लगानी सम्मेलन :- शोकेसमा प्रशासनिक प्लाजादेखि १० वटा जलविद्युत परियोजना

आजदेखि तेश्रो लगानी सम्मेलन शुरु भएको छ । लगानी सम्मेलनमा २० वटा आयोजनाका लागि लगानीकर्ताबाट आशयपत्र आह्वान गरिएको छ ।
जसमा १० वटा जलविद्युत परियोजनाका लागि लगानीतकर्ताबाट आशयपत्र आह्वान गरिएको छ । एउटा प्रशासनिक प्लाजा,दुई वटा आर्थिक क्षेत्र, धुलिखेल मेडिसिटी परियोजना,सुदूरपश्चिम सार्वजनिक यातायात परियोजनादेखि द्रुतमार्ग, हेरिटेज होटल एण्ड कल्चरल भिलेजसम्मका परियोजना शोकेसमा राखिएको छ ।

बिज्ञापन

जसरी संघीय सरकारको मन्त्रालयहरु एकै ठाँउमा रहेझैं सरकारले विभिन्न विभागहरुलाई एकै ठाँउमा रहने गरी प्रशासनिक भवन निर्माणका लागि आशयपत्र आह्वान गरिएको छ । बबरमहलमा अवस्थित ६० रोपनी जग्गामा १८ तलाको आधुनिक भवन बनाउने योजना अगाडि बढाइएको हो । ३० हजार २१ वर्गमिटरमा फैलिएको ठाउँमा एउटै भवनभित्र केन्द्रीकृत सरकारी कार्यालयहरू हुनेछन्।

बिज्ञापन

ववरमहलमा अवस्थित वन विभाग,कर कार्यालय लगायतका सरकारी कार्यालयहरु रहेको उक्त स्थानमा प्रशासनिक भवन बनाउन खोजिएको र उक्त प्रशासनिक प्लाजामा नेपाल सरकारका केन्द्रीय स्तरका सबै विभागहरु राख्न खोजिएको छ । उक्त प्रशासनिक प्लाजामा आधुनिक पूर्वाधारसहित सम्मेलन कक्षहरू, बैठक हलहरूसहित प्रशासनिक सुविधाहरू हुने बताइएको छ । यसको अवधारणा पाँच बर्ष अगाडि नै अघि बढेको भए पनि लगानीको सुनिश्चितता हुन नसक्दा अलपत्र परेको थियो । एकातिर लगानी सुनिश्चितता अर्कोतिर रहेका सरकारी कार्यालयहरुलाई कहाँ लगेर राख्ने भन्ने अन्योलताका कारण अगाडि बढ्न सकेको थिएन । विदेशी लगानी भित्र्याएर १७ तलाको आधुनिक भवन बनाउने योजना अघि सारिएको हो त्यही कारण लगानी सम्मेलनमा यस्लाई शोकेस गरिएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा १० अर्ब २० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

यस्तै,धुलिखेल मेडिसिटी परियोजनाको प्रस्तावित लागत रु ११ अर्ब रहेको छ । यस्तै सुदूरपश्चिम सार्वजनिक यातायात परियोजनाको प्रस्तावित लागत रु ३१ अर्ब १३ करोड रहेको छ ।

बिज्ञापन

दुई सय ८१ दशमलव ०४ मेगावाट उत्पादन क्षमताको नौमुरे बहुउद्देश्यीय परियोजना,एक हजार दुई सय १६ मेगावाट विद्युत् उत्पादन क्षमताको खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजनाको प्रस्तावित लागत अनुमान २ खर्ब ८९ अर्ब ७७ करोड बराबर रहेको छ। यस्तै हुम्ला कर्णाली जलविद्युत् आयोजनाको गत अनुमान रु १४ अर्ब ७० करोड बराबर गरिएको छ भने ५३ दशमलव ८५ मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको लागत रु ११ अर्ब ९० करोड बराबर छ।

पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनाको प्रस्तावित लगानी एक अर्ब ५७ करोड छ । यस्का अलवा ३० मेगावाट क्षमताको कवाडीखोला जलविद्युत् आयोजनाका लागि ६ अर्ब ४१ करोड बराबर लागत अनुमान गरिएको छ । कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजनाको कुल रु एक खर्ब ७४ अर्ब ७३ करोड बराबर लागत अनुमान गरिएको छ । यस्का अलवा ७७ दशमलव १ मेगावाटको भारबुङ जलाशययुक्त जलविद्युत् आयोजनाका लागि ८० अर्ब १२ करोड लागत अनुमान गरिएको छ ।
यस्तै ४० दशलमव २ मेगावाट क्षमताको तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजनाको कुल रु ८० अर्ब १२ करोड लागत अनुमान गरिएको छ । सुपपर बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि ७ अर्ब ३४ करोड लागत अनुमान गरिएको छ।
यस्तै पोखरा अन्तराष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्रका लागि ३ अर्ब अर्ब ७२ करोड लागत अनुकमान गरिएको छ ।

महादेव खोला जलाशय निर्माण,खानेपानी मन्त्रालयले अध्ययन गरेको यो परियोजनको अनुमानित लागत रु दुई अर्ब ४५ करोड छ । यस्तै कर्णाली चिसापानी वायुऊर्जा परियोजनाको लागि १४ अर्ब ७३ करोड लागत अनुमान गरिएको छ भने
चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग

जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेजका लागि २ अर्ब अर्ब ३५ करोड लागत अनुमान गरिएको छ । यस्तै धौवादी फलाम खानी उत्खनन आयोजनाका लागि ५१ अर्ब २५ करोड लागत अनुमान गरिएको छ । धौवादी फलाम खानी उत्खननका लागि सन् २०२३ मा सम्भाव्यता अध्ययन भइसकेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष