निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन गरिएको पाइएको छ । यस अघिको निजामती सेवा ऐन, २०४९ मा भएको पदपूर्तिको व्यवस्थालाई संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० ले व्यापक परिमार्जन गरेको छ ।

बिज्ञापन

गत फागुनमा संघीय निजामती सेवा विधेयकका विवादित बिषयहरुलाई टुंगोमा पुर्याउन भन्दै राज्यव्यवस्था समितिले सत्तारुढ कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू संयोजकत्वमा कांग्रेसका ईश्वरीदेवी न्यौपाने, एमालेका रघुजी पन्त र लिलानाथ श्रेष्ठ, माओवादीका हितराज पाण्डे, रास्वपाका डा चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ, जसपाका अशोक राई, जसपा नेपालका प्रकाश अधिकारी, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र लोसपाका सर्वेन्द्रनाथ शुक्ला सहित ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले मुख्य १४ वटा विषय पहिचान गरेर २० वटा बैंठक बसेको थियो ।
संघस्य निजामती सेवा विधेयकसँग सरोकार राख्ने सरकारी पक्षहरू लोकसेवा आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन मन्त्रालयका पदाधिकारीसँग छलफल गरी प्रतिवेदन तयार पारे र मूल समितिमा बुझाइसकेको छन । तर कतिपय विवादित बिषयमा उपसमिति नै मतैक्य हुन सकेन । जहाँ सत्तापक्षका सांसदहरुको एकाथरी मत रह्यो भने प्रतिपक्षमा रहेका सांसदहरुको फरक मत । सोही कारण कतिपय विवादित प्रावधानमा प्रतिपक्षका पाँच जना सांसदहरुले नोट अफ डिसेन्ट लेखेर प्रतिवेदन तयार पारी मूल समितिमा बुझाएको समितिका एक सदस्यले कर्मचारी प्रेसलाई बताएका छन् ।

बिज्ञापन

समितिका एक संयोजक सहित ११ सदस्य रहेकोमा यी बिषयमा ५ जनाको फरक मत रहेको छ । यसरी नोट अफ डिसेन्ट लेख्नेमा रास्वपाका चन्दा कार्की, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, हितराज पाण्डे र राजेन्द्र पाण्डे रहेका छन् ।  समितिले विधेयकलाई गोप्य रूपमा छलफल गरेर पदपूर्तिको व्यवस्थामा व्यापक परिमार्जन गरी प्रतिवेदन मूल समितिलाई बुझाएको हो । उपसमितिले मूल समितिमा बुझाएको प्रतिवेदनमा निजामती सेवामा १५ तह बनाएको छ । यस अघि १४ तहको व्यवस्था गरिएकोमा उपसमितिले अतिरिक्त सचिव समेत रहने व्यवस्था राखेको उपसमितिका एक सदस्यले कर्मचारी प्रेसलाई जनाएका छन् ।

बिज्ञापन

यस्तै यस अघि सहसचिवमा खुला प्रतिस्पर्धा १० प्रतिशत रहने व्यवस्था गरेकोमा उपसमितिले उक्त व्यवस्था हटाएको छ । अब सहसचिवको प्रतिष्प्रर्धामा १५ प्रतिशत अन्तरतह प्रतियोगिताबाट र ८५ प्रतिशत बढुवाबाट सहसचिव हुने व्यवस्था गरेको छ । सरकारले भने सहसचिवमा १० प्रतिशत खुला प्रतियोगितबाट, १० प्रतिशत अन्तरतह र ८० प्रतिशत बढुवाबाट लिइने प्रस्ताव गरेको थियो । यस्का अलवा राजपत्रांकित तृतीय श्रेणी अधिकृत सातौँ पदमा खुलामा ६० प्रतिशत, अन्तरतहमा १० प्रतिशत र बढुवामा ३० प्रतिशत व्यवस्था गरेको छ ।

Ain 2049
यस्तै,श्रेणीविहीन अर्थात राजपत्र अनङ्कित पाँचौँ श्रेणी शतप्रतिशत नै खुला प्रतियोगिताबाट पदपूर्ति गर्ने, राजपत्र अनङ्कित द्वितीय श्रेणी खुला प्रतियोगिताबाट ७० प्रतिशत, आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट १० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था राखिएको छ । राजपत्र अनङ्कित प्रथम श्रेणी खुला प्रतिस्पर्धाबाट ४० प्रतिशत, कार्यक्षमताको मूल्याङ्कनबाट २० प्रतिशत र ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था ऐनमा थियो ।

त्यस्तै राजपत्रांकिततर्फ तृतीय श्रेणीमा खुला प्रतियोगिताबाट ७० प्रतिशत तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ३० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरेको थियो । द्वितीय श्रेणीमा भने खुला प्रतियोगिताबाट १० प्रतिशत, कार्यक्षमताको मूल्याङ्कनबाट ३५ प्रतिशत, आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ३५ प्रतिशत बढुवा गर्ने व्यवस्था थियो ।

 

bidheak
विधेयकमा सहायक पहिलो शतप्रतिशत नै खुला प्रतियोगिताबाट, सहायक चौथो खुला प्रतियोगिताबाट ८० प्रतिशत, अन्तरतह प्रतियोगिताबाट १० प्रतिशत र बढुवाबाट १० प्रतिशत तथा सहायक पाँचौँ बढुवाबाट शतप्रतिशत पदपूर्तिको व्यवस्था राखिएको छ । अधिकृत सातौँ खुला प्रतियोगिताबाट ६५ प्रतिशत अन्तरतह प्रतियोगिताबाट १० प्रतिशत र बढुवाबाट २५ प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको छ ।

अधिकृत नवौँ खुला प्रतियोगिताबाट १० प्रतिशत, अन्तरतह प्रतियोगिताबाट २० प्रतिशत र बढुवाबाट ७० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था राखिएको छ भने अधिकृत एघारौँमा भने खुला प्रतियोगिताबाट १० प्रतिशत, अन्तरतह प्रतियोगिताबाट १० प्रतिशत र बढुवाबाट ८० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था राखिएको छ । upasamiti

यस्तो थियो निजामती सेवा ऐन २०४९ मा पदपूर्तिको व्यवस्था

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष