प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा पूरानै अनुहारको साथ लिएका छन् । बालेनले बनाएको आफ्नो सचिवालय टिममा महानगरपालिकाको मेयरमा हुँदा प्रत्यक्ष अप्रत्यक्ष साथ दिएको व्यक्तिलाई जोडेका छन् ।

बिज्ञापन

वालेनको निजी सचिवालयमा सहसचिव प्रदीप परियारले जिम्मेवारी पाएका छन् । पहिला महानगरको प्रशासकीय अधिकृतसमेत रहेका परियार हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् । यस अघि महानगरपालिकामै रहँदा उनीमाथि समानान्तर निर्माण सेवा लागेर भ्रष्टाचार मुद्धा लागेको थियो । तर, उक्त मुद्दाबाट उनले सफाइ पाइसकेका छन् । उनै परियारलाई शाहले निजी सचिव बनाउने निर्णय गरेका हुन् । प्रधानमन्त्रीले निजी सचिवमा सहसचिव राख्ने अभ्यास छ । ७८ सालमै उनी खुला प्रतिष्प्रर्धाबाट सहसचिव बनेका हुन ।

बिज्ञापन

पर्वत फलेवास स्थायी ठेगाना भएका परियारले निजामती सेवा प्रवेश गरेको ९ वर्षमै सहसचिव बन्न सफल भएका कर्मचारी हुन । १ वर्ष नायब सुब्बाको रूपमा काम गरेका उनीसँग पछिल्लो ८ वर्ष भने शाखा अधिकृतका रूपमा विभिन्न क्षेत्रमा बसेर काम गरेको थिए । सहसचिव बढुवा भए पछि शहरी मन्त्रालय,राष्ट्रिय योजना आयोग,काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,सूचना विभाग,संघीय मामिला मन्त्रालयमा काम गरेको अनुभव छ,परियारसँग ।
यस्तै, प्रधानमन्त्री वालेनको प्रमुख सल्लाहकारमा ललितपुरका कुमार बेन नियुक्त भएका छन् । वालेनलाई प्रधानमन्त्री वेनको रणनीतिक सल्लाहकारको रुपमा चिनिन्छ ।
यता,प्रधानमन्त्री बालेनको राजनीतिक सल्लाहकारको जिम्मा कलाकार असिम शाहले पाएका छन्। बालेनले मुख्य स्वकीय सचिवमा सुवास शर्मालाई नियुक्त गरिसकेका छन्। सुदिप ढकाललाई प्रधानमन्त्रीको प्रशासन प्रमुखको नियुक्ति थमाईएको छ। प्रधानमन्त्रीको सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन्।

यस अघि नै प्रधानमन्त्री शाहको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेश बस्याललाई खटाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

बिशेष