वित्त आयोग सदस्यबाट राजीनामा दिएका मिश्रले भने-सुधारको प्रयास गरें, केही सिप लागेन

संविधानले परिकल्पना गरेको महत्वपूर्ण संवैधानिक अंग राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मिश्रले साउन १ गते दिएकाे राजीनामा आइतबार स्वीकृत गरेका हुन्।

बिज्ञापन

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै राजीनामा साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत भएको जानकारी दिइन्।

बिज्ञापन

संघीयता कार्यान्वयनको संवैधानिक मेरुदण्ड मानिएको आयोगमा निरन्तर सुधारका लागि गरेका प्रयास सफल नभएको भन्दै मिश्रले राजीनामा दिएको स्रोतको भनाइ छ। उनले खासगरी स्रोत र वित्त बाँडफाँटमा पारदर्शिता, न्यायोचितता र संस्थागत सुशासन कायम गर्न आयोग असफल भएको आरोप लगाउँदै पदत्याग गरेका हुन्।

मिश्रको राजीनामा केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त संवैधानिक निकायका पदाधिकारीले नियुक्तिकालको अवधि पूरा गर्न पाउने निर्णय सुनाएको सन्दर्भमा आएको छ। तर उनले व्यक्तिगत लाभभन्दा संस्थागत सुधारलाई प्राथमिकता दिएको देखिन्छ, जुन संघीय ढाँचा र वित्तीय समायोजनप्रति रहेको असन्तोषको संकेत हो।

बिज्ञापन

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग संघ, प्रदेश र स्थानीय तहबीच स्रोत र वित्त बाँडफाँटमा सल्लाह र सिफारिस दिने संवैधानिक जिम्मेवारीमा खटिएको छ। आयोग भित्रको निर्णय प्रक्रिया, नीति सिफारिसको पारदर्शिता, तथा सरकारको असहयोगप्रति पनि मिश्रको गुनासो रहँदै आएको थियो।

स्रोतका अनुसार, मिश्रले पटकपटक सुधारका सुझाव दिएका थिए, तर नीतिगत सुनुवाइ र निर्णयमा आयोगमै चलखेल र राजनीतिक हस्तक्षेप हुने गरेको उनी निकट व्यक्तिहरूको भनाइ छ।

यो घटनाले संवैधानिक आयोगहरूको स्वतन्त्रता, जिम्मेवारी र प्रभावकारिता माथि गम्भीर प्रश्न उठाएको छ। अब बाँकी पदाधिकारी र सरकारको जिम्मेवारी आयोगको विश्वास पुनःस्थापित गर्नु हो – अन्यथा संघीय ढाँचाको विश्वासनीयता संकटमा पर्ने देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रको खरिदमा कराडौंको सेटिङ, ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष