‘संविधान संशोधनका लागि तत्काल राष्ट्रिय सरकार’

हामीलाई संसदमा पुर्‍याउनुहोस्, तपाईंहरूको भलो गर्दछौं भन्ने वाचा गरेर चुनावमा होमिन्छौं । तर, अहिले संसदमा देखिएको रमिता जनतासँग गरिएको वाचा अनुकूल भयो कि भएन ? नयाँ संसद आएको १ वर्ष तीन महिना बितिसकेको छ । अघिल्लो संसदको दुई वर्ष उसैगरी गयो । संसद्मा प्रतिपक्षीले प्रश्न उठाउने र सत्ता पक्षले आफूले गरेका राम्रा कामको डिफेन्ड गर्ने हो । संसदमा अहिले पास नगरी नहुने दर्जनौं कानुन छन् । जबकि नेपालमा संसद्बाहेक अरु कसैले कानुन बनाउन पाउँदैनन् । सहकारीका कारण देशव्यापी समस्या छ । त्यो समस्याको जरो हाम्रो सहकारी ऐन नै हो । अहिले नियमनकारी संस्थाले जाँच्ने, हेर्ने ठाउँ नै छैन । सहकारीहरु यो हालतमा पुग्नुमा सहकारी ऐन कति दोषी छ ? कानुन संशोधन गर्नका लागि संसदबाट हामीले के प्रयत्न गर्‍यौँ ? वचतकर्ताको फसेको रकम उठाउन के कति काम गर्‍यौँ ? सत्तापक्ष होस् वा विपक्ष, जसलाई हेर्दा पनि जनता निराश हुनुपर्ने स्थिति भइरह्यो भने कसैको पनि भलो गर्दैन ।

बिज्ञापन

अर्काेतिर संघमा गठबन्धन परिवर्तन हुनेबित्तिकै प्रदेशमा गठबन्धन बनाउने भत्काउने खेलो चल्न थाल्यो । संविधानको अनुसूची ५, ६, ७, ८, ९ ले संघ, प्रदेश, स्थानीय तहका अधिकार प्रष्टसँग भाग लगाएको छ । संघले सहजीकरण गर्ने, प्रदेश र स्थानीयले सर्भिस डेलिभरी दिने संविधानको संरचना वा ढाँचा हो । संघले मापदण्ड, कानुन र संस्था खडा नगरिदिएका कारण प्रदेश पूर्ण भएन, स्थानीय तह अप्ठ्यारोमा परे । अहिले मुलुक स्थानीय तहले धानेको देखिन्छ । प्रदेश र संघको पुँजीगत खर्च कहालीलाग्दो छ । छिमेकी देशले ८ दशमलव ५ प्रतिशत जीडीपी भयो भन्छ । चीन, भारतकै अवस्था त्यस्तो राम्रो छ भने यी दुई मुलुकको बीचमा रहेको हाम्रो मात्र जिडिपी बिग्रनुपर्ने किन ? नेपालको जिडिपी ३ प्रतिशत पनि नपुग्ने स्थिति भन्दा दुर्भाग्य अरु के हुन्छ ?

बिज्ञापन

नयाँ संविधान बनाउँदा सबैका आकांक्षालाई समेट्नुपरेको थियो । हाम्रा सबै नेता दुःख पाएर वा सहेर यहाँसम्म आएका छन् । यिनले नगरे, कसले गर्ने ? अब भने तत्कालै संविधानका विसंगति हटाउनको लागि आयोग, कार्यदल बनाउनु जरुरी छ । संसद विघटनपछि मुद्दा प¥यो । विश्वासको मत लिने र अविश्वास प्रस्ताव दर्ता गर्नेलगायत काम भए । तर प्रदेशतिर एक वर्षमा तीन-चार वटा सरकार परिवर्तन हुँदै छन् । कूल सांसदको २० प्रतिशतलाई मन्त्री बनाउने कुराले हामीलाई कति सघाउ भयो ? संवैधानिक परिषद्को काममा स्वार्थको द्वन्द्व मिसियो कि मिसिएन ? न्यायपरिषद्मा केही सुधार गर्नुपर्छ कि पर्दैन ? संविधान निर्माण गरेको झण्डै आठ वर्ष नाघ्यो । संविधान बनाउँदाखेरिनै हामीलाई यी नाजायज कुराहरू भइरहेको छ भन्ने थाहा थियो । विश्वास वा अविश्वासको मत दुई वर्ष ल्याउन नपाइने भनियो । आज विश्वासको मत लिएर भोलिपल्टै बजेट फेल, नीति कार्यक्रम फेल भएको खण्डमा के गर्ने ? राजीनामा दिनुपर्‍यो कि परेन ? यस्ता अवास्तविक कुराहरू साधारण खालको नभई विशिष्ठ खालको संसदीय व्यवस्था ल्याउनका लागि राखेको भन्ने एक थरीको भनाई थियो । त्यसलाई स्वीकार्न हामी बाध्य भयौं । संविधान संशोधनका लागि दुबै हाउसको दुई तिहाइ भएर मात्रै पुग्दैन । राजनीतिक रूपमा समझदारी पनि चाहिन्छ । अरु कुराका लागि कम्पिटिसन गरौँला तर संविधान संशोधनका लागि ठूला दलहरू मिलेर राष्ट्रिय सरकार बनाउनुपर्ने हो कि ? त्यो दिशातिर सोच्नु जरुरी छ । कानुन पास गर्न नसक्ने, सरकारलाई निगरानी, खबरदारी गर्न नसक्ने, एकले अर्कोलाई गाली मात्रै गरेर नग्याउने काम गरिराख्यौं भने यसले वितृष्णा ल्याउँछ ।

हामीले असजिलो अवस्थामा असजिलो ढंगबाट संविधान बनाएका हुनाले त्यसमा प्रशस्त कमिकमजोरी देखा परेका छन् । अहिले पनि म सबै नेतासँग भेट्दा संविधानको संशोधनको लागि घचघचाइरहेको छु । प्रत्यक्ष निर्वाचन प्रणालीको विकल्प सोच्न सकिँदैन होला तर समानुपातिक, समावेशी प्रणालीमा बुद्धिमत्तापूर्वक छनौंट गरेका भए यति धेरै आलोचना सहनुपर्ने थिएन । नेताहरूले आफूखुशी गर्ने प्रवृत्तिका कारण यस्ता समस्या आएको छ । सीमान्तकृत वर्गलाई वैकल्पिक ढंगले ल्याउँछौं भनेर आश्वस्त नपारी हुँदैन । अर्को समानुपातिक समावेशीको सिद्धान्तलाई झिकिदिनु भयो भने पनि यो संविधानको आवश्यकता नपर्ला ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो, नयाँ भवन निर्माण प्रक्रिया सुरु

दुई एआईजीको जिम्मेवारी हेरफेर

देशभरका १८ राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

हिन्दु धर्म र दशै टिका अक्षता, जमरा र आशिर्वाद

धुलिखेलमा पहिरोपीडितको घरबाट सामान सुरक्षित स्थानमा सारियो

बिशेष