सरकारले भोलि देखि नै लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै यो निर्णय कार्यान्वयन भएसँगै सरकारी कर्मचारीले साविकको भन्दा थप ५२ दिन बढी बिदा पाउने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्याका कारण यस्तो निर्णय भएको सरकारले जनाएको छ । अब यो निर्णय कार्यान्वयन गरिँदा अत्यावश्यक सरकारी कार्यालयहरु पनि बिदा हुन्छन् वा खुला हुन्छन्,सरकारले यस बारेमा केही बताइसकेको छैन । बिदा दिने बेलामा अत्यावश्यक सेवा दिनु पर्ने र सर्भिस डेलिभरी बढी हुने कार्यालयमा यस्तो निर्णय भएको अनुत्पादक हुने कर्मचारीहरु बताउँछन् ।
बिज्ञापन
यो अभ्यास विगतका केही बर्ष प्रयोग भएर असफल भएको थियो । एकातिर नेपाल बुहभाषिक,बहु धार्मिक,बहु सांष्कृतिक मुलुक भएका कारण अन्य मुलुकको तुलनामा सार्वजनिक बिदा धेरै भएको गुनासो चुलिरहेको समयमा बिदा पुनरावलोकन गर्नुपर्नेमा सरकारले उल्टै सातामा शनिवार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयन हुँदा बर्षमा झण्डै आधा समय बिदामा जाने देखिन्छ ।
सरकारले सरकारले २०८३ सालभर लागू हुने सार्वजनिक गरेको राजपत्रका आधारमा विक्रम संवत् २०८३ सालमा मात्र पर्व बिदा ४४ दिन,सार्वजनिक विदा ५२ दिन (शनिवार) रहेकोमा अब यस्तो विदा थप ५२ दिन थपिएको छ । राजपत्र अनुसार, वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुनेगरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व तथा सट्टा बिदा र कार्यालय समय निर्धारण गरिएको हो । सरकारले एक वर्ष अवधिभर लागू हुने बिदा तथा कार्यालय समयसम्बन्धी विवरणसहित उक्त सूचना सार्वजनिक गरेको जनाएको छ ।
बिज्ञापन
गत १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भएको थियो। निर्णयअनुसार बिदाको सूची तयार गरी मंगलबार राजपत्रमार्फत प्रकाशन गरिएको हो।राजपत्रमा प्रकाशित गरिएको सूचना अनुसार २०८३ वैशाखमा ४ दिन, जेठमा ५ दिन, असारमा ४ दिन, साउनमा ५ दिन, भदौमा ४ दिन र असोजमा ५ दिन सार्वजनिक बिदा छ यस्तै कात्तिक, मंसिर, पुस र माघमा ४–४ दिन बिदा दिइएको छ भने फागुनमा ५ दिन र चैतमा ४ दिन सार्वजनिक बिदा दिइएको छ ।
जसमध्ये बर्षभरीमा ५२ दिन शनिवार विदा उल्लेख छ भने मुलुकभर सार्वजनिक बिदा हुने पर्व विदामा वैशाख १ नव बर्ष,चण्डी पूर्णिमा वैशाख १८,भदौं १२ मा रक्षावन्धन,भदौं १९ श्रीकृष्ण जन्माष्टमी,असोज २५ मा घटस्थापना,असोज ३१ देखि कार्तिक ६ सम्म दशैं पर्व विदा दिइने उल्लेख छ ।
बिज्ञापन
यस्तै,कार्तिक २२ गतेदेखि २६ कार्तिकसम्म तिहार विदा दिइएको छ । २९ कार्तिकमा छठपर्व,९ पुसमा धान्य पूर्णिमा,पुस १०मा क्रिसमस डे पर्व विदा, १५ पुसमा तमु ल्होसार,माघी पर्व १ माघ,माघ २४ मा सोनम ल्होसार,२२ फागुनमा शिवरात्री,२५ फागुनमा ग्याल्पो ल्होसार पर्व विदा परेको छ । यस्तै,आगामी बर्ष चैत्रमा फागुपूर्णिमा पर्व परेको छ । सो अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको छ । बर्षभरीमा २८ दिन पर्व बिदा परेको छ ।
यस्तै,धर्म संष्कृति अनुसारका भौगोलिक र स्थान विशेष हुने विदामा गाइजात्रा पर्वको अवसरमा भदौं १३,१९ भदौं गौरा पर्व,२९ भदौंमा तिजका अवसरमा महिला कर्मचारीका लागि मात्र विदा दिइएको छ । बसन्त पञ्चमीको अवसरमा शिक्षण संस्थाहरु बन्द हुने जनाइएको छ । इन्द्रजात्रा ९ असोज,२३ चैत्रमा घोडेजात्रा पर्वको अवसरमा विदा हुने छ ।
यस्तै दिवस विदामा १८ वैशाखमा विश्व मजदुर दिवस,१५ जेठमा गणतन्त्र दिवस,३ असोज संविधान दिवस,१६ माघ सहिद दिवस,७ फागुन प्रजातन्त्र दिवस,फागुन २४ मा महिला दिवस परेको छ । यस्तै बुद्धजयन्ती,पृथ्वी जयन्तीमा देशभर सार्वजनिक बिदा हुनेछ । यी समेत गरी बर्षभरमा ५२ दिन शनिवार, ३७ दिन सार्वजनिक, ४ दिन, सम्बन्धित धर्म र क्षेत्रसम्बन्धी पर्व बिदाको रूपमा, ४ दिन उपत्यका, १–१ दिन, जितिया र तिज मनाउने महिलाका लागि शिक्षण संस्था, १–१ दिन अपाङ्गता भएका, ३ दिन सम्बन्धित धर्माबलम्बी, २ दिन जन्मजयन्तीको दिन बिदा दिने गरी राजपत्रमा सूचना प्रकाशन भएको छ ।
यो त सार्वजनिक बिदा भयो । निजामती कर्मचारीहरुले यसका अलवा बिरामी बिदा, घरबिदा, आकस्मिक विदा लगायतका सेवा तथा सुविधा समेत पाउँदै आएका छन् ।


























