राधेराधे यातायातमा हाकिमको ‘बस्नेतवाद’,सरुवा वदर गर्दै त्यही फर्कदै

पछिल्लो समय राजनीतिमा जसरी ठूला दल काँग्रेस र एमालेको महागठबन्धन छ । उस्तै प्रकारको गठबन्धन देखिन्छ सरकारी सेवामा । एकै भेग,एउटै पार्टीका मात्र होइन एकै थरी कर्मचारीहरु भेला गरेर सेटिङमा चलिरहेको छन्,कतिपय सरकारी कार्यालयहरु ।

बिज्ञापन

जस्तो :पानीपोखरीमा अवस्थित खानेपानी विभागमा पछिल्ला तीन जना हाकिमहरु एउटै जिल्ला गोर्खा,त्यो पनि एकै पालिकाका महानिर्देशक चलाइरहेका छन् । यो पक्कै पनि संयोग मात्र होइन । यस्मा सेटिङको ठूलै गन्ध देख्छन्,सुशासनका पक्षधरहरु । गृह मन्त्रालयमा पर्वतेहरुको कब्जामा छ भने पर्यटन मन्त्रालय सुदूरपश्चिमेलीहरुको बाहुल्य छ,रसुवा भन्सारमा खोटाङकै चार जना बस्नेतहरु कार्यरत रहेका छन् ।

बिज्ञापन

यस्तै अनियमितता रहेको एउटा कार्यालय हो, भक्तपुरस्थित राधेराधे यातायात कार्यालय । अहिले त्यहाँका प्रमुख छन्,डण्ड बहादुर बस्नेत । उक्त कार्यालयमा हाकिमको बस्नेतवाद राम्रैसँग फस्टाइरहेको देखिन्छ । आजीवन यातायातमै घुमेर जागिर खाएका अधिकृत जीवन बस्नेत र विनोद बस्नेतहरु त्यहाँका हर्ताकर्ता कर्मचारी हुन । बस्नेतद्धय खोटाङका हुन । गाविस सचिवबाट जागिर प्रारम्भ गरेका र छोटै समयमा आर्थिक रुपमा सफल भएका कर्मचारीका रुपमा चिनिन्छन् ।

पूर्व मन्त्री गोकुल बाष्कोटाको नाम लिएर उनी निकटको हुँ भन्दै हिड्ने बस्नेत, यस अघि कार्तिक दोश्रो साता प्रदेश सरकारले सरुवा गरेको थियो । प्रदेशका ८६ जना कर्मचारी सरुवा हुँदा बस्नेत पनि सरुवामा परेका थिए तर चलखेल गरेर उनी सरुवा उल्टाउन सफल मात्र भएनन्,सोही कार्यालयमा फर्कन सफल भएका छन् ।

बिज्ञापन

मुलुकमा सुशासन कस्तो छ भन्ने कुरा बर्षौदेखि यातायात कार्यालयमा रजगज गर्दै आएका कर्मचारीबाट बोध गर्न सकिने कर्मचारीहरु नै बताउँछन् । निजामती सेवा ऐनले हरेक दुई बर्षमा सरुवा हुनुपर्ने प्रावधान राखिएको छ तर यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले आफ्नो बपौतीजस्तो ठानी आजीवन यातायात कार्यालयमा मात्र घुमिरहनुको कारण के होला ?

सोही कार्यालयमा छन्, जीवन बस्नेत ।  १५ बर्षदेखि  बस्नेत विभिन्न यातायात कार्यालय घुमिरहेका छन् । पिएनदेखि जागिर शुरु गरेका विनोद बस्नेतले दश बर्षभन्दा बढी समय यातायात कार्यालयमै बिताइरहेका छन् । उनी राधेराधेमा कार्यरत रहँदा अधिकृत छैंटौंमा बढूवा भएका हुन ।

निजामती सेवालाई ऐन ०४९ को परिच्छेद ४ दफा १८ र नियमवाली २०५० को परिच्छेद ६ नियम ३६ मा कम्तिमा डेढ वा दुई बर्षमा सरुवा गर्ने प्रावधान छ । तर यातायात कार्यालयका ८० प्रतिशतभन्दा बढी कर्मचारीहरु आजिवन यातायातमै घुमिरहन्छन् । संयोगवश,अन्यन्त्र सरुवा भए पनि मालपोत,श्रम,अध्यामगनतिर दुई चार बर्ष चरेपछि पुन यातायातमै फर्कन्छन्,कारण स्पष्ट छ अकुत सम्पत्ति आर्जन ।

पछिल्लो समय सो कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी थुपारेर राखिएको छ । बाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार यातायात व्यवस्था कार्यालय राधे राधेमा दरबन्दीभन्दा १३ जना बढी कर्मचारी थुपारेर राख्नुको अन्तर्य के होला ? जबकी, एकान्तकुना यातायातमा भने ५४ जना कर्मचारीको दरबन्दी भएकोमा दरबन्दीको आधा कर्मचारी पनि छैनन् ।

उसो त राधे रोध यातायात कार्यालय नै कर्मचारीले कम र ट्रयाल सेन्टर सञ्चालकहरुले बढी चलाउने गर्दछन् भन्ने आरोपमात्र होइन कि प्रष्ट देखिएको छ । कर्मचारी प्रेसलाई प्राप्त कागजात अनुसार सोही कार्यालयबाट क्यानडामा उमेद्धार राखेर त्यहाँ खेताला परीक्षार्थीले परीक्षा लगाएर पास गराइएको उजुरी गडबडीविरुद्ध उजुरी टंगालमा पुग्छ तर अख्तियारले छानबिनमा चासो नदिँदा बदमासी गर्नेहरुको हौसला झनै बढेको छ ।

जस्तो गत २०८० असोज २३ गते बर्ग ‘बी’ को ट्रायल परीक्षा सि न १२२ का परीक्षार्थी क्यानडामा बसोबास गर्दै आएका छन् । उनको नाममा खेताला उमेद्धारले परीक्षा दिए र उत्र्तीण पनि भए । सिन २२१ को नक्कली परीक्षार्थी खडा गरी लाइसेन्स दिने काम तमाम पारियो । यस्का अलवा मृतकका नाममा समेत त्यहाँबाट लाइसेन्स इस्यु भइरहेको याताायातकै कर्मचारीहरु बताउँछन् ।

त्यहाँका कर्मचारीहरुले ट्रयाल सेन्टरसँगको मिलेमतोमा अनुत्र्तीण भएकालाई उत्र्तीण गराउने,खेताला लगाएर परीक्षा दिइ लाइसेन्स दिने धन्दा चलिरहेको बताइन्छ । यस्का अलवा ०८० माघको पहिलो शुक्रवार सि नं ४ का सेवाग्राहीलाई जे जे टुमा बायोमेट्रिक नगराई परीक्षा दिन लगाएको यातायातकै कर्मचारीहरुले बताउँदै हिडेका थिए । त्यहाँ हेभी गाडीमा उत्तीर्ण गराएबापत २० देखि ८० हजारसम्म असुल गरिन्छ । कारको १० हजार, बसको १५ हजार, बाइकमा आठ हजार उठाइँदै आएको छ ।

लिखित परीक्षा सञ्चालन वापत सेवाग्राहीसँग अझैं पनि असुल उपर जारी रहेको पीडितहरुको गुनासो छ । सोही कार्यालयका एक अधिकृतले हाल कोरियामा रहेका एक व्यक्तिलाई १५ हजार लिएर स्कुटीको लाइसेन्स दिलाएको समेत कर्मचारी प्रेसले भेटेको छ ।

यस बिषयमा कर्मचारी प्रेसले त्यहाँका कार्यालय प्रमुख बस्नेतसँग प्रतिक्रिया माग्दा अख्तियारमा उजुरी परेको बिषय अख्तियारले नै काम कारवाही अगाडि बढाउँला भन्दै तर्किए ।
यही र यस्तै सेटिङबाट आजित भएर हालैमात्र अख्तियार प्रमुख प्रेम राइले बार्षिकोत्सवमा यातायात,मालपोत,नापी,अध्यागमन,वैदेशिक रोजगार कार्यालयमा सेवा प्रभावकारी हुन नसकेको र नागरिकलाई सहज र सरल सुविधा दिने सम्बन्धमा थप शुल्क लिदैं आएको अभिव्यक्ति नै दिएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष