“सीमित जनशक्ति र संरचनालाई धेरै पेल्दा विस्फोट हुने खतरा रहन्छ”-सचिव पोखरेल

नेपालमा औषधी व्यवस्था विभागले आवश्यक औषधीको अनुमति दिने गर्छ । धेरै स्टेक होल्डर भएकाले मुलुुकमा औषधी व्यवस्था गर्न निकै गाह्रो हुने गरेको छ । औषधीमा अस्वस्थ प्रतिपस्र्धा छ भने विश्वस्तरको ल्याब नभएका कारण गुणस्तर परीक्षण पनि राम्रोसँग हुन सकिरहेको छैन । नेपालमा ल्याब भए पनि कम गुणस्तरका छन् भने दक्ष जनशक्तिको पनि अभाव देखिँदै आएको छ । दक्ष जनशक्ति थप्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सकिरहेको छैन ।
नेपालमा औषधी आयात पनि दुईथरीले गर्छन् । एकथरी औषधी आयातकर्ता छन् र उनीहरूले औषधी पसलमा बेच्छन् । अर्काथरी भने ठूला औषधी पसल चलाएकाहरू आफैंले आयात गरी बिक्री–वितरण गर्छन् । स्वदेशमा उत्पादित औषधीको व्यवसाय फेरि आफ्नै किसिमको छ । नेपालमा औषधी पसलेहरूको एउटा माग हुन्छ भने औषधी उत्पादक संघको अर्कै माग हुुन्छ । अधिक स्टेक होल्डर र आर्थिक रूपमा धेरै बलिया भएकाले औषधीमा धेरै नै चलखेल हुने गरेको छ । वास्तवमा भन्ने हो भने औषधीका मामिलामा नेपालमा सरकारभन्दा व्यापारी बढी बलिया छन् । धेरै स्टेक होल्डरका कारण औषधीमा देखिएको समस्या निराकरण गर्न राज्यले ठुलै हिसाबले सोच्नुपर्ने आवश्यकता छ ।

बिज्ञापन

नियमनमा दुविधा
औषधीको व्यापार तथा व्यवसाय नियमन गर्न सरकारी तवरमै दुविधा छ । औषधी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेर्ने कि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेर्ने भन्नेमै दुविधा छ । अनुगमनको काम औषधी व्यवस्था विभागले गर्ने गरेको छ तर, प्रभावकारी हुन सकिरहेको छैन । स्वास्थ्य र उद्योग मन्त्रालय मातहतका निकायहरूसँग संयुक्त अनुगमन गर्न सकिने अवस्था पनि अहिले छैन किनकि स्वास्थ्य मन्त्रालयसँग २०५९ सालदेखि अनुगमन जनशक्ति बढ्न सकेको छैन । पहिलेकै जनशक्तिबाट औषधीको आयात गर्नेदेखि उत्पादक, औषधीको पैठारी गर्नेलाई स्वीकृति दिनुपर्ने अवस्था अहिले छ । सोही जनशक्तिले नै औषधी पसलहरूको अनुगमन गर्नुपर्ने अवस्था छ । त्यसैले यो क्षेत्रमा जनशक्ति बढाउनुपर्ने आवश्यकता छ ।

बिज्ञापन

औषधीको मूल्य न्यून
नेपालमा सरकारी कम्पनीले उत्पादन गर्ने औषधीको मूल्य एकदमै कम छ । नेपाल औषधी लिमिटेडले न्यून मात्रमा उत्पादन गर्ने र मूल्य पनि न्यून छ । सिटामोल, जीवनजलजस्ता औषधीको मूल्य धेरै लामो समयदेखि बढाउन सकिएको छैन । मूल्य बढायो भने ठुलो राजनीतिक मुुद्दासमेत बन्ने भएकाले औषधीको मूल्य सान्दर्भिक बनाउन सकिएको छैन । यसले नेपालमा औषधी उद्योगहरूको विकास हुन सकेको छैन । पेट्रोलदेखि दूधसम्मको मूल्य अन्तर्राष्ट्रिय बजारमा छाड्ने तर, औषधीको मूल्य सधैँ एउटै राखिराख्नुपर्ने न्यायोचित होइन । कम्तिमा लागत उठ्ने गरी औषधीको मूल्य तोकिनुपर्ने अहिलेको अवश्यकता छ ।
अहिले निजी क्षेत्रले औषधीको कच्चा पदार्थ बाहिरबाट ल्याइरहेका छन् । व्यवसायीहरूले औषधीका कच्चा पदार्थ एउटा देशबाट ल्याउन नसके अर्को देशबाट ल्याउने गरी राज्यलाई सुनिश्चितता दिन भने सकेका छैनन् । औषधीको कच्चा पर्दा कहाँबाट ल्याउने ग्यारेन्टी गर्ने हो भने भन्सार महसुल छुट वा कम गर्ने विषयमा अर्थ मन्त्रालयमा छलफल गर्न सकिन्छ । कच्चा पदार्थ आयात गर्ने सुरक्षण भएको अवस्थामा नेपालमा भएका उद्योगहरूलाई प्रोत्साहन गर्न सक्ने अवस्था प्रशस्त छ ।
कच्चा पदार्थ ल्याउन सक्ने ग्यारेन्टी नभएको अवस्थामा राज्यले प्रोत्साहन दिन सक्दैन किनभने पछि भारतले, चीनले कच्चा पदार्थ ल्याउन दिएन भनेर औषधी उत्पादन रोकिएको भारी स्वास्थ्य मन्त्रालयले बोक्न सक्दैन । त्यसैले कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार घटाउनु अघि उद्योगीले सरकारलाई आश्वस्त पार्न सक्नुपर्छ ।
नेपाल अति कम विकासितबाट स्तरोन्तति हुँदै गर्दा कतिपय सुविधाहरू खोसिँदा औषधी उद्योगहरू मारमा पर्ने सम्भावना पनि छ । तर, आत्तिनुुपर्ने अवस्था भने छैन । विकासशील मुलुक बन्दै गर्दा मुलुकको मूल्य (भ्यालु) नै उच्च हुने भएकाले उद्योगहरूले पनि आफूहरूलाई विकास गर्न जरुरी छ । सरकारले पनि उद्योगहरूको अवस्थालाई माथि उकास्न गुुरुयोजना (मास्टर प्लान) बनाउँदै छ ।

स्वास्थ्य उपकरण खरिदमा समस्या
सरकारी स्वास्थ्य संस्थाहरूलाई आवश्यक स्वास्थ्य उपकरणहरू खरिद गर्न संघीय सरकारले नै बजेट व्यवस्थापन गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयले प्रादेशिक सरकार र सम्बन्धित स्थानीय तहलाई बजेट पठाउने गरेको छ र उनीहरूले आवश्यक उपकरण खरिद गर्ने गरेका छन् । तर, एउटै सामान स्थानीय तहले खरिद गर्दा र केन्द्रले खरिद गर्दा मूल्यमा आकाश पातालको फरक पर्ने देखिएको छ । स्थानीय र प्रदेश सरकारबाट खरिद भएका सामाग्रीहरूको मूल्य तीन गुणासम्म महँगो भएको पाइएको छ । त्यसैले केन्द्र, प्रदेश र स्थानीय तहबाट उपकरणहरू खरिद गर्दा एउटै प्रणाली लागु गर्न खोजिए पनि सम्भव भइरहेको छैन ।
केन्द्रले किनेर एउटा मूल्य तय भएपछि प्रदेश र स्थानीय तहले त्यही मूल्यमा केन्द्रसँग लिने व्यवस्था गर्न सकियो भने केही व्यवस्थित हुने देखिन्छ । तर, यो प्रणाली लागु गर्न निकै कठिन छ । प्रदेश र स्थानीय तहले झन् विवाद सिर्जना गराउने सम्भावना छ । अरू सामग्रीहरू खरिद गर्न स्वास्थ्य मन्त्रालयलाई एउटै नियम छ । संघले खरिद नियमावलीको प्रावधानभित्र रहेका आवश्यक वस्तुुहरू खरिद गर्छ । प्रतिस्पर्धाका माध्यमबाट सस्तोमा समानहरू खरिद गर्दा कहिले राम्रो र कहिले नराम्रो पर्ने गरेको छ । खरिद प्रणालीकै कारण सस्तोमा खरिद गरिएका धेरैजसो सामग्री नराम्रा वा गुुणस्तहीन वा कमसल पर्ने र धेरै बिग्रिरहने भएका कारण हैरानी र गाली खेप्नुपर्ने अवस्था छ । यस्ता समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयले प्रयास गरे पनि खरिद प्रणालीमै भएको समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि प्रक्रिया रोकिएको छ । सार्वजनिक खरिद ऐन, नियमावलीलाई केही संशोधन गरेर स्वास्थ्यलाई छुट्टै व्यवस्था गर्न जरुरी छ । स्वास्थ्यलाई अन्य खरिदमा मुछिनु राम्रो हुँदै होइन, यसले सधैंभरी विवाद निम्त्याउने छ । एउटा सामग्री खरिद गर्दा पाँचवटा खरिदकर्ताहरू भिडाउनुपर्ने र स्वार्थ समूहलाई समान खरिद गर्न दिएको भनेर आरोप खेप्नुुपर्ने अवस्था छ । राम्रो सामग्री लिँदा महँगो पर्ने र सस्तो ल्याउँदा कमिसन चक्करमा सस्तो ल्याएको भनेर आरोप लाग्ने गरेको छ । त्यसैले स्वास्थ्य मन्त्रालयसकभर खरिदको मामिलाबाट पन्छिन खोज्छ । स्वास्थ्य सामग्री, उपकरण सम्बन्धित अस्पतालहरूले खरिद गर्न सक्ने व्यवस्था गर्नुुपर्छ ।

बिज्ञापन

स्वास्थ्य सेवा पहुँचका गुनासा
देशभरका अस्पतालहरूमा स्वास्थ्य सेवा सरकारी स्रोत, साधनले भ्याएसम्म प्रभावकारी रूपमै सञ्चालन गरिरहेको अवस्था छ । देशका कतिपय अस्पतालहरूमा सेवा प्रभावकारी भएन भनेर गुनासाहरूसमेत आउने गरेको छ । नेपाली जनतालाई सरकारी अस्पतालको सेवा चित्त नबुझेको जस्तो देखिन्छ । २०४८ पछि नेपालमा ठूला अस्पतालहरू बनिरहेका छैनन् । अहिले सञ्चालित सबै सरकारी अस्पतालहरू २०–३०–४० वर्ष अगाडिका हुन् । तत्कालीन समयको जनसंख्याका आधारमा बनाइएका अस्पतालहरू धेरै जनसंख्या बढेको अहिलेको अवस्थामा आइपुुग्दा निकै नै साँघुरिएको अवस्था छ । जनताले अस्पतालबाट छिटो, सहज र गुणस्तरीय सेवा–सुविधा खोजिरहेका छन् । तर, दशकौंअघिको स्वास्थ्य संरचनाले आजको आवश्यकता धान्न निकै मुस्किल परेको छ । समयअनुसार मानिसहरूका आवश्यकता बढ्छन्, सेवा सुविधाहरू पनि त्यही रूपमा अद्यावधिक गर्नुुपर्ने हुन्छ । तर, सरकारी अस्पतालहरू सहज रूपमा परिवर्तित भइरहेका छैनन् । यसो हुनुुको मुख्य कारण समयअनुसार कानुनहरू परिमार्जित हुन नसक्नु पनि हो ।
अहिले पनि २०५८ कै दरबन्दीमा रहेर अस्पतालहरू चलिरहेका छन् । यस्तो अवस्थामा अहिलेको आवश्यकता, माग धान्न निकै कठिन हुन्छ नै । यद्यपि स्वास्थ्य संस्थाहरूको क्षमता केही रूपमा भए पनि वृद्धि भई नै रहेको छ । वीर अस्पताल तीन सय बेडबाट नौ सय बेडमा विस्तार गरिएको छ । विराटनगरको कोशी अस्पताल दुई सय बेडको स्वीकृतिबाट साढे तीन सय बेड पुुगेको छ । भरतपुर अस्पताल डेढ सय बेडको स्वीकृतिबाट साढे ६ सय बेडमा पुु¥याइएको छ । वीरगन्जको अस्पतालमा साढे चार सय बेड सञ्चालनमा छ ।
अस्पतालहरू देशका मुख्य सहरका केन्द्रमै रहेको तर अत्यधिक जनसंख्या वृद्धिका कारण थप अस्पतालहरू र जनशक्ति बढ्न नसक्दा सेवा–सुविधा केही मात्रामा वृद्धि हुँदा पनि अभावको महसुस भएको हो । पुरानै जनशक्तिलाई काम थप गरेर सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय सक्रिय छ । स्वास्थ्य मन्त्रालयले सक्ने जति सबै उपाय लगाएर स्वास्थ्य सेवालाई आधुनिक र भरपर्दो बनाउने प्रयास जारी राखेको छ । तर, अहिलेको जनशक्ति, संरचनाबाट अब थप सेवा विस्तार हुुने सम्भावना कम छ । सीमित जनशक्ति र संरचनालाई धेरै पेल्दा विस्फोट हुने खतरा रहन्छ । गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि राज्यले नयाँ ढंगबाट सोच्न जरुरी छ । धेरैजसो ठाउँमा जनता सरकारी अस्पतालमा सेवा लिन जाने वातावरण बनेकाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सबै पक्षको सक्रियता आवश्यक छ । पछिल्लो समय निजी अस्पतालहरूमा सेवा लिन जानेको संख्या विस्तारै घट्दै गएको छ । धेरै मानिसहरू बाध्यतामा परेर निजी अस्पतालमा उपचार गराउन जाने गरेका छन् भने कतिपय धनीमानीहरू रवाफ देखाउनकै लागि जाने गरेका छन् ।
यसो भनेर सरकारी अस्पतालहरू सबै ठीक छन् भन्न मिल्दैन । अहिले पनि सरकारी अस्पतालमा समय पाउन ढिला हुने, डाक्टर भेट्न महिनौं कुर्नुपर्ने, सरकारी चिकित्सकले नै निजीमा जान सिफारिस गर्ने गरेका गुनासाहरू आउने गरेका छन् । उपचार गर्न जाने पढेलेखेकाहरू आफूले भनेकै डाक्टर भेट्न खोज्ने, चिनेजानेका र पहुँचवालाले जुनसुुकै डाक्टरलाई जुुनसुकै समयमा भेट्न खोज्ने गरेका कारण पनि समस्या सिर्जना हुने गरेको छ । सरकारी अस्पतालमा निजी अस्पतालको जस्तो सेवा दिन अहिलेको संरचनाले नभ्याउने भएकाले पनि गुुनासाहरू बढी आएका हुन् ।
निजी अस्पतालमा जाँदा चियाकफी खुवाउने, स्वागत सत्कार गर्ने गरिएका कारण पनि मानिसहरू राम्रो हस्पिटालिटी भन्दै निजीतर्फ आकर्षित हुुने गरेका छन् । तर, ती सबैको रकम असुलेका हुन्छन्, त्यसको हिसाबकिताब हुुँदैन । सरकारी अस्पतालमा सामान्य न्यूनवर्गका मानिसहरूले उपचार गराउने भएकाले विभिन्न सर्त वा सेवा देखाएर राज्यले सेवाग्राहीबाट रकम असुल्न सक्दैन । त्यसैले सरकारी अस्पताललाई निजीजस्तै बनाउन सकिने अवस्था छैन । तर, सरकारीमा एउटा समय निर्धारण गरेर निजीसरह काम गर्न डाक्टरहरूलाई सुविधा दिने हो भने डाक्टरहरूको आम्दानी पनि बढ्ने, सेवा वृद्धि हुने, अस्पतालहरूको आम्दानीसमेत बढ्न सक्ने देखिन्छ । डाक्टरहरूलाई यस्ता सुविधा दिन सरकारले नीतिगत रूपमै प्रबन्ध गर्नुुपर्छ । यसो भनेर सामान्य जनतालाई दिने सेवामा भने कदापि कमी आउन दिनु हुँदैन । समग्रमा भन्दा जनशक्तिको चरम अभावका कारण स्वास्थ्य सेवा व्यवहारिक र प्रभावकारी बन्न सकिरहेको छैन ।
(नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अर्थ चित्र जर्नलका लागि  स्वास्थ्य सचिव डा रोशन पोखरेलसँग विजय दमासेले गर्नुभएको कुराकानीमा आधारित )

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूचना विभागको महानिर्देशकमा राना

नेपाल रिइन्योरेन्स सुरेन्द्र,नेप्सेमा बस्याल

कुलिङ पिरियडमा कीर्ते गरेका रामहरिलाई संवैधानिक अंगका प्रमुख र पदाधिकारी छान्ने समितिको जिम्मेवारी

१३ हजार घुस खाने करारका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सरू समको गजल

यस बर्ष भेटिएला त सर्वोत्कृष्ट निजामती कर्मचारी ? मुख्य सचिव भन्छन् : ‘खोज्दै छौं’

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

उपमहानगरपालिकामाथि कहिलेसम्म उपेक्षा ?

बिशेष