काविल प्रशासक अर्यालको निजामती यात्रा :- जिल्ला प्रशासनको नासुदेखि मुख्यसचिवसम्म

कर्मचारी प्रशासनको नेतृत्वदायी भूमिकामा पुगेका छन् एकनारायण अर्याल । हिजो बसेको क्याविनेट बैठकले उनलाई मुलुकको २७ औं मुख्यसचिव नियुक्त गरेको हो ।

बिज्ञापन

स्याङ्जाको पुतलीबजारमा जन्मे हुर्केका एकनारायणले सरकारी सेवामा प्रवेश गरेको ३५ वर्षपछि मुख्यसचिव बन्ने अवसर पाएका छन् । स्याङ्जाको किसान परिवारमा जन्मिएका अर्याल विद्यालय शिक्षा पूरा गरेर पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुन विषय लिएर पढाइ अगाडि बढाए ।

बिज्ञापन

त्यही क्रममा ४ माघ २०४६ मा सरकारी सेवामा पाइला राखे । प्रशासन सेवा समूहका उनको पहिलो पोस्टिङ जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको थियो । पाँच् बर्ष पछि ०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८ माघ ६ मा उपसचिव, २०६७ फागुन १९ मा सहसचिव र २०७६ फागुन १९ मा सचिव भएका थिए । अर्याल अब्बल प्रशासकका रुपमा चिनिन्छन्,उनी जहाँ र जुन निकायमा कार्यरत रहें,त्यही व्यापक सुधारका यत्न गरेका छन् ।

निजामती क्षेत्रमा केही यस्ता सुधारवादी प्रशासक छन्,जो जागिरे जीवनका सिलसिलामा जहाँ पुग्छन् त्यही मन,वचन र कर्मले केही न केही सुधारका यत्न गरिरहन्छन् । काठमाडौंको सीडिओ रहँदा कालोबजारी गर्ने घरानिया दुगड समूहका व्यापारीहरुलाई थुनेर चर्चामा पुगेका उनी कलकत्ताको महावाणिज्यदुत हुँदै काठमाडौं महानगरपालिको कमाण्ड सम्हाल्न पुगे त्यहाँबाट उनलाई सामान्य प्रशासनमा लगिएको थियो । महावाणिज्यदूत छँदा उनले सुरु गरेको ‘इलेक्ट्रिक कार्गो ट्र्याकिङ सिस्टम’को चौतर्फी प्रशंसा भएको थियो ।

बिज्ञापन

सचिवमा बढुवा भएसँगै केही समय काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चलाए । त्यहाँ रहँदा अनावश्यक भत्ता, सुविधा र खर्च नियन्त्रण एवं कटौती गरेर राज्य कोषको रकम बचाएका थिए । यस्तै अनलाइनबाट राजस्व सङ्कलन, घरको नक्सा डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता प्रमुख काम उनले महानगरपालिकामा रहँदा गरे । अर्यालकै पालामा महानगरको आफ्नै भवन निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइन्छ ।, महानगरपालिकाबाट सरुवा भएर उनी केही समय संघीय मामिला तथा सामान्य प्रशासनको कमाण्डर श्रम,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्,गृह हुँदै अब मुख्य सचिवको जिम्मेवारीमा छन्,एकनारायण अर्याल ।

यो बीचमा प्रशासन संयन्त्रले देख्ने र अनुभव गर्नै गरी केही सुधारका यत्न गरे । कर्मचारी वृत्तमा एउटा विकृती थियो,सरकारले दिएको पोशाक भत्ता बुझ्ने तर आउट ड्रेस लगाएर सरकारी कार्यालयमा छिर्ने त्यसलाई तोड्न भन्दै अनिवार्य ड्रेस कोर्ड लागू गरे । अधिकांश कर्मचारी कार्यालय समयमा पनि शेयर कोरोवार गर्ने वा अन्य यस्तै कार्यमा अल्झिएर सरकारी काममा समस्या देखिएको भन्दै त्यसलाई रोक्ने प्रयास गरे । यस्तै कर्मचारी सरुवा पारदर्शी बनाउन भन्दै सरुवा प्रणालीलाई अनलाइन सिष्टमबाटै गर्ने शुरु भयो,उनकै कार्यकालबाट ।

श्रम मन्त्रालयमा रहँदा वैदेशिक रोजगार कार्यालय ताहाचलको भिड हटाउने कार्य गरेका थिए । त्यहाँ काविल प्रशासकहरुको टिम बनाउँदै सुधारका कामहरु गरे । विशेष गरी श्रम कार्यालयमा हुने विचौलियाहरुको प्रभावलाई रोक्न र सेवाग्राहीको छिटो छरितो काम गर्ने पवित्र उदेश्यले श्रम मन्त्रालयमा समेत अनलाइन प्रणालीबाटै काम तमाम हुने गरी प्रविधिमैत्री बनाउने प्रयत्न गरे । यस्तो प्रयत्न उनी हिजो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हुँदा पनि गरेका थिए । यसरी अनलाइनबाटै सरुवा प्रणाली प्रारम्भ गर्दा कतिपय विचौलियाको दाना,पानी नै सुक्न पुगेको थियो । श्रम कार्यालय पूर्णत अनलाइन प्रणालीमा गएसँगै ताहाचल चोकदेखि नै तान्न आउने विचौलियाहरु आज उठिबास लागेको थियो ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा हुँदा त्यहाँको दरबन्दी कटौती गर्ने काम उनकै सक्रियतामा भएको थियो । निजामती सेवामा निर्भीक, इमानदार र निर्णय क्षमता धनी अर्यालले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनामार्फत ७२ दरबन्दी कटौतीको योजना तयार गरेका थिए ।

०८० फागुन २८ देखि गृह मन्त्रालयमा सचिवका रूपमा कार्यरत अर्याल मुख्यसचिवको कुर्सीमा पुगेका छन् । आफूभन्दा सिनियर चार जना सचिवहरुलाई पाखा लगाउँदै निजामतीको कमाण्डर बन्न पुगेका मुख्यसचिव अर्यालका अगाडि चुनौतिका चाङ छन् ।

कर्मचारी प्रशासनको साख निरन्तर गिर्दो अवस्थामा छ,कर्मचारीको मूल् कानुन आठ बर्षदेखि आउन सकेको छैन । यस्तै कर्मचरी र विचौलियाको कनेक्सनका कारण निजामती कर्मचारीहरु अनेकन बदनामीमा जोडिएका छन् । यस अघिका मुख्य सचिवहरु राजनीतिक नेतृत्वको एसम्यान बन्ने लगाए,अह्राएको काम गर्ने,फरक मत राख्न नसक्ने प्रवृत्तिका कारण बदनाम छन् । राजनीतिक दलका इच्छा अनुसार क्याविनेटमा आएका सबै फाइल प्रमाणीकरण गर्ने र पछि मुख्यसचिवबाट राजदूत खान जानेहरुका कारण मुख्यसचिवको गरिमा ओरालो लाग्न पुगेको छ ।

अर्याल प्रधामन्त्री ओलीको सहयोगी मात्रै हुन्छन् वा परिवर्तनका संवाहक पनि हुन्छन्,त्यो समयक्रमले देखाउँने नै छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।