स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी दुर्गममा भए पनि पावर,पहुँच मिलाएर बर्षाैदेखि सुगममा काजमा कार्यरत रहेका कर्मचारीहरुमाथि डण्डा बर्साउने क्रम शुरु भएको छ । मन्त्रालयले शक्ति र पहुँजको भरमा दुर्गममा दरबन्दी भएर पनि काज मिलाएर सुगममा कार्यरत रहँदै आएका २१ जना स्वास्थ्यकर्मीलाई दरबन्दी भएकै स्थानमा फर्काउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले साताको सुरुमा १४ जना चिकित्सकलाई काज फिर्ता पठाइएकोमा दोश्रो चरणमा थप सात जना गरी २१ जना चिकित्सकहरुलाई दरबन्दी भएकै स्थानमा काज फिर्ता गर्ने निर्णय गरेको हो ।
बिज्ञापन
मन्त्रालयले नवौं र दशौं तहका चिकित्सकहरुलाई दरबन्दी रहेकै स्थानमा काज फिर्ता गरेको हो । जस अनुसार,डा रोहिता बज्राचार्य, डा जोसनलाल बज्राचार्य, डा विशालकुमार देव, डा प्रकाश ढकाल, डा सुशील समदर्शी, डा सन्तोषकुमार गुप्ता, डा मिसन्ता शर्मा, डा नविनचन्द्र भट्ट, डा सुयोग्य वाग्ले, डा सोनीका धरी श्रेष्ठ, संजोग तिमिल्सिना, डा अरुण ज्ञवाली, डा मुकेश पौडेल, डा दिपेश भट्टराईलाई पहिलो चरणमा दरबन्दी रहेकै स्थानमा काज फिर्ता गरेको थियो ।
दोस्रो चरणमा मन्त्रालयको निर्णय अनुसार कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, र वीर अस्पताल जस्ता केन्द्रीय अस्पतालमा काजमा रहेका विशेषज्ञहरूलाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता पठाइएको छ । यसरी फिर्ता हुनेमा डा दिनेश शिवाकोटी, डा। चुनु दर्नाल, डा प्रमोद कट्टेल, डा सोहनी बज्राचार्य, डा श्याम किशोर चौधरी, डा दिवस सापकोटा र डा रन्जु पोखरेल छन् ।


























