सचिवलाई दुई वर्ष पूरा नगरी सरुवा नगर्न सुझाव

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई विभिन्न सुझावहरु दिएको छ । आयोगले ४४७ पेज लामो प्रतिवेदनमा सरकारलाई १५ वटा ऐन खारेज गर्न,५ वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउन,राजस्व अनुसन्धान विभाग खारेजी गर्न सुझाएको छ ।
यस्तै, पाँच सार्वजनिक संस्थान खारेज गर्न पनि सुझाएको छ भने साना र मझौला आयोजना संघीय सरकारको बजेटमा नराख्न सुझाएको छ । सरकारले पर्व अर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख रामप्रसाद ज्ञवाली, अर्थविद् विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता कल्पना खनाल सदस्य रहेको आयोग गठन गरेको थियो । सोही आयोगले सचिवलाई दुई वर्ष पूरा नगरी र कार्यकालभरि एक पटकभन्दा बढी सरुवा नगर्ने । एक मन्त्रालयमा न्यूनतम पाँच वर्ष नपुगी कुनै पनि कर्मचारीलाई अन्तर–मन्त्रालय सरुवा नगर्ने । एक कार्यालयबाट सोही मन्त्रालयको अर्को कार्यालयमा दुई वर्ष नपुगी सरुवा नगर्ने ।  यस्तै,सार्वजनिक निर्माणसम्बन्धी आयोजनाहरूमा आयोजना अवधिभरका लागि आयोजना टोली खटाउने, आयोजना सम्पन्न नभएसम्म आयोजना प्रमुख र सम्बन्धित प्राविधिक कर्मचारीको सरुवा नगर्ने सुझाएको छ ।

बिज्ञापन

१.व्यापारिक उधारो असुली ऐन जारी गर्ने र व्यावसायिक आर्थिक कारोबारमा बिक्रेताले क्रेताको साख मूल्यांकन –क्रेडिट स्टक हेर्नुपर्ने व्यवस्था लागू गर्ने
२.समस्याग्रस्त सहकारीका रु ५ लाखभन्दा साना बचतकर्ताको निक्षेप फिर्ताका लागि सरकारले ५ देखि १० अर्ब रुपैयाँ निकासाको व्यवस्था मिलाउने ।
३.सचिवलाई दुई वर्ष पूरा नगरी र कार्यकालभरि एक पटकभन्दा बढी सरुवा नगर्ने । एक मन्त्रालयमा न्यूनतम पाँच वर्ष नपुगी कुनै पनि कर्मचारीलाई अन्तर–मन्त्रालय सरुवा नगर्ने । एक कार्यालयबाट सोही मन्त्रालयको अर्को कार्यालयमा दुई वर्ष नपुगी सरुवा नगर्ने ।
४.सार्वजनिक निर्माणसम्बन्धी आयोजनाहरूमा आयोजना अवधिभरका लागि आयोजना टोली खटाउने, आयोजना सम्पन्न नभएसम्म आयोजना प्रमुख र सम्बन्धित प्राविधिक कर्मचारीको सरुवा नगर्ने ।
५.साना तथा मझौला विकास निर्माणका कामहरू संघीय बजेटमा समावेश नगर्ने । आयोजनाहरू दोहोरिन र छुट्न नदिन तीन तहबिच आयोजना बैंक सूचना प्रणालीको विकासआगामी बजेटले सम्बोधन गर्नुपर्ने ।
६.सञ्चालनमा रहेका राष्ट्रिय गौरवका र बहुवर्षीय आयोजनाहरूको कार्यान्वयन र यसको दायित्व र निर्माण व्यवसायीको भुक्तानी फरफारक गरेपछि वित्तीय स्रोत उपलब्ध भएमा मात्र नयाँ आयोजनाहरू छनोट गर्ने नीति केही वर्ष अवलम्बन गर्नुपर्ने  ।
७.लामो समयसम्म सम्पन्न हुन नसकेका राष्ट्रिय गौरवका आयोजनाको प्राथमिकीकरण गरी ५ वर्षभित्र सम्पन्न गर्ने ।
८.भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरूको प्रगति मासिक रूपमा अनुगमन गरी कार्यसम्पादनको आधारमा अनिवार्य बिल जारी गरी १५ दिनभित्र भुक्तानी दिने व्यवस्था गर्ने ।
९.कुनै आयोजनाले वन क्षेत्र थप वा आयोजनाको क्षमता वृद्धि गर्नु परेमा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधानक सट्टा संरचना स्थानान्तरण र वन क्षेत्र थप गर्नुपर्ने अवस्थामा मात्र पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान राख्नु उपयुक्त हुने ।
१०.ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन निर्यातसमेत गरी मुलुकको कुल गार्हस्थ्य उत्पादनमा अन्य मुलुकमा खानीजन्य उद्योगले योगदान गरेअनुरूपकै हुने गरी व्यवस्था मिलाउनुपर्ने ।
११.अर्थतन्त्रमा ब्याजदर उतारचढावलाई केही हदसम्म सम्बोधन गर्न ऋणपत्र बजारको विकास गर्नुपर्ने ।
१२.नेपाली नागरिक वा संगठित संस्थालाई विदेशमा लगानी गर्न खुला गर्ने (यससम्बन्धमा विभिन्न बुँदागत सुधारहरूको सुझाव)
१३. बदनियतपूर्वक र गलतढंगले कर निर्धारण गर्न नहुने, यस्तो गरेको पाइएमा कारबाही हुने व्यवस्था हुनुपर्ने । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने ।
१४. सूचना तथा प्रविधि क्षेत्रको बृहत् विकास र डिजिटल रूपान्तरणका लागि जे पनि गर्ने (एनिथिंग फर डिजिटल ट्रान्सफर्मेसन) रणनीति अवलम्बन गर्ने ।
१५.‘रिमोट वर्क’ र ’डिजिटल घुमन्ते’ सम्बन्धी नीति जारी गर्ने
१६.अनुसन्धान तथा विकास प्रवर्द्धनका लागि प्रत्येक वर्ष कम्तीमा राष्ट्रिय बजेटको १ प्रतिशत विनियोजन गर्नुपर्ने ।
१७. विश्वविद्यालयहरूलाई विशिष्ट अनुसन्धान केन्द्रको रूपमा विकास गर्नुपर्ने, प्रत्येक विश्वविद्यालयलाई कुनै एक विशेष क्षेत्रमा ‘उत्कृष्टता केन्द्र’ (सेन्टर अफ एक्सेलेन्स) बनाउनुपर्ने ।
१८. घरजग्गाको अनियन्त्रित मूल्य र कारोबारलाई नियन्त्रण गर्न दर्तावाला एजेन्सीमार्फत मात्र घरजग्गाको व्यावसायिक कारोबारको व्यवस्था लागू गर्ने ।
१९.दुई लाख अमेरिकी डलरभन्दा बढी लगानी गर्ने वा नेपालको बैंकमा निक्षेप राख्ने विदेशी लगानीकर्ताहरूको लागि निश्चित सर्तका अधीनमा आवास प्रयोजनका लागि घर वा फ्ल्याट खरिद गर्न पाउने व्यवस्था गर्ने ।
२०. अन्तःशुल्क लाग्ने वस्तुहरूको संख्या क्रमशः घटाउँदै जनस्वास्थ्य र पर्यावरणमा दुष्प्रभाव पर्ने वस्तुहरूमा मात्र सीमित गर्ने । सबै किसिमका व्यवसाय, प्राइभेट फर्म, साझेदारी, र कम्पनी एकै निकायमा दर्ता गर्ने एकल दर्ता निकाय कायम गर्ने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लेखाका आधा दर्जन उपसचिवको सरुवा,सूची गुपचुप

अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा उच्च, ३३ अर्ब ७१ करोडमध्ये असुल गर्नुपर्ने १३ अर्ब

परामर्शकै नाममा ४ अर्ब ५१ करोड स्वाहा

मन्त्रिपरिषद् बैठक बस्दै

गत वर्ष ९१ अर्ब ६० करोड बेरुजु

मेयर चढने सरकारी स्कार्पियो गाडी दुर्घटनामा

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

बैरोमा क्युआर कोडबाटै घुस,सुव्वासँग को- को बेखुस ?

बिशेष