सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा  

२०७२ वैशाख १२ गते गएको विनासकारी महाभूकम्पको स्मृतिमा आज गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

बिज्ञापन

मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले आज बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

बिज्ञापन

नौं वर्ष अगाडि ०७२ वैशाख १२ गते शनिबार मध्यान्ह्र बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गएको ठूला पराकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा गाउँपालिकाले बिदा दिएको जनाएको हो ।

गाउँपालिकाले आज पौन्य बाह्र बजे वडा नम्बर १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली सभा राखेको जानकारी भट्टले दिए ।

बिज्ञापन

०७२ मा गएको भूकम्पमा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै जन धनको क्षति पुगेको थियो भने ३२ जिल्ला प्रभावित भयो ।

बारपाकका सहित आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी मानिस घाइते भएको गृह मन्त्रालयको तथ्यांक छ । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्यायो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात हजार थान भेप बरामद

अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

बिशेष