विशेष छानबिन समितिले लियो मन्त्री,मुख्यसचिवदेखि सचिवहरुसँग बयान

सङ्घीय निजामती सेवा विधेयकमा भएको छेडखानीको बिषयमा छानबिनका लागि गठित संसदीय विशेष समितिले सचिव,मुख्य सचिवदेखि मन्त्रीसँग समेत सोधपुछ गरेको छ । मुख्यसचिव एकनारायण अर्यालले ‘कुलिङ अफ पिरियड’ हटाउने लबिङ संसद्बाट विधेयक पारित नहुँदासम्म आफूहरूले जारी राख्ने बताएका छन् । बयानका लागि हिजो संसदीय विशेष छानबिन समितिमा पुगेका अर्यालले अवकाशमा मुखमा पुगेका उच्च प्रशासकलाई अयोग्य बनाउने ? भन्दै समितिमा प्रश्न राखेका थिए ।

बिज्ञापन

समितिले मुख्य सचिव एकनारायण अर्यालका अलवा यो विद्येयकसँग जोडिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा कानुन हेर्ने सचिव,कानुन मन्त्रालयका सचिव र संघीय मामिला तथा सामान्य प्रशासनका सचिवसँग हिजो सोधपुछ गरेको थियो । यस्तै समितिले हिजै यस अघि राज्य व्यवस्था तथा सुशासन समितिमा सदस्य समेत रहेका रघुजी पन्तसँग छलफल गरेको हो । प्रतिनिधिसभाबाट पारित निजामती विधेयकमा भएको भनिएको त्रुटी र छेडखानीबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिले यस अघि सहसचिव,सचिव समितिका सभामपति रामहरि खतिवडा,राज्य व्यवस्था तथा सुशाशन उपसमिति,राज्य व्यवस्था तथा सुशासन समिति,विज्ञहरु काशिराज दाहाल र माधव पौडेलसँग छलफल गरिसकेको छ ।

बिज्ञापन

समितिले सचिव सुरज कुमार दुरा,कानुनमा सहसचिवको जिम्मेवारीमा रही हाल प्रधानमन्त्री कार्यालयमा पुगेका सुवास भट्टराई,सामान्य प्रशासनको सहसचिव मीरा अचार्यसँग समेत बयान लिएको छ ।

यस्तै, सभापति खतिवडाले आफू निर्दोष रहेको र भरोसा गरेका कर्मचारीले षड्यन्त्र र विश्वासघात गरेको बयान दिएका थिए । समितिका एक सदस्यका अनुसार, अन्तिम मस्यौदामा दफावार छलफल नगरिनु आफ्नो कमजोरी भएको स्विकारे । तर, उनले विश्वास गरेर जिम्मा दिएका कर्मचारीहरूमै ‘षड्यन्त्र र विश्वासघात’ भएको आरोप लगाएका छन्  । प्रतिवेदन लेखनमा कर्मचारीमाथि मात्र विश्वास गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका खतिवडाले प्रतिवेदनमा त्रुटि कसरी भयो भन्ने प्रश्नमा खतिवडाले अन्तिम प्रतिवेदन रुजु नगर्नु आफ्नो कमजोरी भएको बताएका थिए ।

बिज्ञापन

यस्तै मुख्यसचिव एकनारायण अर्यालले समिति सभापति रामहरि खतिवडाले प्रतिवेदन लेखनमा अन्य कर्मचारीलाई विश्वास नगरेको टिप्पणी गर्दै कुलिङ अफ पिरियड’ हटाउने लबिङ संसद्बाट विधेयक पारित नहुँदासम्म आफूहरूले गर्ने राखेका थिए । यस्तै प्रधानमन्त्री कार्यालयका कानुन सचिव फणिन्द्र गौतमले पनि प्रतिवेदन मानवीय त्रुटि भएको जिकिर गरे । मुख्य सचिव अर्याल, सचिव गौतम, कानुन मन्त्रालयका तत्कालीन सचिव उदय सापकोटा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविला पन्थको धारणा समान रहेको समितिले जनाएको छ ।

यस्तै,शिक्षा मन्त्री पन्तले प्रतिवेदनमा भएको त्रुटि मानवीय भएको तर्क गरेका छन ।

विशेष समितिको सभापतिको जिम्मेवारी जीवन परियारलाई दिइएको छ । प्रतिनिधिसभा नियमावलीको नियम १८० बमोजिम छानबिन विशेष समितिमा पाँच दलबाट सांसद परियारसहित सुशीला थिङ, नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती,माधव सापकोटा, गणेश पराजुली र रोशन कार्कीलाई सदस्य रहेका थिए । समितिलाई चार वटा कार्यादेश दिइएको छ । जसमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिबाट सभामा पेस भएको प्रतिवेदनमा मूल विधेयकको दफा ८२ मा उपदफा ४ थपिएको, उपदफा ५ मा रहेको व्यवस्थाले गर्दा कानुनी तादात्म्य नदेखिएको हुँदा के कति कारणले यस्तो हुन गएको हो सो सम्बन्धमा छानबिन गर्ने ।

२१ दिनको समय पाएको सो समितिले आइतबारमात्रै आफ्नो छानबिन प्रक्रिया सुरु गरेको हो । समितिले सहसचिव,सचिव,सभापति,विज्ञहरु पछि राज्य व्यवस्था तथा सुशासन उप समिति र राज्य व्यवस्था तथा सुशासन समितिसँग सामुहिक छलफल हुँदै सचिव,मुख्यसचिव र मन्त्रीसँग बयान लिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्यानका डिजी र आयल निगमको डिपो प्रमुखबीच नोक झोक

फ्रेस अफिसर्सको त्रिवि अध्यागमनमा इन्ट्री,पूराना ४४ अधिकृतहरु गृहमा सरुवा

युनियन रुपन्देही अध्यक्ष पाण्डे सम्मानित

नारायणी नदीमा डुबेर बालकको मृत्यु, सशस्त्र प्रहरीको टोलीद्वारा शव फेला

रसुवागढी बाढीपछिको अवस्था : प्रधानमन्त्रीसमक्ष राष्ट्रिय युवा संघ नेपालको मागपत्र

अध्यागमनमा खटिए ४४ फ्रेस अफिसर (सूचीसहित)

रसुवागढीको बाढी संकट :परराष्ट्रमन्त्री र सांसद आचार्यबीच सीमावर्ती संकटबारे गम्भीर छलफल

वैदेशिक रोजगार विभागको तीव्र अनुगमन: म्यानपावर कम्पनीहरूमाथि कारबाही सुरु

बिशेष