उमेर हद ६० पुर्याउँदा कुन कुन सचिव लाभन्वित ?

एउटा विद्येयक छलफल गर्न तीन तीन जना मन्त्रीको ताँती ! यस्तो रमिता देखियो अस्ति आइतबार,सिंहदरबारमा ।

बिज्ञापन

त्यहाँ राज्यव्यवस्था तथा सुशासन समितिले तयार पारेको संघीय निजामती सेवा विद्येयकको मस्यौदा उपर छलफल कार्यक्रम राखिएको थियो । बिहान आठ बजे डाकिएको बैठकमा सरकारका तीन तीन मन्त्रीहरु पुगे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजुकमार गुप्ता त्यहाँ पुग्नु स्वभाविकै मान्न सकिन्थ्यो तर गृहमन्त्री रमेश लेखक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त उपस्थितिलाई स्वभाविक मान्न सक्ने स्थिति थिएन । त्यही मन्त्रीहरुकै माथापच्ची,स्वार्थ समूहले खेलेका कारण सोही दिन पारित गरेर प्रतिनिधि सभामा दर्ता गराउने तयारी गरिएको विद्येयक अगाडि बढ्न सकेन ।

बिज्ञापन

विशेष गरी उमेर हद ६० बनाउने र कुलिङ्ग पिरियडमा स्वार्थ समूहले सूँड पर्सादा निजामती विद्येयक फनफनी घुमिरहेको समितिका सदस्यहरु बताउँछन् ।
१४७ वटा दफा रहेको विद्येयकमा कुलिङ्ग पिरियड,उमेर हद ६० बनाउने बिषयमा लफडा रहेको बताइन्छ । उमेर हद एकै पटक ६० बर्ष पु¥याउने वा ६/६ महिनाको फरक गराउने भन्ने बिषयमा मतभेद छ । स्वार्थ समूहले यही बिषयमा खेलिरहेको समितिका सदस्यहरु बताउँछन् ।

स्वार्थ समूहले कुन हदसम्म खेलिरहेको छन् भन्ने बुझ्न समितिका सचिव सुरजकुमार दुराले अवकाशको उमेर कार्यान्वयनबारेको विधि वाचन नै नगर्नुलाई मान्न सकिन्छ ।
उमेर हद बढाउने लबिङ्गमा बहालवाला सचिवहरु रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव,कानुन सचिव,उर्जा सचिव,कृषि,पशुपक्षीदेखि मुख्यसचिवसम्म उमेर हद बढाउँदा लाभन्वित हुने प्रशासकहरु हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष