तेश्रो लगानी सम्मेलनमा सहभागी हुन पुगेका सरकारका सचिवले बस्ने कुर्सी नै नपाएको खबर छ ।
बिज्ञापन
लगानी सम्मेलमा सहभागी हुन पुगेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव गणेश पाण्डेले सोल्टी होटलमा आयोजित कार्यक्रममा बस्ने कुर्सी नै नपाएपछि उनी त्यहाँबाट फर्किनु परेको खबर छ ।पाण्डे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रशासन, नतिजा व्यवस्थापन, राष्ट्रिय सुरक्षा तथा सुशासन महाशाखा हेर्दै आएका छन् । आज र भोलिसम्म दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डे होटल सोल्टीमा पुगेका थिए । त्यहाँ पुगेका सचिव पाण्डे लगायत नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिनाले समेत बस्ने ठाँउ नपाएपछि उभिएरै हलमा अर्थमन्त्री बर्षमान पुनको मन्तव्य सुनेर फर्किएकी हुन ।आयोजकका कमजोर व्यवस्थापनका कारण सरकारका प्रशासक,नेपाल राष्ट्र बैंकका उपल्ला तहका कर्मचारीहरुले नै त्यहाँ बस्ने कुर्सी नपाएका कारण हलमै उभिएरै प्रधानमन्त्री तथा मन्त्रीहरुको मन्तव्य सुनेर फर्किएका थिए ।
बिज्ञापन
कार्यक्रममा सहभागी हुन ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका बताइएको छ । सम्मेलनका नेपालका तीन सय ८५,चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्सका १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । यस्तै पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँचरपाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चाररचार जनाको सहभागिता रहने जनाइएको छ ।सम्मेलनमा स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बिया,फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमका अलवा इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी भएको बताइएको छ ।
उद्यमी,व्यवसायी,प्रशासकहरुले खचाखच भएका हलमा सचिव पाण्डे र ढुंगानासहित धेरै भिआईपीहरुले कुर्सी पाएनन् । आयोजकको केही कमजोरीका कारण सम्मेलनमा सहभागी हुने धेरै सास्ती खेप्नु परेको छ ।
बिज्ञापन
कार्यक्रमको उद्घाटन शर्तमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्तालाई दोहोरो करबाट मुक्त रहने व्यवस्था गरिएको बताए ।
उनले विदेशी लगानीकर्ताको बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिष्पर्धात्मक कर्पोरेट करलगायतमा प्रोत्साहन प्रदान गरेको पनि बताउनुभयो । नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको र यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताए । नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले दोहोरो कर नलाग्ने व्यवस्था रहेको प्रष्ट पारेका थिए ।