मुकुन्द निरौलाको तीन दशकको निजामती यात्रा :- हुलाकको अस्थायी जागिरेदेखि सामान्य प्रशासनको सचिवसम्म

संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द निरौलाले सोमवार पदभार ग्रहण गरेका छन् । ३० बर्ष अघि गोश्वारा हुलाक कार्यालयमा अस्थायी नायव सुव्वा पदबाट निजामती यात्रा प्रारम्भ गरेका निरौला कर्मचारीहरुको खटन पटन गर्ने केन्द्रीय निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा पदभार ग्रहण गरेका हुन ।

बिज्ञापन

०५४ साल साउन १२ मा लोकसेवा परीक्षा दिएर नाम निकालेका निरौला स्थायी जागिर शुरुवात गरेको २४ बर्षपछि सचिव हुन सफल भएका हुन । सचिव भएको डेढ बर्ष पछि उनी केन्द्रीय कर्मचारी निकाय (सिपिए) को रुपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन ।

बिज्ञापन

निजामती यात्रा शुरुवात गरे पछि  शिक्षा र गृह मन्त्रालयमा १–१ वर्ष सेवा गर्ने अवसर पाएका उनले ०५४ साल भदौमा शाखा अधिकृतमा नाम निकाले तर अन्तरवार्तामा फेल भए । यद्यपि हारेनन,हिम्मत । हुलाक समुहको अधिकृत पास गरेर बाजुरा, सुर्खेतलगायत जिल्लाहरुमा ४ वर्ष सेवा गरी मध्यामाञ्चल क्षेत्रीय हुलाक कार्यालयमा रहेकै बखत उनले अर्को बाजी मारे । ०६३ भदौ २३ मा निरौला लोकसेवा पास गरेर उप–सचिव बने । यसपछि भौतिक योजना मन्त्रालय, सडक बिभागमा केही समय सेवा गरे । त्रिपुरेश्वरमा अवस्थित घरेलु तथा साना उद्योग कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाले ।

०६९ फागुनमा खुल्ला प्रतिस्पर्धाबाट सह–सचिव बनेका निरौला यसपपश्चात दर्जन भन्दा बढी सरकारी निकायमा प्रशासन प्रमुख भएर काम गरेको अनुभव उनीसँग छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १३ महिना, शिक्षा मन्त्रालयमा २ वर्ष, राष्ट्रिय सुरक्षा परिषदमा २ दिन, सार्वजनिक खरिद अनुगमन कार्यालयमा ६ महिना प्रशासन महाशाखा प्रमुख भएर काम गरेका उनी तत्पश्चात ६ महिना सामान्य प्रशासन मन्त्रालय, ५ महिना श्रम, तथा रोजगार मन्त्रालयमा रहेर जिम्मेवारी बहन गरे ।
आन्तरिक राजश्व बिभागमा अन्तशुल्क महाशाखामा ९ महिना बिताएका निरौला त्यस पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुगे । प्राधिकरणको प्रशासन महाशाखामा १५ महिना बिताएका उनी ६७ भदौ ११ गते प्रदेश नम्वर १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद प्रशासन तथा बैठक महाशाखामा खटिए । त्यसको करिव १ वर्ष पछि अर्थात ०७७ साउन ४ देखी वातावरण बिभागको महानिर्देशको जिम्मेवारीमा रहेर काम गरेका उनी गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखामा काम गरे ।

बिज्ञापन

०७८ फागुन ५ गते सचिवमा बढुवा भएका उनी बागमती प्रदेशको प्रमुख सचिव हुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा केही महिना काक गरे । त्यहाँबाट उपराष्ट्रपति कार्यालयमा पुगेका निरौला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रुपमा पदभार ग्रहण गरेका छन् ।

आठ बर्षदेखि अलपत्र परेको संघीय निजामती सेवा ऐन ल्याउनु र त्यसका लागि पहल गर्नु निरौलाका अगाडि मुख्य चुनौति छ । यो विद्येयक संसदमा पुगेर अलपत्र परेको छ । संसदको आगामी बर्खे अधिवेशनमा विद्येयक संसदबाट समितिमा आउने बताइएको छ ।यसका अलवा कर्मचारी सरुवामा हुँदै आएको विचौलियातन्त्रलाई अन्त्इ गर्नु,सरुवालाई पारदर्शी बनाउनु उनका अगाडि अर्काे चुनौति देखिन्छ । साना कर्मचारीको पीरमर्का र व्यथाालाई  बुझ्नुपर्ने , अन्य मन्त्रालयले गरेका गलत सरुवालाई खारेज गर्नुपर्ने , सेवा प्रवाह र सुशासनलाई मूल मन्त्र बनाउनुपर्ने जस्ता चुनौति उनका अगाडि रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।