सबै पुरुष ‘पीडक’ र सबै महिला ‘पीडित’

‘मर्द’ले आँशु झार्नु हुँदैन । छोरा मान्छे भएर रुनु हुँदैन । पुरुषले पीडा लुकाउनै पर्छ अर्थात देखाउन हुँदैन भन्ने भाष्य बनाइएको छ । पछिल्लो समय त पुरुष भनेको पीडक हुन् । पीडित हुन सक्दैन भन्ने पारिएको छ । सानैदेखि छोरा मानिस रुन हुँदैन भन्ने सुन्दै आएको पुरुष हत्तपत्ति रुन खोज्दैन । नरुन निकै कोशिस गर्छ । नरुनु भनेको पीडा नदेखाउनु पनि हो । तर जुनसुकै कुराले पनि निकास पाउनै पर्छ । पछिल्लो समय पुरुष पीडित भएका प्रशस्त उदाहरण छन् । तीमध्ये केही प्रतिनिधि घटना यहाँ उल्लेख गरौं ।
घटना–१
दुई वर्ष कतार बसेका हरिबहादुर कार्कीले आफ्नो सबै कमाइ नेपालमा रहेकी श्रीमतीलाई पठाए । जब उनी नेपाल फर्के श्रीमती लिन न विमानस्थल आइन्, न त डेरामा पुग्दा भेटिइन् । पछि सोधखोज गर्दा श्रीमतीले अर्कै घरजम गरिसकेको थाहा भयो । उनले हरिबहादुरको सम्पूर्ण सम्पत्ति दोस्रो श्रीमानको नाममा गराइसकेकी थिइन् ।
घटना–२
एक सरकारी उच्च अधिकारी कलेज पढ्दै गरेकी युवतीको मायामा परे । सम्बन्ध झाँगिदै नियमित भेटघाट हुन थाल्यो, सबै खालका सम्बन्धहरू स्थापित भए । केही समयपछि युवतीले आफू गर्भवती भएको भन्दै विवाहका लागि दबाब दिन शुरु गरिन् । तर उनी गर्भवती भने नभएको पत्ता लाग्यो । बरु उनले ती पुरुषसँग पैसा माग्न नाटक गरेको खुल्यो । एक लाख रुपैयाँमा हिसाब मिल्यो ।
घटना–३
विवाहका लागि राजी भएकी युवतीलाई लिएर एक युवक चितवनबाट काठमाडौं आए । काठमाडौंमा बस्दै गर्दा युवतीले श्रीमान काममा गएको बेला अर्कै पुरुषसँग संगत गर्न थालिन् । श्रीमानलाई पत्तै भएन । बरु उल्टै नयाँ पुरुषसँग सम्बन्ध राख्न थालेपछि बिहे गर्ने सल्लाह भएका युवकविरुद्ध बलात्कारको उजुरी दर्ता गराइन् । ती पुरुषलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । युवती अर्कै पुरुषसँग घरजम गरेर बसेकी छन् ।
विदेशमा बसेर नेपाल फर्किँदा श्रीमती र सम्पत्ति गुमाएको भन्दै प्रहरीमा आइपुग्ने पुरुषको संख्या बढ्दो छ । तर गोप्य सहमति र सम्बन्धपछि हुने हिंसामा भने प्रहरीलाई खबर गर्न जाँदैनन् । विवाद लेनदेनमा पुगेर टुंगिन्छ । यस्तो संख्या ठूलो भएको प्रहरीको अनुमान छ । यसबाहेक पुरुषहरू घरेलु हिंसामा पनि पर्ने गरेका छन् । समाजको सोच र व्यवहारका कारण पुरुष आफू हिंसामा परेको कुरा खुलाउनै चाहँदैनन् । निकै अप्ठेरोमा परेपछि मात्रै केहीले खुलाउने गरेका छन् । एक पटक प्रहरीसम्म पुगेको पाँच वर्षको तथ्यांक हेरौं ।
पाँच वर्षमा कति पुरुष पीडित भए त ?
२०७६/०७७ मा ८७४
२०७७/०७८ मा १२८२
२०७८/०७९ मा १७९०
२०७९/०८० मा १७८५
२०८०/०८१ मा ८०२ (पुससम्म)
महिलाले पुरुषलाई कानूनी व्यवस्थाको दुरुपयोग गरेर हिंसा गर्ने गरेको पाइएको छ । कानूनमा महिलालाई अग्राधिकार दिएको र हिंसाका सम्बन्धमा सामाजिक सोचसमेत पुरुष मैत्री नभएका कारण यस्तो हिंसा बढेको प्रहरीको अनुमान छ । समाजमा पुरुषवादी चिन्तन रहेको वास्तविकता लुकाउन सकिँदैन । तर घरेलु हिंसा, हनी ट्रयाप लगायतका थुप्रै कुरामा पुरुषहरू नजानिँदो रुपमा हिंसाको शिकार भइरहेका छन् । पुरुषलाई उजुरीको समेत अग्राधिकार नहुने र पति–पत्नीबीचकै विवादमा समेत उजुरी वा सम्बन्ध विच्छेदको मुद्दाका लागि सहज नहुँदा पुरुष हिंसाको ग्राफ प्रत्येक वर्ष बढ्दै गएको प्रहरीको तथ्यांक छ ।

बिज्ञापन

हिंसा हाम्रो संस्कृति होइन भनिन्छ तै पनि दिनदिनै हिंसाका घटना भइरहेका छन् । हिंसा एक व्यक्तिले अर्को व्यक्तिलाई दिने यातना, पीडा, दुःख र अपमान हो । हिंसा शारीरिक, मानसिक, आर्थिक, यौनजन्य वा जुनसुकै रूपमा पनि हुन सक्छ । कुटपिट गर्ने, चोटपटक लगाइदिने, यातना दिने, अपमान गर्ने, गालीगलौज गर्ने, डरधम्की देखाउने र त्रास उत्पन्न गर्ने व्यवहार हिंसाका हिंसा हुन् । हतोत्साहित गर्ने, जिस्क्याउने, गैरकानुनी रूपमा नजरबन्द वा थुनामा राख्नेजस्ता कार्य पनि हिंसाका रूप हुन् ।
पीडितमा केही लक्षण देखिन्छन् । पिर, चिन्ता बढी लिने, आत्मविश्वासमा कमी आउने, आत्मग्लानी हुने, एक्लोपनाको महसुस हुने, काम गर्दा जाँगर नआउने, थकान महसुस हुने र डराउने लक्षण देखिन्छन् । साथै, बच्चा तथा घर परिवारका सदस्यलाई माया र हेरविचार गर्नुपर्छ भन्ने भावना भित्रैदेखि नआउने, खानमा रुचि नहुने, आफ्नै स्याहारमा कमी गर्ने, सधैँ निरास रहनेदेखि आत्महत्याको सोचाइ आउनेसम्म हुन सक्छ  । समस्या देखिए पनि उपचारका लागि नजाने प्रवृत्ति पनि देखिन्छन् ।

बिज्ञापन

हिंसाले पीडकलाई पनि नकारात्मक असर पारिरहेको हुन्छ । लज्जित महसुस हुने, आफ्नै बालबच्चाले मन नपराउने, पीडितले पोल खोलिदेलान् र बेइज्जत होला भन्ने डर हुनुका साथै परिवारमा एक्लो पर्नेलगायत त्रास हुन सक्छ । लैंगिक हिंसाले पारिवारिक संरचनालाई नै खतरामा पार्छ । हिंसाले पार्ने असर दीर्घकालीन हुन्छन् ।
जसरी हिंसाको लिंग हुँदैन् त्यसैगरी पीडित र पीडकको पनि लिंग हुँदैन अर्थात् पुरुष पीडक मात्रै हुँदैनन्, पीडित पनि हुन्छन् । महिलाको हकमा पनि त्यही हो, महिला पीडित मात्रै हुँदैनन् । पीडक पनि हुन्छन् । संख्याका हिसावले कम बढी हुनसक्छ । त्यसैले सबै पुरुष ‘पीडक’ र सबै महिला ‘पीडित’ भन्ने सोच र भाष्यबाट सबै माथि उठ्नु आवश्यक छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष