ज्वाइँको कापी ससुराले जाँचेर गराए पास,छानबिन प्रतिवेदन पेश गर्न सतर्कता केन्द्रलाई निर्देशन

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा गडबडी भएको बिषयमा छानबिन गरी प्रतिवेदन पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ ।

बिज्ञापन

आयोगले ०७२ कात्तिकमा विश्वविद्यालयको उपप्राध्यापक पदका लागि गरिएको विभिन्न विषयको लिखित परीक्षामा बदमासी गरेको बिषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सतर्कता केन्द्रलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । आयोगले लिएको परीक्षामा फेल भएका परीक्षार्थीलाई पास गराएको,आफन्तको कपी चेकचाँज गरी उत्र्तीण गराएको लगायतका दर्जनौं कैफियत भेटिएको थियो । त्रिविवि सेवा आयोगले यसरी पटक पटक परीक्षाको संशोधित नतिजा प्रकाशित गरी फेललाई पास र पास भएकालाई फेल गर्ने क्रम चलाइरहृयो । यस्तो अवस्थाबारे उजूरी परेपछि सतर्कता केन्द्रले छानविन थालेको थियो । जहाँ छोरी ज्वाइँ परीक्षार्थी र ससुरा प्रश्न पत्र निर्मातादेखि उत्तरपुस्तिका जाँचकीसम्म रहेको पाइएको थियो । उनले ज्वाइँको कापी आफैँ जाँचेर पास गराएको भेटिएको थियो । यस्का अलवा गणित बिषयको खुल्ला र आन्तरिक उपप्राध्यापक पदको लिखित परीक्षामा विज्ञको रुपमा उत्तरपुस्तिका परीक्षण गरेका साहले दुई पटकसम्म परीक्षाफल संशोधन गर्दै प्रकाशन समेत गरिएको थियो ।

बिज्ञापन

यस्तो गडबडी भएको आजभन्दा एक दशक अगाडि हो । गणित बिषयको विज्ञापन नम्बर ७ र ८ २०७२- ७३ को उपप्रध्यापक पदको लिखित परीक्षामा अनियमितता भएको भए पनि यो प्रकरण दोषीहरु उपर कुनै कारवाही नभए पछि अहिले पुन कारवाहीको माग गर्दै उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा परेका हो । त्यस समयमा राष्ट्रिय सतर्कता केन्द्रको छानबिन समितिको प्रतिवेदनबाट त्रिवि सेवा आयोगको गणित बिषयको विज्ञ रोष्टर समूहमा प्रर्याप्त शिक्षकहरु भएकै अवस्थामा त्रिविको नियम,सेवा आयोगको आन्तरिक कार्यविधि ०६७ र लोकसेवा आयोगको नियम एवं कार्यविधि विपरित परीक्षाका प्रश्नप्रत्र निर्माण एवं उत्तरपुस्तिका परीक्षण दोहोरो काम गर्न विज्ञ शिक्षक चेतराज भट्ट र रामविश्वास प्रसाद साहलाई दिएको प्रतिवेदनमा उल्लेख छ ।

परीक्षामा सोधिएको प्रश्नको उत्तर समेत लेखी परीक्षा अगावै प्रश्न निर्माण गर्ने भट्टले आफ्नै हातले लेखी केही परीक्षार्थीहरुलाई उपलव्ध गराएको र साहले प्रचलित कानुन विपरित सहादेर छोरी ज्वाई नाता पर्ने अमरनाथ साहको उत्तरपुस्तिका परीक्षण गराइ पास गराएको । यस्तै पृथ्वीनारायण क्याम्पसमा कार्यरत शिक्षक रामदत्त भट्टले हात भाँचिएको भनी एम ए फष्ट सेमेष्टर टपर विद्यार्थी सह लेखकको रुपमा राखेर लेखाइ पास भएको विवरण प्राप्त गरी त्रिवि सेवा आयोगले लिएको गणीत बिषयको खुला र आन्तरिक उपप्रध्यापक पदको लिखित परीक्षामा अनियमितता भएको पनि लिखित परीक्षामा पुनः विचार गरिनुपर्ने देखिन्छ भन्दै भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ३८ बमोजिम ७३ साल पुस १८ गते त्रिवि सेवा आयोगलाई भ्रष्टाचारको निगरानी गर्ने राष्ट्रिय सतर्कता केन्दmले पत्र लेखेको भए पनि कार्यान्वयन नभएको जनाइएको छ ।

बिज्ञापन

सेवा आयोगले केन्द्रको सुझाव कार्यान्वयन गरेको भन्दै माघ १७ मा केन्द्रलाई पत्र लेख्दै गणीत बिषयको उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञद्धय भट्ट र साहले प्रश्नपत्र निर्माण र परीक्षणमा गल्ती गरेको भन्दै रोष्टरबाट हटाइ उनीहरुले परीक्षण गरेको ६७२ थान उत्तरपुस्तिका विज्ञ शिक्षकद्धय प्रकाशरत्न शाक्य र रामविनोद चौधरीबाट पुन परीक्षण गर्दा पनि उत्तरपुस्तिकामा दिएको अंकमा कुनै फेर बदल नभएको भनी प्रतिवेदनमा आयोगको निर्णय संग्लग्न गरी पठायो ।

कतिसम्म भने एक जना परीक्षार्थीले प्रश्नबाट १७ पटक सारेकोलाई समेत अंक दिइ पास गराएको भेटिएको छ । यसरी अंक दिने शिक्षक हुन भट्ट । अर्काे कापी जाँचकी चौधरीले ५ अंकभन्दा बढी अंक दिन नमिल्ने परीक्षार्थीलाई २६ दशमलव ५ अंक दिएको भेटिएको थियो । यसरी सो परीक्षामा मात्र करोडौंको चलखेल गरी फेल भएका परीक्षार्थीहरुलाई पास गराइएको भन्दै यस्तो सत्यतथ्य छानबिन गर्न माग गर्दै केन्द्रमा उजुरी परेकोमा यही उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत परेसँगै केन्द्रलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रलाई १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।रोचक चाहिँ ज्वाई परीक्षार्थी,ससुरा प्रश्न पत्र निर्मातामात्र होइन कि उत्तरपुस्तिका जाँचकी पनि । उनैले ज्वाईलाई पास गराएको बिषय लगायतका दर्जनौं गडबडी उपर प्रधानमन्त्री कार्यालयमा उजुरी परे पछि प्रम कार्यालयले यस्तो निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका शाखा अधिकृत झविन्द्र पाण्डेयद्धारा हस्ताक्षरित पत्रमा यस्तो निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मानव शरीरको यौनाङ्ग के पूजनीय वस्तु मात्र हो, कि त्यसको संयमित र मर्यादित उपयोगका लागि प्रकृतिले दिएको हो?

गृह मन्त्रालयद्वारा ७ कर्मचारीको सरुवा

अब बर्षमा १४५ दिन सार्वजनिक बिदा

सबै मन्त्रालय,सचिवालय र आयोगहरुको ओएनएम गर्ने पूर्वस्वीकृति

यस अघि पटक पटक असफल भएको थियो सातामा दुई दिन बिदा दिने निर्णय

अब सातामा दुई दिन सार्वजनिक बिदा : कार्यालय समय बिहान ९ देखि बेलुका ५ बजेसम्म

भोलिदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा

तेल अभाव र महँगीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष