हिन्दु धर्म र दशै टिका अक्षता, जमरा र आशिर्वाद

महेश्वर काफ्ले

बिज्ञापन

हिन्दूहरूको सबैभन्दा ठूलो पर्व विजया दशमी अर्थात दशैंको दशौं दिनमा मान्यजनबाट चामल, दही र अबिर मिसाइएको अक्षताको टीका र सातथरी अनाज मिसाइ घटस्थापनाको दिनमा बालुवा र शुद्ध माटोमा अंकुरणका लागि राखिएको जमरा लगाई आशिर्वाद लिइन्छ । प्रस्तुत लेखमा दशैको धार्मिक महत्व र टिका जमराको लागि प्रयोग हुने चामल तथा अनाजको प्रयोग सम्बन्धि एक काल्पनिक अनुमान र बैकल्पिक उपायका बारेमा संक्षिप्त जानकारीमूलक तथ्य प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

बिज्ञापन

बिजया दशीका दिन देवी दुर्गाले असुर महिषासुरमाथि विजय प्राप्त गरेको सम्झनामा सद्भाव, आशीर्वाद र विजयको प्रतीकका रूपमा टीका लगाइन्छ। दशैंको दसौं दिन अर्थात विजया दशमीमा देवी दुर्गाको पूजा गरी घरका ज्येष्ठ व्यक्तिले कनिष्ठहरूलाई रातो अक्षताको टिका, जमरा र आशीर्वाद दिन्छन्। अक्षतालाई देवीको प्रसादका रूपमा मानिन्छ, जसमा चामल, दही र अबिर मिसाएर रातो टीका बनाइन्छ।जमरा भनेको नवरात्रमा दुर्गा पूजाको आरम्भदेखि राखिएको जौं, मकै, धान लगायत सातथरी अनाजको अंकुर हो, जसलाई देवीको कृपाको प्रतीक मानिन्छ। दशैंको टीकाले परिवार, नातागोता र समाजबीच मिलन, माया र एकताको वातावरण सिर्जना गर्छ। टिका र आशीर्वाद लिनका लागि टाढाटाढाबाट आफ्ना मान्यजनका घरमा जाने परम्परा छ।यसरी, दशैंको टीका केवल धार्मिक कर्म नभई संस्कार, माया र एकताको उत्सव हो, जसले परिवार र समाजलाई अझ बलियो बनाउँछ।दशैंमा अक्षताको टीका लगाउने प्रचलन निकै पुरानो हो, र यसको चलन वैदिककालदेखी नै शुरु भएको हो । “अक्षता” भन्ने संस्कृत शब्दको अर्थ नै “नटुटिने” वा “अविनाशी” हुन्छ। बैदिक युगमा पूजा–अर्चना गर्दा चामलमा रङ्ग वा चन्दन मिसाएर अक्षता बनाउने चलन थियो। यज्ञ, व्रत, विवाह, नामकरण जस्ता धार्मिक अनुष्ठानमा अक्षता आशीर्वाद र मंगलकामनाका प्रतीकका रूपमा प्रयोग हुने गर्थे।अक्षतामा प्रयोग हुने चामल समृद्धिको प्रतीक, रातो रङ्ग अबिर शक्तिको प्रतीक र दही पवित्रता एवं शुभकार्यको प्रतीकको रुपमा मानिन्छ । यसै कारण देवीको कृपा प्राप्त गर्न र आशीर्वादको प्रतीकका रूपमा चामलको अक्षता टीका लगाउने चलन निरन्तर रहँदै आएको हो।परम्परागत रूपमा मानिसहरू अन्नलाई देवीको प्रसाद र सम्पन्नताको आशीर्वादका रूपमा हेर्थे। त्यसैले पूजा वा टीकामा चामल अनिवार्य राखिन्थ्यो।तर त्यो समयमा जनसंख्या थोरै र चामलको प्रयोग सानो परिमाणमा मात्र हुने गर्थ्यो। आजको समयमा दशैंमा लाखौं मानिसहरूले टीका लगाउँदा सयौं क्विन्टल चामल केवल प्रतीकात्मक प्रयोजनका लागि प्रयोग हुन्छ, जुन ठुलो परिमाणमा अन्न खेर गइरहेको छ ।

बिश्वमा हिन्दु धर्म मान्नेहरु करिव १५ प्रतिशत अर्थात १ अर्व १६ करोड जति जनसंख्या रहेका छन । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार मध्ये करिव ८१ प्रतिशत अर्थात २ करोड ३६ लाख २२ हजार जति हिन्दु छन जसले उल्लासमय वाताबरणमा दशै पर्व मनाउंछन र अक्षताको टिका, जमरा लगाउंछन । उक्त हिन्दु धर्म मान्ने २ करोड ३६ लाख २२ हजार हिन्दुमध्ये ५ प्रतिशत जति बिभिन्न कारणबाट दशै रोकिइ टिका जमरा नलगाउने अवस्थाको अनुमान गर्ने हो भने पनि २ करोड २४ लाख ४१ हजारले प्रत्येक बर्ष दशै मनाउंछन र यिनिहरु ५ जनाको दरले परिवारमा बस्छन भन्ने अनुमान गर्दा ४४ लाख ८८ हजार २०० घरपरिवारमा न्यूनतम रुपमा पनि जमराका लागि १ माना अनाज र टिका लगाउनुभन्दा अगाडी पर्सने र टिकाका लागि १ माना चामल प्रयोग हुने अनुमान गर्दा पनि एक बर्षमा ४४,८८,२०० गुणा २ ले ८९,७६,४०० माना अर्थात ११,२२,०५० पाथी अर्थात २ मानाको १ केजी हुन्छ भन्ने अनुमानमा ४४,८८,२०० केजी अर्थात ४,४८,८२० क्वीन्टल अनाज खेर गएको अनुमान गर्न सकिन्छ । यो न्युनतम अंक हो । यो भन्दा धेरै परिमाणमा अनाज खेर जाने गरेको अवस्था छ । एक केजीबाट ५ जनालाई भोजन गराउन सकिन्छ भन्ने मान्यता राख्ने हो भने करिव २ करोड २४ लाख ४१ हजार जनालाई एक छाक खाना खुवाउन सकिन्छ । यो नेपालको मात्र हिसाव भयो, कुल जनसंख्याको भारतमा ७९ प्रतिशत, मौरिससमा ४८ प्रतिशत, फिजीमा २७ प्रतिशत, गुयनामा २३ प्रतिशत, भुटानमा २२ प्रतिशत, सुरिनाममा १८ प्रतिशत, कतारमा १५ प्रतिशत, श्रीलंकामा १३ प्रतिशत, कुवेतमा ९ प्रतिशत, बंगलादेशमा ८ प्रतिशत, दुवइमा ७ प्रतिशत, सिंगापुरमा ६ प्रतिशत, मलेसियामा ६ प्रतिशत, ओमानमा ५ प्रतिशत, पाकिस्तानमा २ प्रतिशत जनसंख्या हिन्दुधर्मावलम्वी छन । ति सबैको हिसाव गर्दा त बिश्वमा धेरै ठुलो परिमाणमा टिका तथा जमराको लागि अनाजको प्रयोग हुने गरेको देखिन्छ ।

बिज्ञापन

धार्मिक मूल भाव नछोडीकन, अनाजको नोक्सानी घटाउनका लागि केही व्यावहारिक उपायहरू छन । टीकाको “शक्ति” अक्षतामा नभई भाव, श्रद्धा र आशीर्वादमा निहित हुन्छ। त्यसैले चामलको सट्टा अबिर–दहीको मिश्रणले पनि धार्मिक अर्थ कायम राख्न सकिन्छ । प्रतीकका रूपमा थोरै मात्र चामल अर्थात एक-दुई दाना मात्र मिसाए पनि परम्पराको अर्थ रहन्छ।उदाहरणका लागि, केही ठाँउमा तिल, फूल वा जौको पात प्रयोग गरीएको पाइन्छ। शास्त्रले स्पष्ट रूपमा “अक्षता”को रूप भन्दा भावनालाई मुख्य मानेको छ। देवीको कृपा शुद्ध मन र आशीर्वादको भावना बाट प्राप्त हुन्छ, केवल वस्तुबाट होइन। त्यसैले अबिर र दहीले पनि त्यसै अर्थमा टीकाको धार्मिक उद्देश्य पूरा गर्छ। अहिलेको युगमा दशैंको टीका चामल बिना पनि धार्मिक भावना कायम राख्दै “अबिर र दही” मात्र प्रयोग गरेर मनाउन सकिन्छ भने प्रतिकात्मक रुपमा एक व्यक्ति एक जमरा मात्र लगाउने गरी ७ प्रकारका अनाजको ७/७ दानको दरले ४९ बोटमात्र जमरा राख्ने व्यबस्था अवलम्वन गर्ने हो भने धेरै ठुलो परिमाणमा अनाज जोगाउन सकिन्छ । यसरी जोगाएको अनाज गरिव बिपन्न तथा बिभिन्न आश्रमहरुमा भोजन गराउन सकिन्छ । यसले परम्परा पनि जोगाउँछ र अन्न बर्बादी पनि घटाउँछ।दशैं एकता र आपसी सद्भावको चाड पनि भएकोले यसलाई निरन्तरता राख्दै परम्परागत धारणामा समयसँगै रूपान्तरण हुँदै जानुपर्छ। अन्न बर्बाद नगरी अबिर र दहीको माध्यमबाट टीका लगाउने अभ्यासले हाम्रो संस्कृति जोगाउने र चेतनशील समाज निर्माण गर्ने मार्ग खोल्छ। त्यसैले अब समय आएको छ — परम्परा बचाऔँ, व्यावहारिकता अपनाऔँ, अन्नको सम्मान गरौँ।धन्यवाद ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुई एआईजीको जिम्मेवारी हेरफेर

देशभरका १८ राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

हिन्दु धर्म र दशै टिका अक्षता, जमरा र आशिर्वाद

धुलिखेलमा पहिरोपीडितको घरबाट सामान सुरक्षित स्थानमा सारियो

काठमाडौंका प्रमुख राजमार्गहरू एकतर्फी सञ्चालनमा

बिपी राजमार्ग सुचारु हुन ढिलाइ, वैकल्पिक सडक पनि जोखिममा

बिशेष