८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

संघीय सरकारका पाँच मन्त्रालय खारेजी तथा मर्ज भएसँगै प्रदेश सरकारहरु पनि दबाबमा परेका छन् । यस अघि संघीय सरकारमा २२ वटा मन्त्रालय रहेकोमा हाल १५ वटामा झारिएको छ । संघ सरकारले नै प्रशासनिक पुन संरचना गरेसँगै प्रदेश सरकारहरुले पनि सोही अनुसार प्रशासनिक पुन संरचनाको प्रयासमा छन् ।
यस्तै निर्णयमा पुगेको छ बागमती प्रदेश सरकार । सो प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै मितव्ययी शासन प्रणाली अपनाउन प्रशासनिक संरचना सुदृढीकरण गर्दै मन्त्रालयको संख्या ६ वटा कटौती गर्ने तयारी गरेको छ । हाल बागमती प्रदेशमा १३ वटा मन्त्रालय रहेकोमा ६ वटा मन्त्रालय कटौती गरी ७ वटामा झार्ने र कर्मचारी दरबन्दी प्रभावकारी बनाउने तयारी गरेको छ ।

बिज्ञापन

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिको मस्यौदामाथि छलफल गर्दै हाल रहेका १३ मन्त्रालयलाई घटाएर ७ मा सीमित गर्ने तयारी भइरहेको जनाएका छन् । सोही प्रस्तावअनुसार अगाडि बढे बागमती प्रदेशकै ७०१ कर्मचारी दरबन्दी कटौती हुनेछन् ।

बिज्ञापन

केही अघिमात्र प्रदेश सरकारले पूर्वसचिव विमल वाग्ले संयोजकत्व गठन भएको समितिले प्रशासनिक पुनर्संरचना प्रतिवेदन तयार पारेर मुख्यसचिव बानिँयालाई बुझाइसकेको छ ।
पूर्वसचिव वाग्ले संयोजक रहेको समितिमा रेश्मीराज पाण्डे, गोपीकृष्ण खनाल, जिवनप्रभा लामा सदस्य र प्रदेश सचिव पूर्णबहादुर दर्जी सदस्यसचिव रहेका थिए । उक्त समितिले प्रशासनिक पुनर्संरचनाका लागि आवश्यक मन्त्रालय संख्याको सुझाव, मन्त्रालय मातहतका कार्यालयको आवश्यकता निर्धारण, कर्मचारीहरूको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण सहितको सरकारलाई प्रतिवेदनमा सुझाव दिएको थियो । समितिको प्रतिवेदनले मन्त्रालयको सङ्ख्या ८ बनाउने सुझाव दिएको छ ।

प्रस्तावित ७०१ दरबन्दी कटौतीबाट मात्रै वार्षिक ४८ करोड ५६ लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

बिशेष