आगो नियन्त्रणसम्बन्धी सशस्त्रको कृत्रिम अभ्यास

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ स्थित फुसको छानो भएको घरमा आगलागी भएको सूचना शसस्त्र प्रहरी बल २७ नम्बर गणमा आयो ।

बिज्ञापन

सशस्त्र प्रहरी सेटबाट तत्कालै विपद व्यवस्थापन गुल्मलाई जानकारी गराइयो । गुल्मको दमकल साइरन बजाउँदै निस्कियो । घटनास्थल पुग्ने वित्तिकै दमकलमा खटिएका कर्मचारीले पाइपबाट पानी हालेर आगो निभाए ।

बिज्ञापन

तर यो वास्तविक घटना थिएन । घरेलु आगलागी नियन्त्रण तथा बच्ने उपाय सम्बन्धी कृत्रिम अभ्यास गरिएको थियो ।

सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले ग्यासमा तेल तताउँदा बल्ने आगो, सिलिण्डरमा तथा मानिसको शरीरमा आगो लाग्दा कसरी निभाउने, आगलागीमा घाईतेको उद्दार कसरी गर्ने, स्ट्रेचर नभएको ठाउँमा घरेलु सामग्रीको प्रयोग गरेर कसरी स्ट्रेचर तयार गर्ने भन्ने बारे जानकारी गराए ।

बिज्ञापन

‘आगो लाग्ने वित्तिकै आत्तिएर भाग्ने हैन, सही तरिका अपनाउने हो भने आगो लाग्ने वित्तिकै निभाउन सकिन्छ । धनजनको क्षति हुनबाट जोगाउन सकिन्छ,’ उनले भने, ‘ग्यासको पाइप वा रेगुलेटरमा आगो लाग्दैन ग्यास पड्की हाल्दैन । सावधानी अपनाएर रेगुलेटर बन्द गर्नुपर्छ ।’

कराइमा तेल तताउँदा आगो लागेमा पुरै ढाकिने गरि ढक्कनले छोपिदिने, बेड सिट वा कटनको पर्दालाई भिजाएर निचोरेर छोप्ने, बेकिङ सोडा वा नुन हालेर पनि आगो निभाउन सकिने उनको भनाइ छ ।

पेट्रोल, तेलमा पानी हालेर आगो निभ्दैन । चिनी पिठो ज्वलनशील पदार्थ हो त्यसको प्रयोग पनि गर्नु हुँदैन,’ उनले भने, ‘आगोले सजिलै नटिप्ने पदार्थको प्रयोग गर्नुपर्छ ।’

उक्त कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन मुसलमान, उप-प्रमुख कल्पना हरिजन, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी द्वय चिरन्जिवी राना र रामचन्द्र अर्याल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौर, सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगर, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडा अध्यक्षहरु, नेपाली सेना तथा नेपाल प्रहरीका स्थानिय प्रमुखहरु, सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरु, लुम्बिनी बिकास कोषका कर्मचारी एवं सुरक्षा कर्मीहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।