सुशासन एकाइ गठन, संयोजक तोकिए सहसचिव तामाङ

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सुशासन एकाइ गठन गरेका छन् । मन्त्री श्रेष्ठले सहसचिवको संयोजकत्वमा यस्तो कमिटि गठन गरेका हुन ।

बिज्ञापन

मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित ‘सुशासन एकाइ’ गठन गरिएको हो । जस्को संयोजक तोकिएका छन्,सहसचिव रुद्रमान सिंह तामाङ,उनी अहिले सो मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुख छन् ।

बिज्ञापन

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गठन गरिएको उक्त एकाइमा कार्यक्रम, बजेट तथा अनुगमन, जलस्रोत, ऊर्जा, विकास सहायता तथा प्रादेशिक समन्वय, जल तथा मौसम, तथा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव सदस्य रहेका छन् । जस अनुसार,मन्त्रालयका कार्यक्रम बजेट तथा अनुगमन हेर्दै आएका सहसचिव महेश्वर श्रेष्ठ,विकास सहायता तथा प्रादेशिक समन्वय हेर्दै आएका सहसचिव सागरराज गौतम,कानुन हेरिरहेका जगबहादुर डाँगी सदस्य रहेका छन् । यस्तै मन्त्रालयको सूचना तथा जनसम्पर्क शाखाका उपसचिवले एकाइको सदस्य सचिवको जिम्मेवारी सम्हाल्नेछन्।

सो एकाइल तोकिएको समयसीमाभित्र कामहरु सम्पन्न भए वा नभएको, जिम्मेवार अधिकारीले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गरे तथा नगरेको मात्र होइन कर्मचारीहरूको कार्य विवरणअनुसार कामको प्रगति, कानुनी समय सीमाको पालना, तथा सरकारी स्रोत साधनको सदुपयोगको अवस्थाबारे पनि मूल्याङ्कन गर्नेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ढिलो आउने र चाँडो निस्कने कर्मचारीको तलब काटिने

अबदेखि खाजाको समयमा पनि सेवा

सुशासन एकाइ गठन, संयोजक तोकिए सहसचिव तामाङ

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

बिशेष