३२ लाख फिर्ता गरेर सचिवले बुझाए राजीनामा

एकातिर दोहोरो सुविधा लिएका कारण विवाद,अर्काेतिर पत्नीलाई स्वकीय नियुक्त गरेर २५ औं लाख बुझेका कारण लफडामा मुछिएका प्रदेश सभाका सचिवले पदबाट राजीनामा दिएका छन् ।

बिज्ञापन

यस्तै विवादका पर्याय बनेर कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले अन्तत पदबाट राजीनामा दिएका छन् । २०७६ जेठ १२ मा प्रदेश सचिव नियुक्त भएका बुढाथोकी २०८१ जेठ १३ मा दोस्रोपटक सोही पदमा दोहोरिएका थिए। २०८१ जेठ १४ गते दोस्रोपटक सचिवको जिम्मेवारी सम्हालेका बुढाथोकी ६५ वर्ष पूरा भएपछि पनि पदमै थिए । पदमा रहँदा उनले पत्नीलाई स्वकीय नियुक्त गरेका थिए । सचिव बुढाथोकी प्रदेश सभा सचिवालयमा नियुत्ति भएयता उनले श्रीमतीलाई निजी सचिवमा राखेर २५ लाख पाँचसय ६० रुपैया बुझेको पाइएको छ ।

बिज्ञापन

उनको पत्नीको नाममा मासिक ३४ हजार ७ सय ३० रुपैयाँ तलब भुक्तानी हुने गरेको प्रदेश सभा सचिवालयले पठाएको थियो । तर श्रीमतीको हाजिरी समेत आफैंले लगाएर सो रकम बुझेको बिषय बाहिरिएपछि उनी विवादित बनेको थिए । यस्तै सचिव बूढाथोकीले सचिवले ३१ लाख ६९ हजार ९ सय २३ दोहारो सुविधा बुझेको बिषयमा अख्तियार लगायतका निकायमा उजुरी परेसँगै उनले सो रकम समेत फिर्ता गरेर हिजो राती प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् । यद्यपि सचिवले बुझाएको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

जेनजी आन्दोलनपछि रोकिएन कर्मचारीको घुस खाने क्रम,लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

परिपत्रको मसी नसुक्दै रंगेहात पक्राउ परे पाँच कर्मचारी,कार्यालय प्रमुखलाई के हुन्छ कारवाही ?

३२ लाख फिर्ता गरेर सचिवले बुझाए राजीनामा

निमित्तको राज अन्त्य गर्दै सरकार,बेलुकासम्ममा सरुवा हुँदैछन् ४३ उपसचिव

गोरखालीको महागाथा

कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा कडाई

दुर्गममा दरबन्दी,गृह मन्त्रालयभित्र काज

बिशेष