दरबन्दी गजेन्द्रनारायणमा, २१ महिनादेखि काजमा प्रादेशिक अस्पतालको निमित्त

स्वास्थ्य मन्त्री निशा महत्तोले काजमा कार्यरत रहेका चिकित्सकहरुलाई दरबन्दी भएकै स्थानमा फर्कन निर्देशन दिएकी छिन् । मन्त्रीको निर्देशन पछि २१ जना नवौं र दशौं तहका चिकित्सकहरुको काज सरुवा भए पनि लामो समयदेखि शक्तिकेन्द्रका आड र भरोसमा काजमा कार्यरत रही बसेर आर्थिक अनियमितता गर्दै आइरहेको एक चिकित्सकलाई भने छुन सकेकी छैनन् ।

बिज्ञापन

निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई तीन महिनाभन्दा बढी निमित्त खटाउन दिँदैन् तर तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल ‘दाहिना ’ रहेका इन्द्र ढकालले दरबन्दी बाहिर बसेर लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसु चलाइरहेका छन् दुई बर्षदेखि। कर्मचारी संकेत नम्बर १८१६७० रहेका ढकाललाई गत बर्ष जेठ २० मा सो अस्पतालको आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी दिइएको थियो । बर्ष दिनदेखि निमित्तको जिम्मेवारीमा हरेका ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८२ जेठ २३ गते दरबन्दी रहेकै सप्तरीस्थित गजेन्द्र नारायण निधि अस्पतालमा हाजिर हुन पटक पटक पत्राचार समेत गरेको भए पनि शक्तिकेन्द्रको आडमा अटेरी गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमै रजगज गरिरहेका छन् ।

बिज्ञापन

ढकाल स्वास्थ्य तथा जनसख्या मन्त्रालयको ०८१ असार ५ को निर्णय अनुसार,गजेन्द्र नारायण निधि अस्पतालमा पदस्थापन भएका हुन् । वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन (दशौं तह) का चिकित्सक काजमा कार्यरत रहँदा अस्पतालको सेवा प्रवाहमा कठिनाई भएको भन्दै गत बर्ष कार्तिक २७ देखि दरबन्दी रहेकै कार्यालयमा फर्कन पत्राचार गरिएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन समेत अवज्ञा गर्दै त्यही कार्यरत रहेको पाइन्छ ।

प्रादेशिक अस्पतालमा कार्यरत एघारौं तहका डा विष्णु गौतमले दायर गरेको रिट निवेदनमा गत भदौ ३० गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले उत्प्रेषण आदेश दिएको थियो । सार्वजनिक स्वास्थ्य तथा अस्पताल व्यवस्थापन सरहको योग्यता हासिल गरेको व्यक्ति नियुक्त गर्न र हाल कार्यरत ढकाल निमित्त मेसुको उल्लेखित योग्यतामा अयोग्य भएकाले उनलाई हटाउन भनिएको छ ।

बिज्ञापन

यद्यपि, समयमै मेसु नियुक्त नगरेर प्रदेश सरकारले अदालतको अवहेलना गरेको छ । २०८१ असारमै सरुवा भएका ढकाल अहिलेसम्म सरुवा भएको ठाँउमा फर्किएका छैनन् । उनी अहिलेसम्म पनि प्रादेशिक अस्पतालमै कार्यरत छन् । अस्पतालले २०८१ कात्तिक २५ गते मन्त्रालयलाई मौखिक ताकेता गरेपनि उनी हाजिर हुन मानेका छैनन् । मन्त्रालयले संघ अन्तर्गतका डा ढकाललाई तुरुन्त दरबन्दी रहेको अस्पतालमा हाजिर हुन निर्देशन दिँदै लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ दिएको थियो । मुख्यमन्त्री कार्यालयले नयाँ मेसु नियुक्त गरेर उनलाई रमाना दिनुपर्नेमा आनाकानी गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सतर्कता केन्द्रमा दुई अधिकृत प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस

सब इन्जिनियर सेवाबाटै बर्खास्त

खारेजी हुँदैछन् यी कार्यालय, २२ हजार सरकारी कर्मचारीको दरबन्दी हुनसक्छ कटौती

दरबन्दी गजेन्द्रनारायणमा, २१ महिनादेखि काजमा प्रादेशिक अस्पतालको निमित्त

उद्योगपछि मालपोत र नापीमा विचौलिया प्रवेश निषेध

मालपोतका हाकिमसहित ८ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

रसुवागढी नाकामा १६७३ ग्राम चाँदीसहित चिनियाँ नागरिक पक्राउ

ढिलो आउने र चाँडो निस्कने कर्मचारीको तलब काटिने

बिशेष