कलाकार सागर लम्साल बलेमाथि बलात्कार गम्भीर आरोप लगाएको छ । अमेरिका बस्ने एक युवतीले उनीमाथि यस्तो आरोप लगाएकी हुन ।
बिज्ञापन
सामाजिक सञ्जालबाटै ती युवतीले सागर लम्साललाई समेत ट्याग गरेर वर्ष दिन अगाडि जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको बिहीबार फेसबुकमार्फत उनले बताएकी छन् ।
ती युवतीका अनुसार,सागरसँगै पूरानै चिनजान थियो । युवतीले उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन् । लम्साल अमेरिका गएका बेला युवतीसँग भेट भएको र उनैले तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको लेखेकी छिन् । कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ ।


























