विषय प्रवेश
भू–राजनीति भौगोलिक चरहरूको अध्ययनबाट अन्तर्राष्ट्रिय राजनीति, विदेश नीति, र सम्बन्धहरूलाई बुझ्ने विधि हो। यसले क्षेत्र विशेषको जलवायु, स्थलाकृति, जनसांख्यिकी, र प्राकृतिक स्रोतहरूको विश्लेषणमार्फत अन्तर्राष्ट्रिय सम्बन्धमा भौगोलिक प्रभावहरूको व्याख्या र भविष्यवाणी गर्दछ। यो राजनीतिक भूगोलको एउटा सिद्धान्त हो।भू–राजनीति शब्द सन् १८९९ मा रुडोल्फ जेलेनले प्रयोग गरेका थिए। ह्याल्फोर्ड जोन म्याकिन्डर भू–राजनीतिका अग्रणी चिन्तक मानिन्छन्। पहिलो र दोस्रो विश्वयुद्धको बीचमा जर्मनीले यो विचारलाई शाही महत्वाकांक्षाका लागि प्रयोग गरेपछि यसले आलोचना भोग्यो। तर, शीतयुद्धको समयमा ब्रजेन्स्कीले यसलाई पुनः मान्यता दिए।नेपालको सन्दर्भमा भू–राजनीति भारत र चीनसँगको सम्बन्धमा केन्द्रित छ। नेपालले आफ्नो भूगोललाई अवसरमा बदल्न र अधिकतम लाभ लिन राष्ट्रिय सहमतिका लागि विमर्श आवश्यक छ।
बिज्ञापन
नेपालको भूराजनीतिको परिवेश
नेपालको भूगोलले यसको सामरिक र रणनीतिक महत्वलाई स्पष्ट बनाउँछ, किनकि यो चीन र भारत जस्ता प्रमुख शक्तिहरूको बीचमा स्थित छ। चीनसँग नेपालको सिमाना करीब १४०० किलोमिटर र भारतसँग १८०० किलोमिटर लामो छ। नेपाल र चीन बीच भिसा प्रणाली लागू भएको कारण व्यापार र आवतजावत सीमित छन्, जबकि भारतसँग खुला सिमाना र धेरै व्यापारिक नाकाहरू छन्। नेपालका सामाजिक, सांस्कृतिक र राजनीतिक दृष्टिकोणले पनि भारतसँग बढी समानता देखिन्छ।
बिज्ञापन
नेपालको भौगोलिक अवस्थिति उच्च हिमाली क्षेत्र र समतल मैदानबीचको सन्धि जस्तै छ, जसले गर्दा यसको भू–राजनीति र अर्थ–राजनीतिक परिप्रेक्ष्यमा एक विशेष भूमिका रहेको छ। नेपाल, चीनको तिब्बती पठार र भारतको समतल भूभागबीच फैलिएको हिमालय शृंखलासँग जोडिएको एक महत्वपूर्ण कडी हो।
नेपालको भूराजनीतिको प्रभाव
नेपालको भूगोलको हिसाबले झन्डै एकतिहाइ भूभाग तिब्बतीय पठारको अंग छ । जनसांख्यिक हिसाबले ठुलो जनसंख्या दक्षिणपट्टि ढल्किएको अवस्था छ । त्यो कारणले गर्दा भारत र चीनबीच नेपालको भू–राजनीति ऐतिहासिक रूपले अलि दक्षिणतिर फर्किएकै हो । एक हिसाबले भारत र चीनबीच भर्याङजस्तो भएर नेपाल उभिएको छ र यो भर्याङ दक्षिणपट्टि ढल्किएको छ । त्यसले नेपालको भू–राजनीतिलाई विशिष्ट रूप दिएको छ । हामी दुईवटा समतल जमिनको बीचको पुल भएको भए दुवैपट्टि बराबर सम्बन्ध हुन सक्थ्यो । तर, एकापट्टि दुर्गम हिमाल र अर्कापट्टि सुगम मैदानबीच भ¥याङका रूपमा ठडिएको नेपाल भूगोलको कारण स्वतः दक्षिणपट्टि बढी ढल्किएको छ । सँगसँगै हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध दक्षिणतिर बढी ढल्किन पुगे । खासगरी सुगौली–सन्धियता देशभित्रको जहाँनिया निरंकुश राजनीतिक प्रणालीले गर्दा हाम्रा सम्बन्ध दक्षिणमा मात्रै निर्भर हुन पुगे । पछिल्लो चरणमा उत्तरतर्फ थोरै नाका र आर्थिक सम्बन्ध विस्तार गर्न खोजे पनि व्यवहारतः अझै दक्षिणतिर ढल्किरहेको अवस्था छ । हाम्रो छिमेकी सम्बन्ध उत्तर र दक्षिणको समदूरीमा नभई दक्षिणपट्टि नै ढल्किँदै आएको कारणले गर्दा विगतमा पटक–पटक नाकाबन्दीजस्ता दुःखद घटना व्यहोर्नुपर्ने अवस्था, व्यापार घाटा धान्नै नसक्ने गरी चुलिँदै गएको अवस्था र राजनीतिक रूपले पनि अक्सर असहजता कायम रहेको अवस्था छ । दुईवटा छिमेकीबीच रहेको यो अप्ठ्यारोपन व्यवस्थापन गर्न ऐतिहासिक रूपले हामीलाई निकै कठिनाइ पर्दै आएको छ । नेपालको तत्कालीन सन्दर्भमा उदीयमान शक्तिराष्ट्रका रूपमा रहेका चीन र भारत तथा पहिल्यैदेखि महाशक्ति रहेको अमेरिका, यी तीनवटा पक्षको द्वन्द्व र चासोले निकै महत्व राख्छ ।यसैबीच केही दशकयता चीनले अभूतपूर्व ढंगको आर्थिक विकास ग¥यो । नेपालले पनि बिआरआईको अंग बनेर चीनसँग सम्बन्ध बढाउन देखाएको तत्परताले हामीलाई दक्षिणतिर मात्रको परिनिर्भरतालाई अलिकति भए पनि सोझ्याउने अवसर दिएको छ । तर, व्यवहारतः अहिलेसम्म त्यो खासै अगाडि बढ्न सकिरहेको अवस्था छैन । चीन बिस्तारै विश्वशक्तिका रूपमा उदय हुँदै गएकाले स्वतः अमेरिकाको त्यता ध्यानाकर्षण भएको छ । पछिल्लो अमेरिकी अन्तर्राष्ट्रिय नीति मुख्य रूपमा चीनको विस्तारलाई कसरी रोक्ने भन्नेतर्फ निर्देशित रहेर बन्न खोजेको प्रस्ट हुन्छ । यसैक्रममा अमेरिकाले केही वर्षदेखि इन्डो–प्यासिफिक रणनीति अगाडि सारेको छ । त्यसका निम्ति अमेरिकाको पश्चिमी तटदेखि भारतको पश्चिमी तटसम्मको क्षेत्रलाई मुख्य प्रभाव क्षेत्र मानेर अमेरिका, भारत, अस्ट्रेलिया र जापानको चौकोण निर्माण गर्दै चीनलाई रोक्ने रणनीति अमेरिकाले बनाएको छ । नेपालले समेत एमसीसीको सहयोग स्विकार गरिसकेको अवस्था विधमान रहेको छ ।
बिज्ञापन
नेपालको भूराजनीतिका चुनौतिहरु
नेपालको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक संरचनाहरू कमजोर भइसकेका छन्, र बाह्य शक्तिहरूका स्वार्थ अनुसार नेपाललाई प्रयोग गर्ने अवस्था देखिन्छ । राजनीतिक अस्थिरता र आन्तरिक कमजोरीहरूको कारण, नेपालका छिमेकी भारत र चीनबीचको तीव्र प्रतिस्पर्धामा फँसिएको छ । भारत र चीन, दुवै देश नेपालमा आफ्नो प्रभाव जमाउन सक्रिय छन्, जहाँ भारतको सुरक्षा र आर्थिक चासो प्रमुख छ । नेपालको दीर्घकालीन भूराजनीतिक स्वार्थ भारत र चीनसँग सन्तुलन राख्न गाह्रो भइरहेको छ ।
नेपालले आफ्नो राष्ट्रिय हितको रक्षा गर्दै, अन्तर्राष्ट्रिय सहयोग र समर्थन प्राप्त गर्नको लागि प्रभावकारी कूटनीति र समन्वय आवश्यक छ । यस क्रममा नेपालले विदेशी सहायता, सुरक्षा, र व्यापारिक सहयोगको समुचित प्रबंधन गर्दै, आफ्नो अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र राष्ट्रिय प्राथमिकता सुनिश्चित गनुपर्ने चुनौतिहरूको सामना गर्दै आएको छ।
नेपालको भूराजनीतिका अवसरहरु
नेपाल भू–राजनीतिको एक्टर नभए पनि भू–राजनीतिले ल्याएका बहुआयामिक असरहरू खेप्दै आएको छ । बहुध्रुवीय विश्व नेपालका लागि नयाँ होइन । यो हिजो पनि थियो, भोलि पनि हुनेछ । यति भन्दै गर्दा, भू–राजनीतिले चुनौती मात्र होइन, आर्थिक अवसर पनि हो । समकालीन अन्र्तराष्ट्रिय र क्षेत्रीय परिस्थितमा तीव्र परिवर्तनभई विश्वको शक्ति सन्तुलनमा वद्लाव देखापरेको छ । मुलुकले हाँसिल गरेको राजनीतिक स्थायित्व, लोकतन्त्र, दिगो शान्ति र विकासको नयाँ परिवेशमा राष्ट्रिय हित र परराष्ट्र नीतिका सम्वन्ध्मा स्पष्ट मार्गदर्शन प्राप्त भएकाले नेपाललाई भूराजनीतिको सदुपयोग गर्ने पर्याप्त अवसरहरु रहेका छन् । त्यसैगरी भूराजनीतिको सदुपयोगवाट नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण राख्दै सबल, समुन्नत, शान्तिपुर्ण र परिस्कृत राष्ट्र निमार्णमा योगदान पुरयाउन सक्ने अवसर प्राप्त भएको छ । भूर।ानीतिलाई प्रभावकारी रुपमा उपयोग गर्नसकेमा नेपालका लागि यो अवसर बन्न सक्दछ ।
आगामाी कार्य दिशा
नेपालले आफ्नो भूराजनीतिक स्थिति र विश्वव्यापीकरणका क्रममा आर्थिक तटस्थता प्राप्त गर्न सम्भव नभएको देख्दै, राष्ट्रहितलाई मध्यमा राख्दै समदूरी र परिपक्व वैदेशिक नीति अपनाउन आवश्यक रहेको छ। नेपालको मुख्य उद्देश्य शान्ति, समृद्धि, र दिगो विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य र कूटनीति सुदृढ गर्नु पर्छ। भारत र चीनसँगको सुमधुर र आत्मनिर्भर सम्बन्ध विकास गर्ने, र विदेशी लगानी आकर्षित गरेर आन्तरिक अर्थतन्त्रलाई सुदृढ गर्ने कार्य प्राथमिकता हुनुपर्छ।
नेपालले आफ्नो आन्तरिक राजनीतिक स्थिरता, संघीयता र समावेशी लोकतन्त्रको अभ्यास गरेर राष्ट्रिय एकता कायम राख्नुपर्छ। बाह्य सम्बन्धहरूको सन्दर्भमा, नेपालले चीन, भारत र अमेरिकासँग सन्तुलित कूटनीतिक नीतिको पालन गर्नुपर्छ, जसले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै आर्थिक र सुरक्षा चासोहरूलाई समेट्न सकिन्छ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई न्यायपूर्ण, निष्पक्ष र सहयोगात्मक बनाउँदै, देशको स्वाधीनता र आर्थिक समृद्धि सुनिश्चित गर्न महत्त्वपूर्ण छ। यसको लागि नेपालले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै, विश्वशान्ति र भाइचारा प्रवद्र्धन गर्ने र विभिन्न राष्ट्रसँगका सम्बन्धलाई सुदृढ गर्न ध्यान दिनुपर्छ।
निष्कर्ष
नेपालले भूराजनीतिवाट प्राप्त अवसरहरुको उपयोग गर्दै यसबाट पर्नसक्ने चुनौतीहरुको वेलैमा पहिचनागरी भूपरिवेष्ठत राष्ट्रको रुपमा मुलुकले पाउने पारवहन स्वतन्त्रताको निर्वाध, सरल एवम् सहज उपयोग सुनिश्चितता गर्ने दिशामा अगि वढ्नु जरुरी रहेको छ । पारस्परिक सहयोगद्वारा औद्योगीकरणको विकास गर्दै विद्युत्, खाद्यान्न, पर्यटन,जडीबुटी, खनिज, चिया, जनसांख्यिक लाभको सदुपयोग दुवैतर्फको बजारमा गर्दै अन्तर्राष्ट्रिय अर्थ–राजनीतिक अन्तरसम्बन्धलाई सन्तुलित ढंगले कूटनीतिक कौशलताका साथ नेपालको भूगोल ककपिटको रूपमा प्रयोग हुनसक्ने खतरातर्फ सजग रहँदै राष्ट्र हितमा आधारित भारत, चीन र अमेरिकासँगको अन्तरसम्बन्धलाई विकसित गर्न सके नेपालको भू–राजनीतिक जटिलता वरदान सावित हुन सक्दछ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन ।)