व्यापारीले भकुण्डो बनाउँछन्,सिंहदरबारका कर्मचारी

पछिल्लो समय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय एक पछाडि अर्काे नीतिगत रुपमा बदमासी भइरहेको छ । सोही बदमासीमा साथ नदिँदा एक हक्की स्वभावका सचिव फुटबल बन्न पुगेका छन् । उद्योग मन्त्री दामोदर भण्डारीको विचलनमा साथ नदिएकै कारण वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई महिना दिनमै त्यहाँबाट भकुण्डो बनाएर तथ्यांक कार्यालयमा पुर्याइएको छ । उद्योगमन्त्री दामोदर भण्डारी,केही उद्यमी,व्यापारीहरुको जोडबलमा सचिव बुर्लाकोटीलाई फालेर त्यहाँ हालैमात्र सचिवमा उक्लिएका गोविन्द बहादुर कार्कीलाई ल्याइएको छ ।
एकातिर चिनी व्यवसायी उनलाई फाल्न हात धोएरै लागेकै थिए । त्यहीमाथि सुपारी र मरिचवालाहरु मिसिदा सचिव मधुसुदन बुर्लाकोटी डेढ महिनामै भकुण्डो बनेका हुन ।

बिज्ञापन

उनी पछिल्ला चार महिनामै चार पटक सरुवामा पर्ने अभागी प्रशासक हुन । उनलाई तथ्यांक कार्यालयमा खटाएर साता दिन अघिमात्र सचिवमा उक्लिएका गोविन्द कार्कीलाई बागमती प्रदेशबाट वाणिज्य मन्त्रालयमा सारिएको छ । यो सरुवाको खेलोमेलो पछाडि शशिकान्त अग्रवालजस्ता ठूला चिनी व्यापारी,आयल निगमका हाकिम चण्डी भट्टको चास्नीमा उद्योगमन्त्री दामोदर भण्डारी परेको चर्चा गरिदैंछ ।

बिज्ञापन

दशैं,तिहार ठूला चाडपर्वको मुखमा सरकारी नीतिकै कारण चिनी हाहाकार हुने स्थिति छ । शशिकान्त अग्रवाल जागिरै खाएको शैलीमा दैनिक उद्योग मन्त्रालयमा डिउटी दिइरहेका छन् । अरु चिनी उद्योगी व्यवसायी दैनिकजसो बवरमहलस्थित वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागदेखि मन्त्रालय धाइरहेका छन् । चिनी आयात सहज पारिदिन माग गर्दै ती उद्योगीहरुले प्रधानमन्त्री केपी ओलीका सल्लाहकार युवराज खतिवडासँग पटक पटक भेट गरिसकेका छन् तर कहिँबाट पार नलाग्दा व्यापारीहरु आजित छन् ।

सरकारले भारतीय सरकारी कम्पनी भारत सरकारको स्वामित्वमा रहेको राष्ट्रिय सहकारी निर्यात लिमिटेड–एनसेलबाट चिनी आयात गर्दै आएको छ । पोहार नै ल्याउनुपर्ने २५ हजार मेट्रिक टन चिनीमध्ये डावर नेपालले ६ हजार मेट्रिक टन भित्र्याएर बाँकी १९ हजार मे.टन चिनी ल्याउन व्यवसायीलाई पटक पटक आग्रह ग¥र्यो । व्यवसायीहरुको एक सूत्रीय माग थियो,भन्सार छुटको व्यवस्था मिलाइदिनुपर्ने । त्यही कम्पनीबाट अन्य मुलुकका आइसी ५० मा चिनी उठाएर लैजान्छ,तर नेपाल सरकारले चिनी आयात गर्दा ३० प्रतिशत भन्सार महसुल,त्यसमा १३ प्रतिशत भ्याट लगाइदिएको छ । सोही कारण व्यवसायीहरुले चिनी आयात गर्न सकिरहेका छैनन् । मन्त्रालयले १९ हजार टन चिनी कच्चा पदार्थका रूपमा प्रयोग गर्न इच्छुक उद्योगलाई आवेदन माग ग¥र्यो । १० निजी कम्पनीले आयात अनुमति पाए । निजी कम्पनीका लागि भन्सार छुट थिएन । महँगो भएको भन्दै उनीहरूले पनि ल्याएनन । यही बीचमा मन्त्रिपरिषदले गत भदौ २३ गते साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार छुटमा १५÷१५ हजार मेट्रिक टन चिनी आयातको अनुमति दिइसकेको छ । चिनी ल्याउन सिफारिस पनि नदिने,अयोग्य करार गरेको भन्दै सरकारसँग चिनी उद्योगीहरु अहिले फायर छन् । सरकारी निकायले चिनी ल्याउन सकेन भने यस बर्षको दशै चिनी हाहाकार हुने स्थिती छ तर गाँठो फुकाउने तर्फ सरकारको ध्यान छैन । एकातिर मंहगो भन्सार,अर्काेतिर ३ करोडको सीमा र शतप्रतिशत डाउन पेमेन्टका कारण गुलियो चिनी तीतो बन्दै गएको छ । खुला सिमानाका कारण मधेशमा ८४ रुपैंयामा चिनी फालाफाल छ । ठूला सात वटा चिनी उद्योग पनि त्यतै छन् । उही चिनी व्यवसायीहरु वाणिज्य सचिवको विरुद्धमा छँदै थिए ।

बिज्ञापन

भण्डारीले पेट्रोलमा इथानोल मिसावट गर्ने, पोस्ता दाना, सुपारी, मरिच र केराउको आयात सिमित कम्पनीलाई दिनेगरी खुलाउने योजना थियो । एउटै व्यक्तिको नााममा रहेका पाँच वटा फर्मलाई यी काम दिने तयारी भएको चाल पाएपछि हक्की स्वभावका सचिवले उक्त योजनामा साथ नदिँदा उनी हुत्काइएका हुन ।

आयल निगमका हाकिम चण्डी भट्टको योजना अनुसार पेट्रोलमा इथानोल मिसावट गर्ने र सुपारी र मरिच तस्करहरुको योजना अनुसार पोस्ता दाना, सुपारी, मरिच र केराउको आयात सिमित कम्पनीलाई मन्त्रीको योजनामा भाँजो हालेपछि बुर्लाकोटी भकुण्डो बनेका छन् ।

बुर्लाकोटी सचिव बनेको तीन बर्षमा आठ पटक सरुवा भइसकेका छन् । पछिल्ला पाँच महिनामा उनी पाँच वटा कार्यालयमा भकुण्डो बनाइएको छ । २१ असार २०७८मा सचिवमा बढुवा भएका उनको पोष्टिङ्ग सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हुँदै प्रधानमन्त्री कार्यालय तानेर दुई महिनासम्म बरण्डामा थन्काइयो । ०७८ फागुनमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा खटाइएकोमा त्यहाँ डेढ बर्ष टिके उनी । ठेकेदारविरुद्ध कठोर भएर लागेका उनलाई साउन २०८० मा खरिद अनुगमन कार्यालयबाट उपराष्ट्रपतिको कार्यालयमा ठेलियो । उपराष्ट्रपति कार्यालयमा ८ महिना थन्काइएका उनलाई १८ चैत २०८० मा उपेन्द्र यादव मन्त्री हुँदा स्वास्थ्यमा ल्याइएको थियो । उपेन्द्र हटेसँगै उनलाई वित्त आयोगतिर लखेटियो । ओली नेतृत्वको सरकारले १४ साउनमा एकसाथ २२ सचिव बुर्लाकोटीले वाणिज्य सचिवको जिम्मेवारी पाएका थिए । तर डेढ महिना नबित्दै फेरि भकुण्डो बनाइएका छन् । चाकडी कला नजान्नु,हक्की र खरो स्वभावका हुनु । कानुनले नमिल्ने र नहुने कुरा नगर्नु र हुँदैन भन्नु नै उनको कमजोरी हो भन्छन्,बुर्लाकोटीलाई नजिकबाट चिन्ने जान्ने प्रशासकहरु ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।