सरकारविरुद्ध विश्वव्यापी युनियनहरुको एक स्वर

बालेन शाह नेतृत्वको सरकारले एकै पटक पत्रकार,कर्मचारी ट्रेड युनियन, विद्यार्थी संगठन,वकिल लगायतका मोर्चामा फायर खोलेपछि चौतर्फी तनावको स्थिति सिर्जना भएको छ ।

बिज्ञापन

सोहीमध्येका एक कर्मचारीहरुको छाता संगठन वालेन नेतृत्वको सरकारको निर्णयविरुद्ध विश्वव्यापी युनियनको आधा दर्जन छाता संगठनहरु एकजुट भएका छन् । अन्तर्राष्ट्रिय युनियनहरुले विज्ञप्ति नै जारी गरेर सरकारको निर्णयको विरोध गरेका हुन् ।

बिज्ञापन

सरकारले कर्मचारी ट्रेड युनियन खारेज गर्ने र एकमात्र आधिकारिक ट्रेड युनियन राख्ने तयारी गरिरहेको समयमा कर्मचारीसम्बद्ध संघ संगठनहरुले युनियनलाई प्रतिबन्ध लगाउनु लोकतन्त्रको सिद्धान्तविपरीत भएको ठहर गरेका छन् ।

बालेन सरकारले विद्यमान ट्रेड युनियनहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । सो निर्णयको चर्को विरोध भइरहेको अवस्थामा विदेशका छाता संगठनहरुले सामूहिक ऐक्यबद्धता जनाएका हुन् । सरकारलाई अन्तर्राष्ट्रिय श्रम संगठनका मूल्य, मान्यता र अन्तर्राष्ट्रिय घोषणाको जानकारी राख्न आग्रह गर्दै छ वटा संगठनले विरोध जनाएका छन् । सरकारले युनियन राख्ने वा नराख्ने भनि निर्देशन दिन नमिल्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ,‘सरकारले कसले युनियन बनाउन सक्छ र कसले सक्दैन भनेर निर्देशन दिन सक्दैन । यसबाट वास्तवमा लोकतान्त्रिक सिद्धान्तको उल्लंघन हुन्छ ।’

बिज्ञापन

युनियनमा रोक लगाउनु आफ्नै संविधानको उल्लंघन गर्नु उनीहरुको ठहर छ । संविधानको धारा ३४ र ३५ ले ट्रेड युनियनको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै सरकारलाई तत्काल सो निर्णय फिर्ता गर्न भनिएको छ । निःशर्त सो निर्णय फिर्ता गर्नुपर्ने माग राख्दै कामदारको हकअधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारविरुद्ध विश्वव्यापी युनियनहरुको एक स्वर

गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

जेनजी आन्दोलनपछि रोकिएन कर्मचारीको घुस खाने क्रम,लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

परिपत्रको मसी नसुक्दै रंगेहात पक्राउ परे पाँच कर्मचारी,कार्यालय प्रमुखलाई के हुन्छ कारवाही ?

३२ लाख फिर्ता गरेर सचिवले बुझाए राजीनामा

निमित्तको राज अन्त्य गर्दै सरकार,बेलुकासम्ममा सरुवा हुँदैछन् ४३ उपसचिव

गोरखालीको महागाथा

कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा कडाई

बिशेष