परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

       देशमा भएका ठुला ठुला क्रान्ति र परिवर्तन पछि राजनीतिक परिवर्तनको महसुस नेपाली जनताले पटक पटक गरेका छन् तर जतिसुकै ठुलो राजनीतिक परिवर्तनले पनि छुन र हल्लाउन नसकेको क्षेत्र हो नेपालको कर्मचारीतन्त्र । धेरै पटकका परिवर्तनले संविधान र कानुनमा व्यापक सुधार र परिवर्तन ल्यायो तर दैनिक सरकारी सेवा प्राप्त गर्ने जनताको चाहना न्यूनतम रुपमा समेत पूरा हुन नसक्दा आफ्नो काम नहुनुमा कर्मचारीतन्त्र नै दोषी हो भन्ने ठम्याई आम जनता व्याप्त छ । कर्मचारीतन्त्रको व्यापक सुधार गरी सामाजिकीकरण सँगै प्रशासनिक उत्तरदायित्व निर्वाह गर्न सक्ने सक्षम र उच्च स्तरको नैतिकवान एवं क्षमतावान प्रशासनको पर्खाइमा अझै पनि ठुलो जमात बसिरहेको छ ।

बिज्ञापन

   पेशागत निष्ठा, व्यवसायिकता र नैतिकता नै कर्मचारीतन्त्रको मूल मर्म हो भन्ने शपथ केवल कागजी दस्तावेजमा मात्र सिमित रहँदा आजको दिनसम्म पनि यस पेशा प्रति जनता निराश भएको यथार्थ जगजाहेर छ । राजनीतिक परिवर्तन भएपनि कर्मचारीतन्त्र हिजोदेखि नै एकै स्वरुपमा अडिएको छ । हिजोदेखिको खिया र धुलोले अकर्मण्य बनेको प्रशासनलाई अब हल्का फुल्का धोइपखालीले नपुग्ने देखिन्छ । यसको उपचार साधारण एन्टिबायोटिकले नहुने र अब जटिल शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा पुगेको छ । बदलिँदो समयमा नविनता र प्रविधिको उच्चतम प्रयोग मार्फत सरकारी सेवा जनताको घरदैलो पुर्याउने गरी काम गर्न सक्ने स्थितिमा लैजान प्रशासन क्षेत्रको चिरफार आवश्यक छ । इतिहासका साना तिना पेशागत हक अधिकारको पक्षपोषण र दन्तभन्जन गर्दै त्यसको ब्याज खाएर अबको सार्वजनिक प्रशासन चल्न सक्दैन । विभिन्न राजनीतिक आन्दोलन र परिवर्तनमा साथ दिएको, जनप्रतिनिधिको अनुपस्थितिमा राज्य संयन्त्र चलाएको र विभिन्न प्रकार राष्टिय विपत्तिमा गरेका केहि थान उदाहरणीय कामहरुको व्याख्या र विश्लेषण गरेर विश्व भूमण्डलीकरण सँगै हातेमालो गर्न अभ्यस्त हुन लागेको अबको नेपाली पुस्तालाई यहि प्रकृतिको सरकारी सेवा प्रवाहको भुलभुलैयामा धेरै समय राख्न सकिँदैन ।

बिज्ञापन

     त्यसो त भर्खरै सम्पन्न निर्वाचनबाट प्राप्त जन अभिमत र त्यसको अपेक्षाको कस्सीमा खरो उत्रिन राज्यका सबै क्षेत्रलाई जनताले दिएको शान्तीपुर्ण चेतावनीको रापले पोल्न थालिसकेको अवस्था छ । जनताको परिवर्तन प्रतिको तिव्र आकांक्षालाई सम्बोधन गर्न राज्यका सबै तह तप्काबाट प्रयास हुन अत्यावाश्यक भएको छ । जसमा सार्वजनिक प्रशासन पनि अछुतो पक्कै नरहला । अबको लक्ष्य, उद्धेश्य र योजनाको कार्यान्वयन जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने किसिमको हुनु पर्छ । राजनीतिक शक्तिको आडमा सिंहदरबारको चौघेराभित्र बसेर कर्णाली र मधेशका गाउँ गाउँको समस्या देख्न र समाधान गर्न सक्छु भन्ने पुरानो सोचले अबको प्रशासन चल्दैन । कर्मचारीतन्त्रमा देखिएको चरम राजनीतिक पक्षपोषण र त्यसको आवरणमा चलेका विभिन्न संघ संगठनले सेवा प्रवाह, नैतिकता र व्यवसायिकतालाई भन्दा अमुक समूह र व्यक्तिको सिमित सेवा सुविधा, हाकिमपना र काम नगरी बस्ने कार्यशैलीलाई महत्व दिँदा आजित भएका नेपाली जनताले अबको परिवर्तन कर्मचारीतन्त्रमा खोजेको स्पष्ट देखिन्छ ।

परिवर्तनका लागि पहिलो कुरा अभिमुखीकरण तालिम नै हो । आफूलाई परिवर्तन गर्न नसक्ने कर्मचारीलाई बिदा गर्नुपर्ने हुन्छ, अथवा उसको मुकाम परिवर्तन गर्नुपर्ने हुन्छ । कर्मचारी बदलिने भनेको व्यावसायिक सदाचारिता बल्दनु हो । यो कुरा बोध गरिसकेपछि कसैले आफूलाई शतप्रतिशत परिवर्तन गर्न नसके पनि केही प्रतिशत त परिवर्तन गर्छ ।

बिज्ञापन

   कुन विधि, कानून वा प्रकृयाबाट हुन्छ अब कर्मचारीतन्त्र परिवर्तन नगरे अबको आन्दोलन यस प्रति लक्षित हुने कुरामा जनता विश्वस्त भइसकेका छन् । अबको जनता सेवाग्राही मात्र नभएर स्टेकहोल्डर पनि हो । जसरी भए पनि कर्मचारीतन्त्रको परिवर्तनका लागि लाग्नु पर्छ । कर्मको आचार इमान्दारीपूर्वक निभाउने वर्ग भएकाले व्यवहारिक रुपमा जिम्मा पाएको काम इमान्दारिताका साथ व्यवहारमा उतार्न पर्नेमा एकातर्फ कर्तव्य पालना गर्दा कठघरामा पुग्नुपर्ने अवस्था र अर्कोतर्फ काम नगर्दा गुमाउनु पर्ने केही पनि छैन भन्ने वातावरणले कर्मचारीतन्त्रमा ठुलो डेरा जमाएको अवस्था छ । यस्तो अवस्थामा घोडालाई पानीको स्रोतसम्म पुर्याउन सकिन्छ तर जबर्जस्ती पानी पिलाउन सकिन्न भने झैँ कर्मचारीलाई ठाडो आदेश र हैकमवादले होइन सही कार्य वातावरण र उत्प्रेरणाले मात्र कर्मशिल बनाउँछ ।

  कर्मचारी व्यवस्थापनको ढाँचा स्पष्ट, निश्चित र उत्तरदायी प्रणालीको विकास गरी पदस्थापन, जिम्मेवारी, कार्यसम्पादनका लागि आवश्यक स्रोत र साधन एवं पुर्वानुमान योग्य वृत्ति विकासको साथै मापनयोग्य लक्ष्य र उद्देश्य तोकेर समयसिमा भित्र नतिजा दिन सक्ने कर्मचारी प्रशासन बनाउनुको विकल्प छैन । साथै प्रणालीले नै सही व्यक्तिलाई सही समयमा सही जिम्मेवारीमा राख्ने गरी काम गर्ने कर्मचारीलाई सुरक्षा र सम्मान तथा काम नगर्ने कर्मचारीलाई जवाफदेही बनाउने कार्य हुन सकेमा कर्मचारीतन्त्रको परिवर्तन असम्भावी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

विचौलिया भट्ट कालोसूचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीबाटै ग्राहकको खाताबाट करोडौं रकम गायब

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

बिशेष