रसुवामा रेञ्जर नितेन्द्रको आतंक,जिल्लामा उठाउने,विभाग -मन्त्रालय मिलाउने

लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जको रेञ्जर नितेन्द्र सिंहले जिल्लामा आतंक मच्चाएका छन् । झण्डै एक दशकदेखि त्यहाँ कार्यरत उनले जलविद्युत परियोजना,होटल व्यवसायीसम्मलाई आतकित पारेको गुनासो जिल्लाका होटल व्यवसायी र जलविद्युत परियोजना सञ्चालकहरुले जनाएका छन् ।
झण्डै एक दशकदेखि निकुञ्जमा कार्यरत सिंह जिल्लामा रहेका जलविद्युत परियोजनासँग रकम उठाउनेदेखि विवादित जनप्रतिनिधिहरुलाई घरमै गएर भेट्ने प्रकरणमा मुछिएर बदनामी कमाएका कर्मचारी हुन ।

बिज्ञापन

पटक पटक भइसकेको सरुवा समेत उल्टाएर शक्तिकेन्द्रको बलमा त्यही टिक्दै आएका सिंहको स अघिका वार्णेन अणनाथ वरालसँगै राष्ट्रिय निकुञ्ज विभागमा सरुवा भएको थियो ।यस अघि कोशी टप्पु वन्यजन्तु आरक्षमा सरुवा गरेर पठाइएको थियो तर दुई महिनामै फर्किएर उनी लारानीमा पुगेका थिए ।

बिज्ञापन

अणनाथ सरुवा भएर हिडिसकेका छन् भने सिंहले शक्तिकेन्द्रको बलमा सरुवा उल्टाएर लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जमै रजगज गरिरहेका छन् । ०७१ सालमा हरिभक्त आचार्य निकुञ्जको प्रमुख संरक्षण अधिकृत (वार्णेन) हुँदा त्यहाँ पुगेका उनी त्यस यता ६ जना हाकिम फेरिसक्दा समेत उनी त्यही रजगज गरेर बसिरहेका छन् । निकुञ्जमा आचार्य पछि युबराज रेग्मी,सुस्मा राना,प्रमोद भट्टराई,अण नाथ बराल हुँदै अहिले श्याम कुमार साह संरक्षण अधिकृतको भूमिकामा छन् । निजामती ऐनले हरेक कर्मचारी दुई बर्षमा सरुवा हुने पर्ने व्यवस्था गरेको भए पनि सिंह भने ९ बर्षदेखि एउटै कार्यालयमा कार्यरत छन् ।

लामो समयदेखि निकुञ्जको मुद्धा शाखाको जिम्मेवारी सम्हालिरहेका उनी मुद्धामा मोलाहिजा गरेर बदनामी कमाइरहेका छन् । मुद्धा शाखामा कार्यरत उनी अनुगमनमा नाममा जिल्लामा सञ्चालित जलविद्युत परियोजना,होटल व्यवसायीदेखि मुद्धामा ठोकिएका सम्बन्धित व्यक्तिहरुका घर घरमा पुग्ने गरेका छन् ।

बिज्ञापन

जस्तो गोसाइकुण्ड गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष मिङमर छिरिङ तमाङले सार्वजनिक जग्गा मिचेर घर बनाए । गोसाईकुण्ड गाउँपालिका वडा नं २ निवासी मिङमर छिरिङ तमाङको कित्ता नं १२५ र १५८ मा कानुन विपरित सार्वजनिक जग्गा मिचेर बंगला ठडाएको बिषयमा अख्तियारदेखि जिल्लाका अन्य सरकारी निकायमा उजुरी परेको थियो ।

अख्तियारमा उजुरी परेसँगै अख्तियारले सत्यतथ्य बुझेर आवश्यक कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेको थियो ८० साल माघ १४ मै । अख्तियारले जिल्ला प्रशासन,जिल्ला प्रशासनबाट पालिका हुँदै वडासम्म पत्राचार भएको थियो । लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जभित्र पर्ने यो जग्गाको लफडा हेर्ने र विवाद निरुपण गर्ने जिम्मेवारी उनै सिंहको काँधमा आइलागेको थियो । कार्यालयका अनुसार,यो विवाद सल्टाउने जिम्मेवारी उनै सिंहलाई दिइएको थियो ।

गोसाईकुण्ड गाउँपालिका वडा नं २ निवासी मिङमर छिरिङको वास्तविक जग्गा चार मिटर,घर ११ मिटरमा बनेको छ । सात मिटर जग्गा मिचिएको प्रष्ट देखिन्छ । यही मिलाउन नापी कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय,नितेन्द्रलाई समेत मोटो रकम खर्च गरिएको स्रोत बताँउछ । मुद्धामा मुछिएका र अनुसन्धानको दायरामा तान्नुपर्ने अध्यक्षको घरमा पटक पटक पुगेर नितेन्द्रले भेटघाट गरेको समेत बुझिएको छ ।मध्यवर्तीमा बसेर ढुङ्गा,गिटी,वालुवा,माटो,काठको काम अहिले उनैले गरिरेको निकुञ्ज स्रोतले जनाएको छ । निकुञ्जले तोकिएको हेक्टरभन्दा दोब्बर तेब्बरसम्म असुल्ने गरेको जलविद्युत परियोजनाका सञ्चालकहरु बताउँछन् । अपर त्रिशुली (२१६ एण्ड डब्लु इडिसी ) का यज्ञ पाण्डे मार्फत उनी कारोवार गरिरहेको जलविद्युत परियोजनाका कर्मचारीहरुले बताएका छन् ।उनले कार्यालय प्रमुखदेखि विभाग र मन्त्रालयसम्म मिलाउनुपर्दछ भन्दै जिल्लाका हाइड्रो,होटल व्यवसायीहरुहरुसँग रकम उठाउने गरेको आरोप छ ।माथिसम्मै मिलाउने यही खुबीका कारण ९ बर्षसम्म उनको सरुवा नभएको र भइसकेको सरुवा समेत बदर भएको विभाग स्रोतले जनाएको छ । निकुञ्जकै कर्मचारीहरुको अनुसार अनुमगनमा निस्कन लागेको पूर्व सूचना समेत चुहाएर फाइदा लिने गर्दै आएका छन् ।

यो बिषयमा कार्यालय प्रमुख साहसँग जिज्ञासा राख्दा सिंहको केही समय अगाडि सरुवा भए पनि विभागबाट सरुवा उल्टाएको स्वीकारेका छन् । यस्तै निकुञ्जले नै अनुमगनका लागि उनलाई खटाएको, गोसाईकुण्ड गाउँपालिका वडा नं २ निवासी मिङमर छिरिङको मुद्धा उनै सिंहले हेरेको स्वीकार गरेका छन् ।यो बिषयमा बुझ्नका लागि रेञ्जन सिंहसँग कर्मचारी प्रेसले सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष