अन्तराष्ट्रिय श्रमिक दिवस र यसको औचित्यता

१९ औँ शताब्दिको औद्योगिकीकरणमा यूरोपका उद्योगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरीरहेको कहालीलाग्दो परिस्थितिका दावजुद त्यहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रम ज्याला, उचित विदा ,सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोस गरेका थिए । आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हकहितको प्रबर्द्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकागो शहरमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो।सिकागोको हेय मार्केट भन्ने ठाउँमा यही माग सहीतको श्रमीकहरूको शान्तिपूर्ण प्रर्दशनकारीहरू माथी गोली चलाउंदा थुप्रै प्रदशनकारीको हत्या भयो र ४ में का दिन आक्रोसित प्रर्दशनकारीद्वारा बम विष्फोट गर्दा ४ प्रहरी सहीत ७ जनाको मृत्यु भयो, त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो । यसकै ३ वर्षपछी फ्रेन्च सोसाइलिस्ट पाटीले मे १ लाई श्रमीकहरु एकीकृत हुने घोषणा गरेको दिन लाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ।

बिज्ञापन

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापना हुनुअघि मजदुरलाई वस्तुको रूपमा हेरिन्थ्यो। त्यतिबेला कमभन्दा कम तलब दिइन्थ्यो। ज्याला, तलब दिने प्रचलन १९ औ शताब्दीपछि सुरु भएको हो। मजदुरसँग आश्रित परिवारलाई बेवास्ता गरिन्थ्यो। एउटा वर्गले अर्को वर्गमाथि शोषण गरेको अवस्था विधमान थियो।सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापना भयो। आइएलएलोले आफ्नो स्थापनाकालदेखि नै श्रमिकहरूको हकअधिकारका लागि काम गर्दै आएको छ। विश्वका धेरै मुलुक आर्थिक समृद्धितर्फ लागेपछि श्रम क्षेत्र विस्तार हुँदै गयो। श्रमबजारमा श्रमिकको माग बढ्दै गयो।विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।

बिज्ञापन

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको पाइन्छ । सबै प्रकारका श्रमिकको हक अधिकार सुरक्षित गरिनु यस दिवसको मूल उद्देश्य हो ।

नेपालको सन्दर्भमा कुरा गर्दा नेपालमा श्रम बहसको इतिहास त्यति लामो छैन। वि.सं. १९१० सालको ऐनभन्दा पहिले हिन्दु शास्त्रसम्मत नियम थियो। त्यतिबेला खेतीपाती, पशुपालन गर्ने नोकर हुन्थे। उनीहरूलाई तलब दिँदा जिन्सी, अनपात दिने चलन थियो।वि.सं १९१० को मुलुकी ऐनअन्तर्गत खेताला, भरियालाई रोजको १० पैसाका दरले ज्याला दिने, कैदीलाई सडक खन्याउन लगाउँदा ६ पैसा ज्याला दिने, कर्मचारी, जंगी, गैर जागिरदारका लागि ज्याला व्यवस्था गरिएको थियो। २००७ सालको संविधानमा मजदुर, स्त्रीलाई बलपूर्वक, बालबालिकालाई कलिलो उमेरलाई दुरूप्रयोग गर्नु नहुने जस्ता कुरा राज्यको नीति निर्देशक सिद्धान्तअन्र्तगत राखिएको थियो।

बिज्ञापन

नेपाल सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य भएदेखि नै औपचारिक रूपमा आइएलएलोसँग आबद्ध छ। श्रम गरी आफ्नो जीविकोपार्जन गर्ने हरेक व्यक्ति श्रमिक हुन्। नेपालको संविधानले व्याख्या गरेअनुसार श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर सम्झनुपर्दछ भनी परिभाष गरेको छ ।नेपालको अन्तरिम संविधान २०६३ अन्तर्गत सबै नागरिकका लागि मौलिक अधिकार प्रत्याभूत भएअनुरूप नेपाली श्रमिक वा कामदारको हकलाई पनि संरक्षण गरेको पाइन्छ। श्रम ऐन २०४८ ले पनि कामदार वा श्रमिकको लागि विभिन्न व्यवस्था गरेको छ।हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हकअधिकार प्रवद्र्धनका निम्ति काम गर्दै आएको थियो। हाल सरकारले ल्याएको श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

नेपालको संविधान २०७२ को धारा ३३ ले रोजगारको हक र धारा ३४ले श्रमको हक हुने उल्लेख पनि गरेको छ। राज्यले प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चितता गरेको छ। श्रमको उचित मूल्य दिनुपर्ने भनेको छ। कुनै पनि मानिसले आफ्नो क्षमता र दक्षता अनुसारको रोजगार छनोट गर्न पाउने अधिकार सबैलाई रहेको छ। नेपालको प्रचलित कानुनको अधिनमा रही स्वतन्त्रताका साथ काम गर्न कसैले बाधा पु¥याउन पाइने छैन।समान कामका लागि समान ज्यालाको सिद्धान्तमा रही हरेक रोजगारदाताले समान कामका लागि पारिश्रमिक भेदभाव गर्न नहुने कुरा उल्लेख गरेको छ। यति नियम तथा कानुन बने पनि श्रमिकको अवस्था उस्तै छ। आज पनि लाखौं युवा खाडी मुलुकमा काम गर्न बाध्य छन्।

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिेको छ ।

औद्योगिक विकास दिगो आर्थिक विकासका साथै आत्मनिर्भर अर्थतन्त्रको आधार हो । यो विकसित देशको अनुभवले प्रमाणित गरेको छ । विगत पञ्चायतकालमा पनि औद्योगिकीकरणको गति सन्तोषजनक थिएन । लोकतान्त्रिक सरकारले उद्योगमैत्री नीति तर्जुमा र कार्यान्वयन गरे पनि सन् १९९० पछि पनि औद्योगिक लगानी (स्वदेशी तथा विदेशी) आकर्षित गर्न धेरै औद्योगिक एकाइ स्थापना भएका छन ।

उद्योग प्रतिष्ठानमा सुरक्षित कार्य तथा कार्यावस्थाको प्रवद्र्धन र संरक्षणलाई औद्योगिक व्यवसायको समपूरक आधारभूत पक्षको रूपमा विकसित गर्नुपर्ने आवश्यकता दृष्टिगत गरी २०५२ सालमा ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी आयोजनाको स्थापना गरेको र यस आयोजनालाई नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०७५ असार ३२ को निर्णयानुसार व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका रूपमा रहने गरी २०७५ साउन १ गतेदेखि स्थायी सङ्गठन संरचना स्वीकृत भएको हो ।

विदेशमा गरेको श्रमबाटै आउने विपे्रषणले नेपालको अर्थतन्त्रमा टेवा पुगेको छ । यस अर्थमा हामीले लगाएको, खाएको, बोकेको मोबाइल अनि देश चलेको करमध्येको अधिकांश हिस्सा तिनै श्रमिक दाजुभाइको पसिनाको उपज हो । सरकारले अनगिन्ती प्रयास गर्दागर्दै पनि वैदैशिक रोजगार सहज हुन सकेको छैन ।

नेपालको संविधान र प्रचलित ऐनकानुनमा उल्लिखित कानुनी प्रावधानअनुरूप श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई सुमधुर तुल्याउन एवं सामाजिक सुरक्षण कोषमा सञ्चित रकम श्रमिकको हित र दक्षता अभिवृद्धिमा समेत उपयोग गर्ने वातावरण बनाउन सरोकारवाला सबै सक्रिय हुनुपर्छ । आजको यस ऐतिहासिक दिनले सरकार, श्रमिक, उपभोक्ता र रोजगारदातामा मुलुकको आर्थिक विकासतर्फ अग्रसर हुन नयाँ चेतना प्रवाह हुनेसमेत अपेक्षा राख्नुपर्छ । काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवसले, लचिलोपनका लागि राष्ट्रिय व्यावसायिक सुरक्षा र स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्ने कार्यमा पक्कै मदत पुरयाउने छ । मजदुरलाई लाग्छ– आफूसँग उच्च शिक्षाको प्रमाणपत्र छैन । त्यसैले उनीहरूले कुनै ठूलो चिज, व्यवसाय वा जागिर गर्न सक्दैनन् जसले उनीहरूको जीवनलाई फरक तरिकाले डो¥याउँछन् तर यो सोचाइ गलत छ । शिक्षा प्राप्त गर्न वा केही सिक्न कहिले ढिलो हुँदैन । श्रमले कुनै मानिसलाई अपमान गर्दैन, दुर्भाग्यवश, तपाईं कहिलेकाहीँ पुरुष भेट्टाउनुहुन्छ जसले श्रमको अपमान गर्छ । उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई संविधानले ग्यारेन्टी गरेको छ ।

श्रमिकको व्यावसायिक तथा पेसागत हकहित संरक्षण र संवद्र्धन गर्न ट्रेड ऐन, २०४९ लागू गरिएको छ । निजामती सेवा ऐन २०४९ ले पनि ट्रेड युनियनको अधिकारलाई कानुनी रूपमा थप संस्थागत गरेको छ । कर्मचारीको पेसागत हकहित र सुरक्षाका लागि आधिकारिक ट्रेड युनियन खडा गरिएको छ । आईएलओ महासन्धिलाई नेपालले अनुमोदन गरेको छ । संस्थागत रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रबन्ध गरिएको छ ।सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकले अब उप्रान्त औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र असक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत आर्थिक सहायता प्राप्त गर्नेछन ।

अन्त्यमा, आफ्नो रगत, पसिना र श्रम बेचेर मेहनतको कमाई खाने श्रमिकको पर्वको रूपमा रहेको श्रमिक दिवस श्रमिकको हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रूपमा बुलन्द गरी विश्वभरका श्रमिकलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने र सम्पूर्ण श्रमिकहहरुको एकता, वीरता र संघर्षको प्रतीकको रुपमा मनाउन आवश्यक छ । पूँजीपति वर्गद्वारा मजदुरलाई मेसिन झै चौबिसै घण्टा काममा लगाउने र अत्यन्त न्यून पारिश्रमिक दिई अमानवीय व्यवहार गर्ने परिपाटीका विरुद्ध सङ्गठित भएको ट्रेड युनियन आन्दोलनलाई मे दिवसका दिन विशेष पर्वका रुपमा मनाउन आवश्यक छ । ट्रेड युनियनहरुले मजदुरका विषयमा बोल्ने आवाज उठाउने कार्य यो दिवसका दिन मात्र नभई निरन्तर मजदुरका पक्षमा वकालत गर्न सकेमा मात्र यो दिवर मनाउनुको औचित्य रहन्छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।