नेपालमा सवारी दुर्घटनाका कारण र न्यूनीकरणका उपाय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२२ को जनवरी ५ देखि जुन २२ सम्म गरेको अध्ययनले सडक दुर्घटनामा प्रति एक लाख जनामा १४ जना मानिसले ज्यान गुमाएको देखाएको छ। यो त अध्ययनले देखाएको तथ्य भयो तर हाम्रो देशमा यस्ता दुर्घटनाहरू हरेक दिन जस्तो भै रहेको पाईन्छ। यही चैत्रको ५ गते बाग्लुंगको निसी खोलामा भएको बस दुर्घटनामा ९ जनाले ज्यान गुमाए भने १८ जना घाईते भए, घाईते मध्ये सख्त घाईतेको संख्या करीब ६ जना भएकोले मृतकको संख्या अझै बढ्न सक्ने देखिन्छ। यसरी हुने दुर्घटनाहरू प्रायः राती हुने र दुर्गम, भीर पाखामा हुने हुदा उद्धारमा समेत ढिलाई र कठिन हुनाले मृतकको संख्यामा झनै बढोत्तरी हुने सम्भावना देखिन्छ। यसरी हाम्रो सडक यातायात आशातीत रूपमा सुरक्षित नभएको प्रतीत हुन्छ।

बिज्ञापन

सडक सुरक्षाको हिसाबले हेर्ने हो भने सडक दुर्घटनाको लागि ३ पक्ष जिम्मेवार छन् ती हुन् :-सडक , सवारी साधन र चालक। हाम्रा सडकहरू ४ किसिमका छन् :- राष्ट्रिय राजमार्गहरू, फिडर्स रोड, जिल्ला सडकहरू,शहरी सडकहरू। यी राजमार्गहरू सबैमा दुर्घटनाहरू हुन्छन् तर सब भन्दा बढी दुर्घटना जिल्ला सडकहरूमा हुने गर्छ। किनभने यहां दुर्घटना हुनुका पछाडि उक्त तीनै पक्षहरू सबल बन्ने सम्भावना उच्च हुन्छ। साधन र श्रोतको अभावका कारण जिल्ला सडकहरू अधिकांश कच्ची हुन्छन्। कच्ची सडकमा नयां गाडीहरु चल्दैनन्, ड्राईभरहरु सिकारू हुन्छन्, सडकहरू सांघुरा हुन्छन्, गाडीको संख्याको तुलनामा यात्रुको चाप बढी हुन्छ। यी सब कारणले सडक यात्रा सुरक्षित हुन पाउदैन।

बिज्ञापन

आजभोली नेपालको बेरोजगारीलाई सम्बोधन गर्ने काममा यातायात ब्यबसायको भूमिका उल्लेखनीय छ। यस कारण सवारी चालक हुनका लागि यूवाहरू प्रतिस्पर्धामा छन्। यस्तो अवस्थामा यो उद्योगमा आउने सवारी चालकहरूको छनौट गुण स्तरीय हुनु जरूरी हुन्छ तर यस्तो हुन नसक्दा सवारी हरू दुर्घटित हुन पुग्छन्। त्यस्तै सवारी चालकहरु धेरै जसोले मादक पदार्थ पिएर गाडी चलाउछन्। ट्राफिक प्रहरीले ठाऊ ठाऊमा No Drink and Drink  भनेर सचेत गराएको हुन्छ तर त्यसलाई अटेर गरी सवारी साधन चलाउनाले दुर्घटना हुने गरेको पाईन्छ। त्यसै गरी हाम्रा चालकहरूले तोकिए वमोजिमको गतिमा गाडी चलाउनु पर्नैमा तीव्र गतिमा गाडी चलाउने गर्छन् जुन गति दुर्घटनाको कारण बन्न सक्छ।

सडक दुर्घटनाको अर्को कारण सवारी साधनको अवस्था हो। ब्यबसाय गर्दा कम लगानीमा गर्न खोजिन्छ। कम लगानी गर्नु पर्दा कम मूल्य पर्ने सवारी साधनको खोजी हुन्छ। यसको लागि पुराना सवारी साधनको खोजी हुन्छ जुन सवारी दुर्घटनाको कारण बन्न सक्छ। हाम्रा अधिकांश यातायात ब्यबसायीहरूले पुरानो मोडलका सवारी साधन, सेकेण्ड ह्याण्ड, थर्ड ह्याण्ड सवारी साधन प्रयोग गर्छन् र यात्रुको भन्दा आफ्नो स्वार्थ बढी हेर्ने हुदा सस्तो सवारी साधन किनेर ब्यबसाय गर्छन् जुन दुर्घटनाको कारण बन्न सक्छ।

बिज्ञापन

अब हाम्रा सडकको अबस्था हेरौ- हाम्रा अधिकांश सडकको गुण स्तर कमजोर छ, सडक सांघुरा छन्, पहाडी धरातलमा बनेका सडकहरूले भीर, पहरा, नदीहरू पार गरेर जानु पर्ने हुन्छ, पहिरो र भू स्खलनको मारमा पर्छन् सडकहरू। यस्ता चरीत्रका सडकले दुर्घटना निम्त्याउन सक्छन्। यसरी सडक दुर्घटनाका कारणहरू जानकारी हुदाहुदै पनि सवारी चालकहरूले लापर्वाहीका साथ सवारी साधन चलाई दिने र त्यसको राम्रो अनुगमन नगरिदिने हुदा सडक दुर्घटनामा कमी ल्याउन सकिएको छैन। यसको निम्ति यातायात कार्यालय, ट्राफिक प्रहरी, यातायात ब्यबसायीहरू जिम्मेवार भएर सडक दुर्घटनालाई न्यूनीकरण गर्न सक्नु पर्छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।