१५ असारमा अवकाशमा गए चण्डीप्रसाद घिमिरे । त्यस यता झण्डै दुई सातासम्म प्रधानमन्त्री कार्यालय मातहतको महत्वपूर्ण निकाय राजस्व अनुसन्धान विभाग नेतृत्वविहिन रह्यो । सोही विभागको उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठलाई कायममुकायम महानिर्देशक बनाइएको छ । उनलाई अर्को नियुक्ति नहुँदासम्मका लागि वरिष्ठताका आधारमा कायममुकायम (कामु)को जिम्मेवारी दिइएको हो ।
बिज्ञापन
गत बर्ष जेठमा मात्र सहसचिव तहमा उक्लिएकी हुन,कृष्णकुमारी । पाल्पा जिल्लाको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएकी उनी १६ सन्तानमध्येकी कान्छी । दुई वटा आमा, दुवैतर्फबाट ८ ८ सन्तान । ठूलीआमातर्फका ६ छोरी २ छोरा र आफ्नो आमातर्फका ५ छोरी, तीन छोरामध्ये कान्छी हुन् । खाने मुख धेरै, आम्दानीको श्रोत सीमित । बुबाआमाले खाई नखाई हुर्काए, पढाए । अभाव र तनावको पहाडले किचिएर हुर्किएकी हुन् । गाउँमै रहेको पाल्पा, रामपुर ८ स्थित गंगा माविबाट एसएलसी तहसम्म अध्ययन पूरा गरिन् । पढाइमा कहिल्यै दोश्रो भइनन् । एसएलसी लगत्तै गाउँकै प्राविमा शिक्षिकाको जागिर खाँदै अध्ययनलाई अगाडि बढाइन् । स्नातक तह पार लगाएपछि भित्रिइन्, राजधानी । त्रिविमा मानविकी संकायतर्फ पढ्न थालिन् । ०६५ सालमा खरिदारको परीक्षा दिइन् । मेलोमेसो केही थाहा थिएन, अनुत्तीर्ण भइन् । यसरी कुनै समय खरिदारमा अनुत्तीर्ण भएकी उनले १ हजार २४ प्रतिस्पर्धीलाई पछि पार्दै खुलातर्फबाटै सहसचिवमा पहिलो नम्बरमा नाम निकालेर रेकर्ड कायम गरेकी हुन ।
बिज्ञापन
०७० साल भदौ १९ गते सरकारी सेवामा पाइला राखेकी कृष्णकुमारीको पहिलो पोस्टिङ सञ्चार मन्त्रालयमातहतको जिल्ला हुलाक कार्यालय धादिङमा भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय ट्रमा सेन्टरमा केही समय काम गरिन् । अब एक खुड्किलो उक्लिनु थियो अर्थात् उपसचिव हुने हुटहुटी पसिसकेको थियो । लगाव र निष्ठाकै कारण उनी सरकारी सेवामा पाइला राखेको पाँच वर्षमै उपसचिव तहमा उक्लन सफल भइन् । उपसचिवमा उक्लिएसँगै केही समय स्थानीय तह र मन्त्रालयमा कार्यअनुभव बटुलिन् । ०७५ साल असार २७ गते उपसचिवमा उक्लिएपछि गोरखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा १८ महिना, २७ महिना रक्षा मन्त्रालय हुँदै हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको योजना तथा वैदेशिक सहायता शाखा सम्हाल्दै आएकी थिइन् । त्यही समय काम र पढाइलाई सँगसँगै अघि बढाइन् । निजामती सेवामा पाइला राखेको १० वर्षमै सहसचिवमा उक्लिन सफल भएकी हुन राजश्व अनुसन्धान विभागको उपमहानिर्देशक हुँदै कामु महानिर्देशकको जिम्मेवारीमा पुगेकी छिन् ।उनैलाई महानिर्देशकको जिम्मेवारी दिइएको खण्डमा राजश्व अनुसन्धान विभागमा नेतृत्व गर्नै पहिलो महिला महानिर्देशकको रुपमा समेत रेकर्ड व्रेक हुने छ ।
सरकारले महानिर्देशकको जिम्मेवारी उनै कृष्णकुमारीलाई दिन्छ वा कोषहरि निरौला,तिर्थ चिलुवाल,सुमन दाहालमध्ये कुनै सहसचिवलाई राजश्वको महानिर्देशक बनाउँछ हेर्न बाँकी छ ।
चण्डी अवकाश लागेर घर गएसँगै ञ्चार मन्त्रालयमा कार्यरत कोषहरि निरौलादेखि आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलवालदेखि सम्पत्ति शुद्धिकरण विभागका सुमन दाहाल लगायतका सहसचिवलाई राजश्वमा पठाउने चर्चा व्यापक सुनिन्छ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतिर ।