६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

सरकारले ६ जना सहसचिवको सरुवा गरिएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका पाँच र सामान्य प्रशासनमै कार्यरत रहेका एक गरी ६ जना सहसचिवहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार,सामान्यको आन्तरिक व्यवस्थापन महाशाखा हेर्दै आएका सह सचिव प्रदीप परियारलाई प्रधानमन्त्रीको निजी सचिवको रुपमा सरुवा गरिएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा टेकनारायण पौडेल, चन्द्रप्रसाद भुसाल, दीपक ज्ञवाली, लेखनाथ ज्ञवाली र नवराज शर्मालाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।

बिज्ञापन

सरुवा सूची अनुसार,टेकनारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका,चन्द्र भुसाललाई घोराही उपमहानगरपालिकामा खटाइएको छ भने दीपक ज्ञवालीलाई वुटवल उपमहानगरपालिका,ज्ञानहरि घिमिरेलाई जनकपुर धाम उपमहानगरपालिका र नवराज शर्मालाई शहरी विकास मन्त्रालयमा खटाएको छ । सरकारले ११ वटा उपमहानगरपालिकामध्ये दरबन्दी अनुसार ५ वटा उपमहानगरपालिकामा सहसचिव खटाउन सकेको थिएन । हिजोको क्याविनेटले ४ जना सहसचिवहरुलाई प्रमुख प्रशासकीयको जिम्मेवारीसहित उपमहानगरपालिकामा खटाएको भए पनि अझैं वाराको कलैयामा दरबन्दी अनुसार सहसचिव पठाउन सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

विचौलिया भट्ट कालोसूचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीबाटै ग्राहकको खाताबाट करोडौं रकम गायब

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

बिशेष