प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले पूर्व प्रधानमन्त्री ओलीलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो ।
यस अघि नै पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाटै शनिबार बिहान ५ बजेर ४० मिनेट जाँदा पक्राउ गरेको हो। उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो।
बिज्ञापन
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीविरुद्ध फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्ने विषयमा छलफल गरेका थिए।
जेनजी प्रदर्शनको क्रममा ७६ जनाको मृत्यु भएको थियो ।


























