तरगत,लोकमान श्रेष्ठलाई गृहमै खटाइँदा सविन सिंह सुरुगा,सिकेन्द्र प्रसाद साह हरिपूर्वा र हरि किशोर प्रसाद चन्द्रवंशीलाई पर्सागढी नगरपालिका पर्सामा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् धादिङ बस दुर्घटनाका २८ घाइते [नामावलीसहित]

धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १७ यात्रुको मृत्यु, केहीको उद्धार हुँदै

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन :- ‘भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नुहोस्’

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

बिशेष