सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

नेपाल राष्ट्र बैंकका गभर्नर,नेप्से,धितोपत्र वोर्ड जस्ता नियामक निकायका प्रमुख नियुक्तिमा जोडिदै आएका एक विचौलिया पात्र हुन दीपक भट्ट ‘चन्दने’ । आफू कहिँ कतै नदेखिने,शासकदेखि प्रशासकसम्मलाई हातमा लिएर आफू अनुकुल काम फत्ये गराउँदै आएका उनै भट्टलाई समेत माथ खुवाउने गरी अर्काे विचौलिया निस्किएका छन् ।

बिज्ञापन

पछिल्लो समय उनै चन्दनेलाई समेत माथ खुवाउने गरी संघीय मामिला तथा सामान्य प्रशासन,भूमि व्यवस्था मन्त्रालय,गृह मन्त्रालयको मन्त्री र सचिवको कार्यकक्षमा धर्ना दिइरहेका भेटिन्छन्,उनी ।  उदयपुर घर भएका उनी स्कारपिओ चढेर हिड्छन्,कहिल्यै मास्क खोल्दैनन् र क्याप टोपीले अनुहार छोपेर हिड्छन् । जस्को बास नै गृह,सामान्य,भूमि मन्त्री,सचिव र कर्मचारी प्रशासनमा देख्न पाइन्छ । ०७४ सालमा मोहन कृष्ण सापकोटा सामान्य प्रशासन सचिव हुँदा ती  सिंहदरबारमा इन्ट्री पाएका ती खेलाडी हुन प्रमोद खड्का । पछिल्लो समय सामान्य र भूमि प्रशासनका कर्मचारी सरुवामा उनको ठाडो हस्तक्षेप रहँदै आएको कर्मचारीहरु अनुभव सुनाउँछन् । महानिर्देशकमा विदुर खनाललाई लैजानका लागि मोटो रकमको व्यवस्था गर्ने पनि उनै हुन भन्छन्,कर्मचारीहरु । तत्कालीन महानिर्देशक कृष्ण सापकोटालाई खड्काले लैजाने पनि तिनै हुन भन्छन्,भूमि मन्त्रालयका भुक्तभोगी । अहिलेसम्मको सरुवामध्ये सबैभन्दा बढी विवादमा सरुवा सूची निस्किएको थियो,सोही समयमा । वर्तमान महानिर्देशक शिव रेग्मी डिजी बन्ने चर्चामा थिएनन् । लाइनमा थिए मदन कोइराला र श्रवण पोखरेल तर खरा प्रशासकका रुपमा चिनिएका यी प्रशासकहरुसँग सेटिङको काम नहुने भएका कारण आफ्नो पकेटका कर्मचारी रेग्मीलाई त्यहाँ लाने काम भएको बताइन्छ ।

बिज्ञापन

अहिले उपत्याकाका केही मालपोत कार्यालयका प्रमुखहरु उनैले परिवर्तन गरेको बताइन्छ । उदयपुरबाट साँखुमा कुमार खड्कालाई ,नवलपरासीबाट कलकीको प्रमुख पुरण केसी,मन्त्रालयमा लामो समयदेखि बरण्डामा रहेका जीवन सेढाईलाई ललितपुर लैजादा लाखौं लाखको खेलोमेलो भएको बताइन्छ । उसो त हेटौंडाका रघुवंश कँडेल,वेलवारीमा मदन घिमिरे,झापाबाट राजेश प्रसाद पोखरेलसँग लाखौंका दरले उठाइएको बताइन्छ । पछिल्लो समय उपत्याकाका चल्तीका मालपोत कार्यालयहरुको खरिदार,नासु,अधिकृतसम्मको सरुवामा उनैले गर्ने गरेको बताइन्छ ।

 

बिज्ञापन

उसो त केही साता अघिमात्र कास्की मालपोतमा कार्यालय प्रमुख भएर गएका थिए, चिरञ्जिवी पौडेललाई हटाएर त्यहाँ रामचन्द्र अधिकारीलाई लैजान जोडबल गर्ने र सामान्य र भूमि दुवैतिर लाइन मिलाउन दौडने पनि उनै हुन । तीन महिना अगाडिमात्र त्यहाँ पुगेका पौडेललाई उनलाई त्यहाँबाट नझिकी भएको छैन,विचौलियाको समूहलाई । ०५६ सालका १ नम्बरका अधिकृत हुन,पौडेल । उनका व्याजीहरु कोषहरि निरौला,नेत्र सुवेदी इन्दु घिमिरे सहसचिवको भूमिका छन् । रामेश्वर दंगाल सचिवै भए । श्रीमती रोगी हुँदा अध्ययन र परीक्षामा जुट्न नसकेका कारण उपसचिवमै छुटेका उनी अवको आठ महिना पछि उमेर हद लागेर घर फर्किदै छन् ।

 

जागिरे जीवनको १३ बर्ष दमौली,लमजुङ्ग,स्याङ्गजा मालपोतमै बिताएका वेदागी कर्मचारीका रुपमा चिनिएका पौडेलभन्दा पनि तीन बर्ष जुनियर (५९ का शाखा अधिकृत) हुन, गोकर्णमणि दुवाडी । दुवाडी भूमि मन्त्रालयको सचिव हुँदा कास्की मालपोतमा खटाइएको थियो पौडेललाई तर एक दिनमै त्यहाँबाट सरुवामा परे अर्थात उपसचिवको सरुवा गर्दा गोकर्णको कुर्सी हल्लियो र लमजुङ्ग खटाइयो । कास्कीमा दुई बर्षभन्दा बढी समय बिताएका रामचन्द्र अधिकारीलाई लमजुङ्ग पठाएर पौडेललाई कास्की सरुवा गरिएको थियो गत असोज ६ गते । अवधि नपुगी सरुवा गरिएको भन्दै रामचन्द्र अदालत पुगे । अदालतले उनको माग अनुसार स्टे अर्डर नदिएपछि त्यहाँ गत पुस २६ देखि हाजिर भएका हुन चिरञ्जिवी । तर तीन महिना नबित्दै उनको सरुवा गर्न विचौलियाको समूह लागि परेको छ । सो समूहले आफू अनुकुलको उपसचिव रामचन्द्र अधिकारी नै खोज्नुको रहष्य हो ‑भाट,राणा,शाह हुँदै थकालीहरुको नाममा कास्कीको बाटुलेचौरमा रहेको १३५ रोपनी क्षेत्रफलमा फैलिएको लिचि बगैचा । सो जग्गा हत्याउने योजना अनुरुप आफू अनुुकलको कर्मचारी खोजी गरिरहेका छन् खड्काले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष