काठमाडौंका सडकमा गति र गुणस्तर दुबै सुधार: डिभिजन प्रमुख भण्डारी

 
— योजनाबद्ध काम, समन्वय र निगरानीमार्फत राजधानीको सडकमा उल्लेखनीय सुधार

बिज्ञापन

डिभिजन सडक कार्यालय काठमाडौंको नेतृत्व सम्हालेयता इन्जिनियर नारायण दत्त भण्डारीले राजधानीका सडक सुधारमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका छन्। भण्डारी एक अनुभवी र प्रतिबद्ध इन्जिनियर हुन्, जसले काठमाडौँको सडक पूर्वाधारमा उल्लेखनीय भूमिका खेल्दै सुधारको काम गरेका छन् । कास्की जिल्लाका भण्डारी निजामती सेवामा २०५३ सालमा प्रवेश गरेका थिए । भण्डारीले विभिन्न जिल्ला डिभिजन प्रमुखको भूमिकामा काम गर्दै आएका व्यक्ति हुन् । जुम्ला, पाल्पा, बागलुङ, रसुवा, नुवाकोट, मध्यपहाडी योजना कार्यालय, पर्वत, लहान हुँदै हाल डिभिजन सडक कार्यालय काठमाडौँमा २०७९ भदौ २६ गते गतेदेखि कार्यभार सम्हालेका छन् ।

बिज्ञापन

उनै भण्डारीको नेतृत्वमा काठमाडौँ डिभिजन सडक कार्यालयले खाल्डाखुल्डी देखि सडक निर्माणका कामहरु सम्पन्न हुँदै आएका छन् । २०८० सालमा ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गरी १५,००० वर्गमिटर सडक मर्मत भएको छ । सडक मर्मत र रंगरोगनः ११२४६.२३ वर्गमिटर सडक टाल्ने, २२.४ किलोमिटर ओभरलेभ र ४५०० वर्गमिटर सडक रंगरोगन सम्पन्न गरेका छन् । सरकारी जग्गाको संरक्षणः पेप्सीकोला, सीतापाइला, र टेकु पचलीमा सरकारी जग्गाको संरक्षण र कम्पाउन्ड वाल निर्माण भएको छ । अशक्तमैत्री कार्यालयः डिभिजन प्रमुखको कार्यकक्ष अशक्तमैत्री बनाइएको छ । भण्डारीको नेतृत्वमा, काठमाडौंका सडकहरूमा उल्लेखनीय सुधार देखिएको छ, जसले राजधानीको यातायात व्यवस्थापनमा सकारात्मक प्रभाव पारेको छ । उहाँको कार्यशैली र प्रतिबद्धता अन्य सरकारी निकायहरूको लागि पनि प्रेरणादायी भूमिका खेल्दै आएका छन् ।

गुणस्तरीय निर्माण, ठेकेदारमाथि कडाइ

भण्डारीका अनुसार निर्माण सामाग्रीको प्रयोगमा कडाइ, ठेकेदारहरूमाथि नियमित निगरानी, र थर्ड पार्टी परीक्षण प्रणालीलाई अनिवार्य बनाइएको छ। अब गुणस्तरहीन वा ढिला सुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्ने नीतिमा कार्यालय अडिग छ। हालसम्म ४ ठेक्का खारेज गरिएको र केही ठेकेदारहरू कालोसूचीमा परेका छन्।

बिज्ञापन

नागरिक गुनासो र समन्वयलाई प्राथमिकता

नागरिक एप, फोन, वा प्रत्यक्ष रूपमा आउने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरिने भण्डारी बताउँछन्। योजनाको पारदर्शिताका लागि सूचना बोर्ड टाँस्ने अभ्यासलाई नियमित बनाइएको छ। साथै, खानेपानी, विद्युत, टेलिकमजस्ता निकायसँग पूर्वसमन्वय गरेर दोहोरो खनाइ र दोहोरिएको खर्च कम गरिँदै आएको छ।

हालका योजना र प्राथमिकता

हाल सञ्चालनमा रहेका प्रमुख योजनाहरूमा बालाजु–बाइपास सडक विस्तार, थापाथली–कुपन्डोल सुधार, र महाराजगञ्ज–बुढानीलकण्ठ कालोपत्रे योजना प्रमुख छन्। भविष्यमा पुराना सडकको दिगो मर्मत, स्मार्ट सडक अवधारणा, साइनेज र डिजिटल सूचना बोर्ड, र जलनिकासी सुधार जस्ता कामलाई प्राथमिकता दिइने बताइएको छ।

बजेटको सीमितता र व्यवस्थापन

भण्डारीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा कार्यालयलाई झण्डै २ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। बानेश्वर, गोंगबु–बाइपास, र नागार्जुन क्षेत्रका सडकहरूमा सबैभन्दा बढी खर्च भएको छ। यद्यपि, गौशाला–चाबहिल चार लेन विस्तार र स्मार्ट सडक निर्माणजस्ता केही महत्वाकांक्षी योजना बजेटको अभावमा स्थगनमा परेका छन्।

ट्राफिक व्यवस्थापन र अशक्तमैत्री पूर्वाधार

भौतिक निर्माण कार्यका क्रममा ट्राफिक समस्या न्यूनीकरण गर्न रातिमा काम गर्ने अभ्यास, वैकल्पिक मार्गको व्यवस्था, र ट्राफिक प्रहरीसँगको समन्वयलाई सशक्त बनाइएको छ। साथै, दरबारमार्ग, ठमेल, र बसन्तपुर क्षेत्रहरूमा अशक्तमैत्री पूर्वाधार, साइकल लेन, फुटपाथ विस्तार, ब्रेल साइन बोर्ड, र जेब्रा क्रसिङसमेत विस्तार गरिएको छ।

भविष्यका योजनामा जनहित केन्द्रमा

भण्डारीका अनुसार, आगामी योजनाहरूमा नागरिकमैत्री पूर्वाधार, दिगो मर्मत, स्मार्ट ट्राफिक सिस्टम, र पारदर्शी कार्यप्रणालीलाई केन्द्रमा राखिनेछ। उनले भने, “सडक सेवा नागरिकको आधारभूत हक हो, त्यसैले हामी इमान्दारीपूर्वक, पारदर्शी ढंगले र समन्वयका साथ काम गरिरहेका छौँ।”

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायण दत्त भण्डारीको नेतृत्वमा काठमाडौंका सडकहरूमा गति र गुणस्तर दुबै सुधार आएको छ। समन्वय, निगरानी र पारदर्शितालाई आधार बनाएर गरिएको कामले राजधानीवासीलाई नयाँ आशा जगाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक संस्थान निरन्तर ओरालोतिर : लगानी ७ खर्ब, प्रतिफल १३ अर्ब मात्रै

अर्थमन्त्रीले पेश गरे आर्थिक सर्भेक्षण,आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत

गणतन्त्रमा केही भएन भन्ने गलत भाष्यलाई कविहरुले चिर्नुपर्दछ : मन्त्री पाण्डे

वारि राजावादी, पारि एमाले, बीचमा प्रहरी

प्रेमल खनालको कविता : गणतन्त्र

गणतन्त्र विषयक दिल पौडेलको सेर्न्यू

बजेट स्वीकृत गर्न डाकियो मन्त्रिपरिषद्को बैठक

राजपत्र अनंकित कर्मचारीको तलब १२ प्रतिशत र राजपत्राकिंत कर्मचारीको १० प्रतिशतले बढाइँदै

बिशेष