जेनजी प्रदर्शनका क्रममा भएको गोलीकाण्ड प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई शनिबार भक्तपुरको गुण्डु क्षेत्रबाट पक्राउ गरी जरुरी पक्राउ पुर्जी थमाइएको हो।
बिज्ञापन
नयाँ सरकार गठन भएको भोलिपल्ट बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओलीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
जेनजी प्रदर्शनको घटनाबारे छानबिन गर्न गठित उक्त आयोगले चैत २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा प्रदर्शनका क्रममा भएको गोली प्रहार र त्यसबाट उत्पन्न मानवीय क्षतिमा तत्कालीन सरकारको भूमिकाबारे गम्भीर प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको थियो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीलाई अनुसन्धान प्रक्रिया अघि बढाउन बाटो खुलेको थियो। त्यसकै आधारमा प्रहरीले शनिबार ओलीलाई नियन्त्रणमा लिएको हो।
बिज्ञापन
गत भदौ २३ र २४ गते काठमाडौँको बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा किशोरहरूलाई लक्षित गरी गोली प्रहार भएको घटना राष्ट्रिय बहसको विषय बनेको थियो। उक्त घटनामा ७६ जनाको मृत्यु भएको तथ्य आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउपछि ओलीमाथि सो घटनासम्बन्धी जिम्मेवारी र आदेश शृंखलाबारे विस्तृत अनुसन्धान गरिनेछ। उता, तत्कालीन गृहमन्त्री लेखकविरुद्ध पनि कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताइएको


























