संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै प्रदेश र स्थानीय तहलाई तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण पठाउन परिपत्र गरेको छ ।
बिज्ञापन
मन्त्रालयले सातै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा एकीकृत जनशक्ति प्रक्षेपण गर्नका लागि सातै वटा प्रदेश र अन्तरगतका सम्पूर्ण निकायमा कार्यरत रहेका कर्मचारीहरुको र महानगरपालिका,उपमहानगरपालिका,नगरपालिका,गाउँपालिका र अन्तरगतका निकायहरुमा कर्मचारीहरुको स्वीकृत दरबन्दीको विवरण तीन दिनभित्रैमा उपलव्ध गराउन मन्त्रालयको सचिवस्तरीय निर्णयबाट परिपत्र गरेको हो ।
























