प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बिज्ञापन

नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठकलाई नीतिगत र प्रशासनिक हिसाबले महत्त्वपूर्ण मानिएको छ। बैठकमा सरकारको आगामी कार्यदिशा, शासकीय सुधारका एजेन्डा तथा विभिन्न प्रशासनिक निर्णयहरूबारे छलफल हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। उक्त प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक कानुनी, प्रशासनिक तथा नीतिगत कदमबारे आजको बैठकमा थप निर्णय हुन सक्ने सरकारी स्रोतले जनाएको छ।

यस्तै, प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सरकारी संयन्त्रलाई परिणाममुखी बनाउने विषयहरू पनि बैठकको कार्यसूचीमा पर्ने सम्भावना रहेको छ।

बिज्ञापन

नयाँ सरकार बनेपछि प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रणाली सुधारलाई प्राथमिकतामा राख्दै आएका छन्। त्यसैले आजको मन्त्रिपरिषद् बैठकबाट प्रशासनिक सुधार र शासन प्रणालीमा प्रभाव पार्ने केही ठोस निर्णय आउन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै

डिजाइन फेरबदलदेखि ठेक्का विवादसम्म : प्रजापतिमाथि छानबिनको माग

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

बिशेष